Author: नेपाल राज्य
गुल्मी । मुसिकोट नगरपालिका–४ दिगामचौरमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाललाई टाउको दुख्ने, रिङ्गाटा लाग्ने र बान्ता हुने जस्ता लक्षण देखिएपछि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज पठाइएको हो । बिहीबार जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि उनीहरू बिरामी परेका हुन् । घटनापछि प्रहरीको टोलीले राति नै उद्धार गरी उपचारका लागि पठाएको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिका-७ लामातालकी १९ वर्षीया निशा गुरुङ बेपत्ता भएकी छिन् । परिवारका अनुसार उनी असार १० गते बिहान करिब ९ बजेतिर दाङकाे भालुबाङ जानका लागि दर्वानतर्फ जाने बस चढेर निस्केकी थिइन् । तर, त्यसपछि अहिलेसम्म उनको कुनै सम्पर्क हुन सकेको छैन । उनको मोबाइल फोन पनि स्विच अफ रहेको र सम्भावित आफन्त तथा चिनेजानेकाेमा खोजी गर्दा समेत फेला नपरेको परिवारले जनाएको छ । परिवारले चिनजान हुने जोकोहीले निशा गुरुङलाई देखेमा नजिकैकाे प्रहरी कार्यालय वा ९८४५८१५५९७ नम्बरमा सम्पर्क गरी जानकारी गराइदिन आग्रह गरेका छन् ।
अर्घाखाँची, असार १२ । अर्घाखाँचीको शितगंगा नगरपालिका–६, पाखापानीमा दाजुले आफ्नै भाइको हत्या गरेका छन् । पारिवारिक विवादका क्रममा घटना घटेको हुनसक्ने प्रहरीले जनाएको छ । ४२ बर्षिय अभियुक्त बिष्णु बहादुर बादीले आफ्नै ३२ बर्षिय भाई बम बहादुर बादीको बन्चरो प्रहार गरि हत्या गरेका हुन् । हत्या आरोपमा रहेका व्यक्ति लुकिछिपि बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय ठाडाका प्रमुख प्रहरी निरीक्षक दीपक सिंह विष्टका अनुसार घटना पछाडि फरार रहेका अभियुक्तलाई व्यापक खोजतलासपछि पक्राउ गरिएको हो । हाल घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अर्घाखाँची, असार १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीले पार्टी अध्यक्ष रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधको कडा विरोध गर्दै जनस्तरबाट व्यापक हस्ताक्षर अभियान सञ्चालन गरेको छ। रास्वपाले लामिछानेमाथि भएको आरोप र षड्यन्त्रलाई ‘राजनीतिक प्रतिशोध’ भएको भन्दै जनताबाटै प्रतिकारको सशक्त सुरुवात गरेको हो। सोही अभियानलाई थप गति दिँदै जिल्लाको भुमिकास्थान नगरपालिकाका नगर उपप्रमुख बालकृष्ण बन्जाडेले हस्ताक्षर गरेर रवि लामिछानेप्रति ऐक्यवद्धता जाहेर गरेका छन्। नगर उपप्रमुख बन्जाडेले रवि लामिछानेमाथि भइरहेको अनावश्यक दवाव र चरित्र हत्या प्रयासको घोर निन्दा गर्दै भने, “जनताको आशा र भरोसाको प्रतीक बनेका लामिछानेलाई गलत नियत राखेको देखिन्छ, हामी सधैं सत्यको पक्षमा छौं।” रास्वपा जिल्ला सभापति हरिप्रसाद भुसालले हस्ताक्षर…
पर्वत, असार ११ । पर्वतको जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरू पाल्ने कृषकहरूलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिएको छ । गाउँपालिकाले स्थानीय गाई र हलगोरु पाल्ने ३६५ किसानलाई अनुदान वितरण गरेको हो । स्थानीय गाईको संरक्षण र खेती प्रोत्साहनका लागि प्रति गाई २ हजार र प्रति हलगोरु ८ हजार रुपैयाँ वितरण गरिएको हो । गाउँपालिकाले आगामी वर्षका लागि पनि १३ लाख बजेट विनियोजन गरेको छ । भिरालो क्षेत्रको जग्गा बाँझो हुन नदिन किसानलाई अनुदान दिइएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।
