Author: नेपाल राज्य

अर्घाखाँची । नेकपा एमालेको केन्द्रीय कार्यक्रमअनुसार आज देशभरका सम्पूर्ण वडाहरूमा एकैपटक वडास्तरीय भेला तथा बैठक सम्पन्न गर्ने कार्यक्रमअन्तर्गत अर्घाखाँची जिल्लाका अधिकांश वडाहरूमा पनि भेला सम्पन्न भएका छन्। एमाले अर्घाखाँचीले दिएको जानकारी अनुसार मङ्सिर २९ गते पालिका स्तरीय भेला आयाेजना गर्ने, अर्घाखाँची जिल्लाले जिल्ला स्तरीय जनसभा कात्तिक १० गते देशभरमै पहिला सम्पन्न गरेको थियाे । ११ औं महाधिवेशनकाे तयारी स्वरूप मङ्सिर १३ गते महाधिवेशन प्रतिनिधि छनाैट गर्नेछ । पार्टीको संगठन सुदृढीकरण, आगामी राजनीतिक कार्यक्रम र जनसंगठन विस्तारका विषयमा पनि छलफल भएको छ। भेलाहरूमा स्थानीय नेताहरू, कार्यकर्ता र समर्थकहरूको सक्रिय सहभागिता रहेको एमाले अर्घाखाँचीले जनाएको छ। पार्टीले वडास्तरबाटै संगठन सुदृढ गर्दै आगामी…

Read More

रुद्रमणि भुसाल, कार्तिक २२ अर्घाखाँची । साना किसान कृषि सहकारी संस्था लिमिटेड खाँचीकोट फुतबाङ्गको २१ औं वार्षिक साधारण सभा आज फुलबारी बगैंचा फुदबाङमा सम्पन्न भएको छ। वार्षिक साधारण सभामा बोल्दै जिल्ला कृषि सहकारी सङ्घका अध्यक्ष लक्ष्मण कंडेलले समयअनुसार सम्पूर्ण शेयर सदस्यहरू प्रविधिमा जोडिन आवश्यक रहेको बताउनुभएको छ । उहाँले सम्पूर्ण सहकारीको आर्थिक कारोबार डिजिटल प्रविधिमार्फत गर्न जरुरी रहेको बताउनुभयो। अब शेर सदस्यले नगद बोकेर कार्यालय धाउनु भन्दा क्युआर मार्फत पैसा जम्मा गर्ने व्यवस्था गरेमा समय सँगसँगै छिटो छरितो र पारदर्शिता पनि हुने बताउनुभएको छ। २१ औँ साधारण सभाको प्रमुख अतिथि समेत रहनुभएका कँडेलले सम्पूर्ण साना किसान सहकारीका सम्पुर्ण साधारण सदस्यहरूलाई…

Read More

अर्घाखाँची — अर्घाखाँची अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारी लुम्बिनी प्रदेशमै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्टका रूपमा सम्मानित भएका छन्। स्वास्थ्य सेवा सुधार, व्यवस्थापनमा प्रभावकारी नेतृत्व र सेवाको गुणस्तर वृद्धि गर्ने कार्यमा योगदानका लागि उनलाई यो सम्मान प्रदान गरिएको हो। अर्घाखाँची अस्पतालले आ.व. २०८१/०८२ मा सञ्चालन गरेका कार्यक्रमहरूको मूल्यांकनमा स्वास्थ्य सेवाका प्रमुख सूचकका आधारमा लुम्बिनी प्रदेशका अस्पतालहरूमध्ये दोस्रो स्थान हासिल गरेको थियो। सीमित स्रोत र विभिन्न चुनौतीबीच पनि अस्पताललाई निरन्तर उन्नतिको बाटोमा अघि बढाउँदै उत्कृष्ट नतिजा निकाल्न सफल भएको भन्दै डा. तिवारीको नेतृत्वलाई उदाहरणीय ठहर गर्दै सामाजिक संजाल फोन मार्फत हार्दिक बधाई तथा शुभकामना आइरहेका छन् । डा. तिवारीले सम्मानपछि प्रतिक्रिया…

Read More

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क–२ मा अवस्थित त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कार्यक्रम संस्थाका अध्यक्ष कमलप्रसाद घिमिरेको अध्यक्षतामा भएको थियो। सभामा संस्थापक अध्यक्ष गोविन्द बहादुर भट्टराई क्षेत्री, पूर्व अध्यक्षहरू चन्द्रप्रसाद बन्जाडे र उत्तममणि मिश्रलगायतका अतिथि र सरोकारवालाको उपस्थिति थियो। साधारण सभामा १२०२ जना शेयर सदस्य सहभागी थिए। अध्यक्ष घिमिरेले वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने सचिव नारायणप्रसाद भुसालले आर्थिक वर्ष २०८१/८२ का गतिविधि र आगामी वर्ष २०८२/८३ का योजना सार्वजनिक गरे। कोषाध्यक्ष शिव बेल्वासेले वित्तीय प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कुल कायम बचत १३ करोड ६४ लाख ६६ हजार २ सय ३६ रुपैयाँ…

Read More

अर्घाखाँची । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँचीको ८औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले बल बहादुर रायमाझीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित समितिमा उपाध्यक्षहरू तेजेन्द्र शमशेर, श्रीधर पन्थी, पवित्रा शापकोटा,सचिवमा हुम बहादुर विक,कोषाध्यक्ष विमला केसी,सहसचिव ठाकुर गन्धर्व ,सहकोषाध्यक्ष पूजा कुँवर चयन भएका छन् । त्यस्तै सदस्यहरूमा रामविलास रायमाझी, रमेश भट्टराई, प्रदीप विक, शारदा आचार्य र प्रमिला दर्नाल चयन भएका छन्।सल्लाहकार समितिमा प्रमिला क्षेत्री, हिम बहादुर जिसी (लेकालि), राधा आचार्य, खिम बहादुर चौहान र रामजी परियार रहेका छन्। अधिवेशनले अर्घाखाँची जिल्लामा लोक तथा दोहोरी संस्कृतिको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा यसको विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

