Author: नेपाल राज्य

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेट नजिकैको होटलबाट सशस्त्र प्रहरीले ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सिरहा नगरपालिका–८ का ४० वर्षीय मोहम्मद अख्तर मिया र धनुषाको कमला नगरपालिका–८ का ४२ वर्षीय सामन यादव रहेका छन्। सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोको सूचनामा आधारित अपरेशनमा उनीहरूलाई दर्शन नमस्ते ईन होटलबाट लागुऔषध र तौल जोख्ने तराजु, मोबाइल, पासपोर्ट र १२ हजार १ सय ७५ रुपैयाँसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कालिदास धौबजीले जानकारी दिए। पक्राउ परेकाहरूले धनुषाका विभिन्न स्थानबाट ब्राउनसुगर काठमाडौं ल्याई बिक्री गर्दै आएको खुल्न आएको छ। उनीहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको…

Read More

अर्घाखाँची, असार १३ । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी अर्घाखाँचीले जिल्लामा कृषकले भोगिरहेको समस्या समाधानको माग गर्दै ज्ञापनपत्र बुझाएको छ। आज शुक्रबार जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोईराला र सहायक प्रमुख जिल्ला अधिकारीलाई किसानको समस्याबारे ध्यानाकर्षण गराउँदै मागपत्र बुझाइएको हो। रासायनिक मलको चरम अभाव, बादर–बँदेलको आतङ्क, मनसुनजन्य विपत्ति र जिल्लामा देखिएका विविध समस्या समाधानका लागि तत्काल पहल गर्न माग गरिएको छ। नेकपा (एकीकृत समाजवादी) जिल्ला अध्यक्ष रामबहादुर चौहानले आइपर्ने विपत्ति र किसानको समस्याबारे जिल्लाका ६ वटै पालिका ध्यानाकर्षण गराएको बताए । ज्ञापनपत्र बुझाउने क्रममा नेकपा समाजवादीका उपाध्यक्ष युवराज पौडेल, सचिव हृदयकुमार भुसाललगायत नेताहरूको उपस्थिति थियो। उनीहरूले किसानको पीडा गम्भीर…

Read More

अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सन्धिखर्क र यसका सहायक संगठन वाइसिएल नेपाल अर्घाखाँचीको संयुक्त आयोजनामा ‘किसानसँग माओवादी’ भन्ने नाराका साथ रूब्दिफाँटमा विशेष धान रोपाइँ कार्यक्रम हुने भएको छ। २२ औं राष्ट्रिय धान दिवस तथा असार १५ को अवसर पारेर यही असार १५ गते रूब्दिफाँटमा हुने उक्त कार्यक्रममा वाइसिएल नेपाल अर्घाखाँचीले सबै नेता, कार्यकर्ता, शुभचिन्तक तथा शुभेच्छुकहरूलाई उपस्थित भइ कार्यक्रम सफल पार्न आह्वान गरेको छ। वाइसिएल नेपाल अर्घाखाँचीका अनुसार पार्टी, संगठन, किसान र उत्पादनसँग जोडिने अभियानअन्तर्गत उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिइएको हो। “अबको मूल एजेन्डा उत्पादनमै केन्द्रित हुनेछ, आत्मनिर्भर अर्थतन्त्र निर्माण हाम्रो लक्ष्य हो,” वाइसिएलले जनाएको छ। उक्त कार्यक्रममार्फत माओवादी…

Read More

काठमाडौं । जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्चले हाफ म्याराथन कार्यक्रम आयोजना गर्ने भएको छ । मञ्चका सचिव गिरिश पन्थीका अनुसार हाफ म्याराथन कार्यक्रम भोलि शनिबार बिहान ६ः३० बजे त्रिपुरेश्वर रंगशाला परिसरबाट सुरु भई तिनकुनेसम्म पुग्नेछ । दौड कार्यक्रम करिब साढे ८ बजेभित्र सम्पन्न हुने जानकारी पन्थीले दिएका छन् । जननेता भण्डारीको योगदान र स्मृतिलाई जीवन्त राख्न यस प्रकारको शारीरिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गरिएको मञ्चले जनाएको छ । कार्यक्रममा सर्वसाधारण, खेलाडी, विद्यार्थी तथा शुभेच्छुकहरूको उपस्थितिका लागि सम्पर्क मञ्चले आग्रह गरेको छ ।

