काठमाडौं ।
नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सत्ताको राप र तापमा नेताहरुले मुलुकलाई र जनतालाई घाटा हुने काम गर्न नहुने बताएका छन ।
संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले नीतिगत भएपनि वा नभएपनि कसैले पनि जनता र देश हित विपरित काम गर्न नहुने बताए । उनले मन्त्रीपरिषद्को निर्णयमा जे पनि गर्न नपाइने बताए । जनता र देश हित विपरित काम गर्नेहरु सबैलाई कारबाही गर्नुपर्ने धारणा राखे उनले खराब नेताकै कारण नेपाल युवा विहीन हुदैगएको समेत बताए ।
सांसद भण्डारीले भने, ‘नेताहरुले सत्ताको राप र तापमा मुलुकलाई र जनतालाई घाटा हुने काम कसैले गर्नु हुँदैन । अब माधव नेपालजी पर्नुभयो । यो तरिकाले त धेरै मानिसले गल्ती गरेका छन् । नीतिगत होस् वा बाहिर रहेर होस् । मन्त्रीपरिषद्को निर्णयमा जे पनि गर्न पाइन्छ रु मुलुक र जनतालाई घाटा लाग्ने काम गर्न पाइन्छ रु व्यक्ति त आउँदै जाँदै गर्छ । मुलुक त रही रहन्छ । कारबाही सबैलाई हुनुपर्छ । मुलुकलाई घाटा हुने काम गर्ने सबैलाई कारबाही हुनुपर्छ ।’
सांसद भण्डारीले नेपालका कुनैपनि नेताहरुले संवैधानिक निकायमा आफ्ना व्यक्ति खोज्ने काम गर्न नहुने बताए ।

