Author: नेपाल राज्य

अर्घाखाँची । संयुक्त दलित अधिकारकर्मी सञ्जाल अर्घाखाँचीले प्रेस विज्ञप्ति जारी गर्दै सुर्खेतमा मृत भेटिएकी १६ वर्षीया इनिशा बि.क.को घटनामा निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेको छ। सञ्जालका संयोजक विष्णु परियारले घटनाले आफूहरूलाई अत्यन्तै दुःखी र मर्माहत बनाएको बताएका छन्। कर्णाली प्रदेशको सुर्खेत जिल्ला अन्तर्गत गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी इनिशा हाल वीरेन्द्रनगरमा बस्दै आएकी थिइन्। २३ फागुन बिहान ट्युसन पढ्न घरबाट निस्केकी उनी घर फर्किनन्। खोजीका क्रममा उनी स्थानीय सामुदायिक वनमा गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन्। उनलाई तत्काल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। सञ्जालले घटनालाई अत्यन्तै जघन्य र अमानवीय भन्दै सामूहिक…

Read More

काठमाडौं । सरकारले रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई मनोनीतिका लागि सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले गुल्मीका अर्याललाई राष्ट्रिय सभा सदस्य पदका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। उनी प्रसंशाका पात्रथिए पदभार ग्रहण गरेलगत्तै जेनजी आन्दोलनमा मारिएकाहरूको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने र झण्डा झुकाउने निर्णय गरेका थिए । गृहमन्त्रीको कार्यभार सम्हालेपछि उनले गरेको पहिलो निर्णयमा मृतकका परिवारलाई काजकिरिया खर्चबापत तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने विषय पनि अगाडि सारेका थिए ।

Read More

काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई मनोनीत गरेको छ। प्रधानमन्त्री तथा कोषका संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई आगामी पाँच वर्षका लागि उक्त पदमा नियुक्त गरेकी हुन्। यसअघि अध्यक्ष रहेका ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सिन्धुलीका श्रेष्ठलाई मनोनयन गरिएको हो। अध्यक्षका रूपमा श्रेष्ठले अब कोषको सञ्चालक समितिको अध्यक्षता गर्नेछन् । राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ अनुसार कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले नै अध्यक्ष मनोनयन गर्ने व्यवस्था छ । समाजशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठले कानुनमा स्नातक गरेका छन् । सिन्धुलीका उनी पेशाले कानुन व्यवसायीसमेत हुन्। हाल उनी प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिवका रूपमा कार्यरत…

Read More

कमला घिमिरे, बुटवल — अर्घाखाँची छत्रगञ्ज–रुपन्देही सम्पर्क समाजको १२औँ वार्षिक साधारण सभा तथा ५औँ अधिवेशन बुटवलमा सम्पन्न भएको छ। अधिवेशनले सिद्धार्थ पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समाजका अध्यक्ष पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा छत्रदेव गाउँपालिका–५ का वडाध्यक्ष बालकृष्ण पोख्रेल प्रमुख अतिथि तथा समाजका संस्थापक अध्यक्ष श्रीबहादुर रायमाझी विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा समाजका सल्लाहकार, आजीवन सदस्य, शुभेच्छुक तथा विभिन्न क्षेत्रका बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभाको सुरुवात रक्तदान कार्यक्रमबाट गरिएको थियो। समाजका सल्लाहकार तथा अग्रज बुद्धिजीवीहरूको सहभागितामा ४३ पाउण्ड रगत संकलन गरिएको आयोजकले जनाएको छ। औपचारिक कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पोख्रेलले पानसमा बत्ती बालेर गरेका थिए भने स्वागत…

Read More

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले कार्यकर्तालाई जनताको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेका छन्। शनिबार बुटवलमा सम्पन्न नेकपा एमाले अर्घाखाँची–रुपन्देही सम्पर्क मञ्चको बैठकलाई सम्बोधन गर्दै उनले संगठनलाई सक्रिय रूपमा परिचालन गर्दै निरन्तर समीक्षा र मूल्यांकनका साथ जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए। मुख्यमन्त्री आचार्यले निर्वाचन परिणामबारे गहिरो समीक्षा आवश्यक रहेको उल्लेख गर्दै सूक्ष्म रूपमा विश्लेषण गरी आगामी दिनका लागि ठोस योजना बनाउनुपर्ने बताए। उनले अहिलेको परिस्थितिलाई सामान्य रूपमा नलिन आग्रह गर्दै त्यसको गम्भीर मूल्यांकन गर्नुपर्ने धारणा राखे। “यो परिस्थिति यसै आएको होइन, हामी सबैले यसलाई गम्भीरतापूर्वक बुझ्न जरुरी छ,” उनले भने, “भदौ २३ र २४…