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । शुक्रबार कलंकीमा आयोजित कार्यक्रममा नेताहरुको उपस्थितिमा ‘ऐक्यवद्धता डेस्क’ सञ्चालन गरिएको हो । रास्वपाले काठमाडौंका १४ स्थानमा यस्तो डेस्क सञ्चालन गर्दै जनताको समर्थन संकलन थालेको जनाएको छ । ५० हजार भन्दा अधिक हस्ताक्षर भएको बताएको हो।

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रलाई गैरनाफामूलक बनाउनुपर्ने आवश्यकता औंल्याएकी छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले नेपालको संविधानले नै स्वास्थ्य र शिक्षा क्षेत्रलाई नाफा कमाउने माध्यम बनाउन नपाइने स्पष्ट उल्लेख गरेको बताइन् । तर व्यवहारमा निजी क्षेत्रको लगानीबाट सञ्चालित विद्यालय तथा स्वास्थ्य संस्थाहरु नाफा कमाउने माध्यम बन्न गएको भन्दै उनले आपत्ति जनाइन् । श्रेष्ठले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्तावसमेत बैठकमा राखिन् । उनले भनिन्, “नेपाल राज्यभित्र सञ्चालित निजी लगानीका विद्यालयहरु क्रमशः गैरनाफामूलक र लोककल्याणकारी सेवामूलक विद्यालयको…

Read More

काठमाडौं । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यूटावरको काम गरिरहेका व्यवसायी एवं ठेकेदार मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको छ । आज (शुक्रबार) उनलाई अनामनगरबाट पक्राउ गरिएको भनिए पनि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहोराले अहिलेसम्म आफूलाई जानकारी नभएको र पक्राउबारे बुझिरहेको बताएका छन् । इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवालविरुद्ध अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा १० करोडको बैंकिङ कसुरको जाहेरी दर्ता भएको थियो ।

Read More

रुकुम पश्चिम । नाबालिग बलात्कार आरोपमा वाइसिएल (युवा संगठन) रुकुम पश्चिम चौरजहारीका इञ्चार्ज रेशम खत्री क्षेत्री पक्राउ परेका छन् । १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा बिहीबार राति चौरजहारीको एक होटलबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका डिएसपी प्रमेश विष्टका अनुसार, किशोरीले दुई महिना अघि जाहेरी दिएकी थिइन् । जाहेरीमा २०७९ चैतमा होटलमा लगेर बलात्कार गरेको र सोही घटनाबाट छोरी जन्मिएको उल्लेख छ । फरार रहेका क्षेत्रीलाई प्रहरीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो । उनलाई शुक्रबार अदालतमा पेश गरी म्याद थप्ने तयारी गरिएको छ । क्षेत्री वाइसिएल कर्णाली प्रदेश कमिटी सदस्य तथा चौरजहारी नगर…

Read More

अर्घाखाँची । पत्रकारिता शब्द आफैंमा जिम्मेवारी, निष्ठा र परिवर्तनको अर्को नाम हो। यो पेशा होइन, सपना हो। यो जागिर होइन, एउटा मिशन हो। पत्रकारिताको यात्रा सुरु गर्दा मानिससँग न त ठूलो सम्पत्ति हुन्छ, न त सुविधा, तर एउटा दृढ संकल्प हुन्छ-सत्य बोल्ने,सत्य लेख्ने न्यायको पक्षमा उभिने र समाजलाई सुसूचित बनाउने। आज यही पत्रकारितामा कतिले आफ्नो सपनाको रेडियो खोले, अन्लाईन सुरु गरे, समाचार लेखे। गाउँठाउँका कुना-कन्दरामा पुगेर गरिबको पीडा टिपे, बाढीपहिरोका घटना पुर्‍याए, सडक दुर्घटनाको चित्कार, अस्पतालको करुण कहानी, शोषणमा परेका मजदुरको चीत्कार बोकेर देशैभरि खबर पुर्‍याए। तर विडम्बना… जब संघर्षसँगै थाकथक सुरु हुन्छ, जब समाजका दोषहरू उजागर गर्दा धम्की आउँछ,…

Read More

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई नतिजा प्रकाशनको तयारी गरेको छ । बोर्डको बैठक आज बस्नेछ भने सम्भवत आजै नतिजा सार्वजनिक हुने बताएको छ । चैत ७ गतेदेखि सञ्चालन भएको परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धि गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । नतिजा हेर्न :

Read More