काठमाडौं । सेयर बजार परिसुचक १९ सय ८६ दशमलव ८२ बिन्दुमा चढेको छ । अघिल्लो दिन ११ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको चौंथो कारोबार दिन बुधबार पनि ५९ दशमलव ५४ अंंकले उकालो लागेर १९ सय ८६ बिन्दुमा पुग्न सफल भएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ४२ अंकले उकालो लागेर तीन सय ८१ दशमलव ३७ बिन्दुमा चढेको छ । आज कुल दुई सय २५ वटा कम्पनीहरुको ३२ हजार सात सय ८२ पटकको कारोबारमा ५७ लाख ८७ हजार एक सय २६ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही अनुसार आज कुल सेयर कारोबार रकम दुई अर्ब चार करोड ४४ लाख ४३ हजार सात रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्सें) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहरुको सुचक उकालो लागेर सेयर बजार परिसुचक पुरै हरियो भएको छ ।