अर्घाखाँची, असार १२ ।
अर्घाखाँचीको शितगंगा नगरपालिका–६, पाखापानीमा दाजुले आफ्नै भाइको हत्या गरेका छन् । पारिवारिक विवादका क्रममा घटना घटेको हुनसक्ने प्रहरीले जनाएको छ । ४२ बर्षिय अभियुक्त बिष्णु बहादुर बादीले आफ्नै ३२ बर्षिय भाई बम बहादुर बादीको बन्चरो प्रहार गरि हत्या गरेका हुन् ।
हत्या आरोपमा रहेका व्यक्ति लुकिछिपि बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय ठाडाका प्रमुख प्रहरी निरीक्षक दीपक सिंह विष्टका अनुसार घटना पछाडि फरार रहेका अभियुक्तलाई व्यापक खोजतलासपछि पक्राउ गरिएको हो ।
हाल घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।