काठमाडौं । जिन्दगीसँग जुधिरहेका छन् गोपाल बहादुर सार्की । अस्पतालको बेडबाटै उनले आर्थिक सहयोगको मार्मिक अपिल गरेका छन् । गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका–२ तोस घर भइ हाल रुपन्देहीको सैनामैना नगरपालिका–१ निवासी बलबहादुर सार्कीका छोरा गोपाल लामो समय भारतको दिल्लीमा पसिना बगाउँदै परिवार पाल्थे । तर, भाग्यले उनीमाथि क्रूर खेल खेल्यो । अचानक खुट्टाको पैताला दुख्न थाल्यो, सानो रोग होला भनी उपचार गराउँदा पनि सुधार भएन । परिवारको आर्थिक अवस्था कमजोर भएकाले ठूलो अस्पताल धाउने अवसर पनि कम थियो । तर रोगले विस्तारै जरा गाड्दै लग्यो । लुम्बिनी सिटी अस्पतालमा झण्डै एक महिनाको उपचारपछि डाक्टरले काठमाडौं किर्तिपुर अस्पताल जान सल्लाह दिए…
गुणस्तरीय काम गर्ने व्यवसायीलाई सम्मान, ढिला र गुणस्तरहीन काम जनतामाथिको अन्याय: सन्धिखर्क नगरप्रमुख श्रेष्ठ
अर्घाखाँची, असार ११ । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले निर्माण व्यवसायीहरुले गुणस्तरीय काम गर्नुपर्ने स्पष्ट पारेका छन्। उनले राम्ररी काम गर्ने व्यवसायीलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिनुपर्ने बताए। नगरप्रमुख श्रेष्ठले विकास निर्माणमा ढिलासुस्ती र कमजोर कामले जनतामा निराशा बढाउने बताएका हुन् । उनले समयभन्दा अघि योजना सकाउने युवा निर्माण व्यवसायी कविराम खनालको प्रसंशा गरेर धन्यवाद समेत दिए। “५ वर्षको ठेक्का १२ वर्षसम्म अल्झाउने, गुणस्तरहीन काम गर्नेहरूकै कारण जनता मारमा परेका छन्,” उनले भने, “त्यसैले अब समयमै र गुणस्तरीय काम गर्नेहरूलाई प्रोत्साहन गर्न आवश्यक छ।” नगर प्रमुख श्रेष्ठले जनताको करबाट निर्माण हुने योजना समयमा, गुणस्तरका साथ सम्पन्न भए मात्र त्यसको प्रत्यक्ष…
काठमाडौं । भारतको सहयोगमा इरानबाट ६ नेपाली नेपाल आइपुगेका छन् । इरानबाट उद्धार गरिएका ६ जना नेपाली स्वदेश फर्किएका छन् । भारतले आफ्ना नागरिकहरुसँगै उनीहरूको उद्धार गरेर दिल्ली ल्याएको थियो । उद्धारमा परेका सबै जना बुटवलका हुन् । दिल्लीस्थित नेपाली दूतावासका अनुसार गणेशप्रसाद पोखरेल, सुमन गैरेसहित अन्य चार जना गायत्री, उत्सव, सागर र बुद्धी नेपाल फर्किएका हुन् । इरान–इजरायल युद्धमा अमेरिकी तथा कतारी पहलमा युद्धविराम भएपछि उनीहरू दिल्ली हुँदै नेपाल फर्किएका हुन् ।
अर्घाखाँची, असार ११ । समयभन्दा अघि योजना सकाउने युवा निर्माण व्यवसायी कविराम खनाल सम्मानित भएका छन् । ‘कामले नै चिनिन्छ मान्छे’ भन्ने भनाइ चरितार्थ गर्दै युवा निर्माण व्यवसायी कविराम खनालले फेरि एकपटक आफ्नो दक्षता प्रमाणित गरेका छन्। उनले तोकिएको समयभन्दा ४ महिना १० दिन अघिनै निर्माण कार्य सम्पन्न गरेर उदाहरणीय काम गरेका छन्। उनको यस सराहनीय कार्यको उच्च मुल्याङ्कन गर्दै सडक पूर्वाधार कार्यालय अर्घाखाँचीले एक विशेष कार्यक्रमका बीच खनाललाई प्रमाणपत्र प्रदान गरी सम्मान गरेको हो। सम्मान कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ, सडक पूर्वाधार कार्यालय प्रमुख गोपिराज पुन मगर लगायतको उपस्थिति रहेको थियो।…
काठमाडौं , असार ११ । सत्तारुढ नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सारिएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएअनुसार बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको थियो तर अब ३ बजेसम्मका लागि सारिएको हो । बैठकमा पार्टीको आगामी विधान महाधिवेशनको पूर्वतयारी, संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल हुने एमाले नेताहरूले बताएका छन् । एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरस्थित गोदावरीको सनराइज सम्मेलन केन्द्रमा हुँदैछ । त्यसकै तयारीका लागि आजको सचिवालय बैठक बस्न लागेको हो । महाधिवेशनलाई लक्षित गर्दै एमालेले विभिन्न तह र संगठनका बैठक तथा अभियानलाई तीव्रता दिइरहेको छ…
