काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर संकलन अभियान सुरु गरेको छ ।
शुक्रबार कलंकीमा आयोजित कार्यक्रममा नेताहरुको उपस्थितिमा ‘ऐक्यवद्धता डेस्क’ सञ्चालन गरिएको हो ।
रास्वपाले काठमाडौंका १४ स्थानमा यस्तो डेस्क सञ्चालन गर्दै जनताको समर्थन संकलन थालेको जनाएको छ । ५० हजार भन्दा अधिक हस्ताक्षर भएको बताएको हो।

