गुल्मी । मुसिकोट नगरपालिका–४ दिगामचौरमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाललाई टाउको दुख्ने, रिङ्गाटा लाग्ने र बान्ता हुने जस्ता लक्षण देखिएपछि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज पठाइएको हो ।
बिहीबार जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि उनीहरू बिरामी परेका हुन् । घटनापछि प्रहरीको टोलीले राति नै उद्धार गरी उपचारका लागि पठाएको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।