Read More

कमला घिमिरे / हरि कुँवर, अर्घाखाँची । कहिलेकाहीँ जीवनले यस्ता कथा जन्माउँछ, जसले संघर्ष, आशा र विश्वासको साँचो अर्थ सम्झाइदिन्छ। साधारण परिस्थितिबाट उठेर असाधारण उपलब्धि हासिल गर्ने व्यक्तिहरू समाजका लागि प्रेरणाको स्रोत बन्छन्। अर्घाखाँचीका प्रतिनिधि सभा सदस्य माननीय हरिप्रसाद भुसालको जीवनयात्रा पनि त्यस्तै प्रेरणादायी कथामध्ये एक हो। आज देशको संसदमा जनताको प्रतिनिधित्व गरिरहेका भुसालको जीवन सुरुवात भने निकै चुनौतीपूर्ण अवस्थाबाट भएको थियो। उनी समयभन्दा पहिले, सात महिनामै जन्मिएका थिए। जन्मिनु नै जोखिमपूर्ण अवस्थाबीच भएको थियो। अझ जन्मिएपछि नवजात शिशुले रोएको आवाजसमेत नआएपछि घरपरिवार चिन्ताले भरिएको थियो। नवजात शिशु जन्मिएपछि रोएको आवाजले सामान्यतया घरभरि खुसी ल्याउँछ। तर त्यस दिन भने घरभित्र…

Read More

अर्घाखाँची। अर्घाखाँचीबाट निर्वाचित सांसद हरिप्रसाद भुसालले आफू विगतका धेरै सांसदजस्तो राजधानी केन्द्रित नहुने बताएका छन्। जनताको बीचमै रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आफ्नो प्राथमिकता गाउँमै रहने बताएका हुन्। निर्वाचनपछि जिल्लाका विभिन्न स्थानमा पुगेर मतदातालाई धन्यवाद ज्ञापन गर्दै गाउँ–गाउँ पुगिरहेका सांसद भुसालले शुक्रबार भूमिकास्थान नगरपालिकाका ढाकावाङ्ग र धारापानीमा आयोजित धन्यवाद कार्यक्रममा यस्तो बताएका हुन्। उहाँले सांसद पद जनताको सेवा गर्ने जिम्मेवारी भएको उल्लेख गर्दै आफू सधैं जनताको सुख–दुःखमा साथ रहने बताए। “म बोल्नका लागि होइन, काम गर्नका लागि आएको हुँ। अहिले म परीक्षामा छु, पाँच वर्ष काम गरेर देखाउनु छ,” उनले भने। सांसद भुसालका अनुसार आफू सधैं जनताको बीचमै…

Read More

अर्घाखाँची । प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामबहादुर चौहानले यसपटकको निर्वाचनमा आफू विजयी हुन नसके पनि आफूलाई विश्वास गरेर मत दिने मतदाताको मत कहिल्यै खेर जान नदिने बताएका छन्। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै चौहानले निर्वाचन परिणामलाई सम्मान गर्दै जनताको भावना र विश्वासलाई सधैं उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पदमा नपुगे पनि जनताको हकहित, अधिकार र जिल्लाको विकासका सवालमा निरन्तर सक्रिय रहने बताए। चौहानले अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हरिप्रसाद भुसाललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै निर्वाचित प्रतिनिधिले जिल्लाको समग्र विकास, जनअपेक्षा र आवश्यकताअनुसार प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे। उनले जनताले काठमाडौं महानगरपालिकाका मेयर…

Read More

माधव खनाल- अर्घाखाँची, २९ फागुन — विद्यार्थी जीवनमा शिक्षासँगै अनुशासनको पनि उत्तिकै महत्त्व रहेको बाल शिक्षा माध्यमिक विद्यालय, भूमिकास्थान नगरपालिका–१ साम्नेगाउँका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कासीराम गमालले बताउनुभएको छ। शुक्रबार कक्षा ९ का विद्यार्थीहरूले आयोजना गरेको कक्षा १० का विद्यार्थीहरूलाई बिदाइ तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष गमालले विद्यार्थीले राम्रो शिक्षा हासिल गर्न अनुशासन अनिवार्य हुने बताउनुभयो। कार्यक्रममा भूमिकास्थान नगरपालिका–१ का वडा सदस्य मेघराज खनालले विद्यार्थी भाइबहिनीहरूलाई आउँदै गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) धैर्यतापूर्वक दिन आग्रह गर्नुभयो। उनले आफूले सिकेको ज्ञान निर्धक्क भएर उत्तरपुस्तिकामा प्रस्तुत गर्न सुझाव दिनुभयो। विद्यालयका प्रधानाध्यापक युवराज खनालले पनि विद्यार्थीहरूलाई हतोत्साहित नहुन र अहिलेसम्म अध्ययन गरेका…

Read More

खलङ्गा (दार्चुला), २९ फागुन। दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हेमराज भट्टले जानकारी दिनुभयो । बिहीबार घर फर्किने क्रममा धामी लेकम गाउँपालिका–१ मा भीरबाट लडेर घाइते भएका थिए । उनलाई धनगढी लगिएकामा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

Read More