काठमाडौं । नेपाली संगीत क्षेत्रमा अर्घाखाँचीका रायमाझी परिवारले धुम मचाएका छन् । बिशाल रायमाझी र सर्मिला रायमाझीको नयाँ गीत ‘केटी फेर्दै बस’ सार्वजनिक भएसँगै नयाँ पुस्ता बाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
गीत एलिना रायमाझीको आधिकारिक युट्युब च्यानलमार्फत करिब १० दिनअघि सार्वजनिक गरिएको हो। आधुनिक गीतमा बिशाल रायमाझीको शब्द संगीत र सर्मिला रायमाझीको भावपूर्ण स्वरले गीतलाई अझ प्रभावशाली बनाएको छ। लय, शब्द चयन र प्रस्तुति विशेषगरी युवापुस्तामाझ रुचाइएको देखिन्छ।
गीतको म्युजिक भिडियो पनि कथावस्तु, अभिनय र दृश्य संयोजनका हिसाबले दर्शकको ध्यान खिच्न सफल भएको छ। भिडियोको निर्देशन एलिना रायमाझीले गरेकी हुन्। निर्देशनसँगै गीतको मागअनुसार उनले आकर्षक अभिनयसमेत गरेकी छन्। भिडियोमा एलिनासँगै अभिनेता विक्रम बुढाथोकीको अभिनय दमदार रहेको छ।
सार्वजनिक भएसँगै युट्युब तथा सामाजिक सञ्जालमा गीतको चर्चा तीव्र रूपमा बढ्दै गएको छ। रायमाझी परिवार निरन्तर मेहनत र नयाँ सिर्जनाका कारण संगीत क्षेत्रमा लोकप्रिय रूपमा स्थापित हुँदै गएका छन्। कलाकारको काम मनोरञ्जन मात्र प्रदान गर्नु होइन, समाजसँग प्रत्यक्ष संवाद गर्दै भावना, विचार र यथार्थलाई सिर्जनामार्फत प्रस्तुत गर्नु पनि हो। गीत, संगीत, अभिनय तथा अन्य कलामाध्यमबाट कलाकारले दर्शकको दैनिकीमा सकारात्मक ऊर्जा भर्ने भूमिका निर्वाह गर्छन्।
गीतको एरेन्ज याम थापा मगरले गरेका छन् भने रेकर्डिङ सुमन राना र खुमन सिंह रानाले गरेका हुन्। मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका छन्। गीत मरुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो।
भिडियोमा कोरियोग्राफी अर्जुन थत्तालको रहेको छ भने छायांकन प्रकाश खड्का तथा टिमले गरेका हुन् भने सम्पादन र रङ संयोजन राजकुमार मगरले गरेका छन्। पोस्टर आर्ट लक्ष्मण चौहानको छ। मेकअप आर्टिस्ट अनिमेष गुरुङ, प्रोडक्सन सूर्य ओली र पोस्ट प्रोडक्सन राजकुमार फिल्म्सले गरेको छ।
भिडियो :

