अर्घाखाँची ।
अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिका-७ लामातालकी १९ वर्षीया निशा गुरुङ बेपत्ता भएकी छिन् । परिवारका अनुसार उनी असार १० गते बिहान करिब ९ बजेतिर दाङकाे भालुबाङ जानका लागि दर्वानतर्फ जाने बस चढेर निस्केकी थिइन् । तर, त्यसपछि अहिलेसम्म उनको कुनै सम्पर्क हुन सकेको छैन ।
उनको मोबाइल फोन पनि स्विच अफ रहेको र सम्भावित आफन्त तथा चिनेजानेकाेमा खोजी गर्दा समेत फेला नपरेको परिवारले जनाएको छ ।
परिवारले चिनजान हुने जोकोहीले निशा गुरुङलाई देखेमा नजिकैकाे प्रहरी कार्यालय वा ९८४५८१५५९७ नम्बरमा सम्पर्क गरी जानकारी गराइदिन आग्रह गरेका छन् ।