हरि कुँवर
अर्घाखाँची– नेकपा (एमाले) अर्घाखा“चीको सोमबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारको लागि पाटीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई छनोट गरेको छ । रायमाझी यसअघि तीन पटक चुनाव जितेर पूर्वउपप्रधानमन्त्रीसम्म भएका नेता हुन ।
प्रदेशसभा (क) मा एमाले केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज चेतनारायण आचार्य सर्वसम्बत सिफारिस भए । २०७४ को चुनावमा जितेर लुम्बिनी प्रदेशको आन्तरिक तथा कानुन मन्त्री भए । प्रदेशसभा (ख) बाट लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य रामजीप्रसाद घिमिरे सर्वसम्बत उम्मेदवार छनोट भएका छन् ।
तीनै जना २०७४ को चुनावमा भारी मतले विजयी भएका नेता हुन । जिल्लामा उनीहरु लोकप्रिय नेता मानिन्छन् ।