Read More

दिल्ली । भारतको दिल्लीमा आदर्श युवा क्लबले देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । भारतको दिल्ली (गुरुग्राम)मा रहेका नेपाली समुदायले आदर्श युवा क्लबको आयोजनामा देउसी भैलो कार्यक्रम सम्पन्न गरेका हुन। दिल्लीमा छरिएका नेपालीहरू एकजुट हुँदै यस कार्यक्रममा उत्साहपूर्वक सहभागी भएका थिए। कार्यक्रमको उद्देश्य सामाजिक कार्यमा सबैलाई अघि बढाउने दिन दुखी लाई सहयोग गर्ने “हामी सबै एक हौं, हाम्रो संस्कृति हाम्रो पहिचान हो” भन्ने सन्देशसहित नेपाली संस्कृतिको संरक्षण गर्ने उद्देश्य रहेको क्लबका अध्यक्ष सन्तोष बस्नेतले जानकारी दिएका छन् ।

Read More

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा लोकतन्त्रको मूल सार संवादमा रहेको बताएका छन्। उनले भने, “लोकतन्त्र विवाद र द्वन्द्वमा होइन, संवाद र सहकार्यमा बलियो हुन्छ।” प्रतिनिधिसभा र राष्ट्रियसभाका सभामुख–उपसभामुखहरू, साथै प्रदेशसभाका सभामुख–उपसभामुखहरूसँगको भेटमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक अभ्यासलाई जनजीवनसँग जोड्नुपर्नेमा जोड दिए। उनका अनुसार जनताको आवाज सुन्ने र त्यसलाई नीति–निर्णयमा उतार्न सक्ने संस्कार जति मजबुत हुन्छ, लोकतन्त्र र संसदीय प्रणाली पनि उति सुदृढ बन्छ। युवा पुस्तामा सुशासन र विकासप्रतिको चासो बढ्दै गएको उल्लेख गर्दै उनले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन सबैले साझा जिम्मेवारीका साथ अघि बढ्नुपर्ने बताए। उनले संसदीय प्रणालीको बल कुनै एक…

Read More

अर्घाखाँची– भूमिकास्थान नगरपालिका–९ स्थित भगवती माध्यमिक विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबार अन्तर सदनात्मक भलिबल प्रतियोगिता सम्पन्न भएको छ। छात्र तर्फ शितगंगा सदन विजेता बनेको छ भने पाणिनी सदन उपविजेता हुन सफल भएको विद्यालयले जनाएको छ। छात्रा तर्फ सुशिला पुलामी नेतृत्वको टिमले विजेताको उपाधि हात पार्दा बिनिता भुसालको टिम उपविजेता बनेको थियो। प्रतियोगिताको प्रमुख रेफ्रीको जिम्मेवारी खेल शिक्षक तारा बहादुर पुलामीले वहन गरेका थिए भने सहायक रेफ्रीमा शिक्षक पवन बरालले सहयोग गरेका थिए। छात्र समूहबाट ४ सदन र छात्रा समूहबाट ३ टिम गरी कुल ७ टिम प्रतियोगितामा सहभागी भएका थिए। प्रतियोगिताको उद्घाटन विद्यालयका प्रधानाध्यापक कृष्ण खनालले बल सर्भिस गर्दै गर्नुभएको थियो।…

Read More

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई असंवैधानिक भन्दै संसद पुनःस्थापनाको माग दोहोर्याएका छन्। शुक्रबार राजधानीमा आयोजित एमाले शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा उनले अहिलेको सरकार आन्दोलन र अराजकताको बलमा बनेको दाबी गरे। देश नछाडी अडानमा रहने दृढता जनाउँदै अध्यक्ष ओलीले भने “मर्नैपरे यहीँ मर्छु, देश सुम्पिएर भाग्दिनँ।” उनले अहिलेको सरकारले विपक्षी नेताहरूलाई पासपोर्ट रोक्का गरेर दबाब दिने काम गरिरहेको आरोप पनि लगाए। “संविधानको बाटोमा फर्किन संसद पुनःस्थापना अब अपरिहार्य छ। संविधान तोड्ने, आगजनी गर्नेहरूकै हातमा देश सुम्पिएको छ।” उनका अनुसार एमालेले बेठिक शक्तिसँग कहिल्यै सम्झौता गर्ने छैन। “दुई दिनको सडक नाटकबाट बनेको यो सरकारसँग एमाले झुक्दैन,” उनले…

Read More

अर्घाखाँची । नेकपा (एमाले) का नेता रामजी प्रसाद घिमिरेले सामाजिक सञ्जालमार्फत राजधानी काठमाडौँ बाहिर हुनुपर्ने बताएका छन् । नेता घिमिरेले डेराको जीवन बिताएर फर्किएका नेताहरूप्रति कटाक्ष गर्दै भनेका छन् “अब तपाईहरूले राजधानी काठमाडौँबाट बाहिर सार्नुस्, तबमात्र आधारभूत जनताको सुरक्षाभित्र आउनु हुनेछ, नत्र जनता र नेताबीचको दूरी बढ्दै जानेछ र नेताहरू आफैं असुरक्षित बन्दै जानेछन्।” कडा टिप्पणी गर्दै नेता घिमिरेले भने काठमाडौँका जनताले राजधानीकै बोझले थकित भइसकेका छन्। खानेपानी, फोहर व्यवस्थापन, ट्राफिक जाम र वायु प्रदूषणले उनीहरू पीडित रहेको उल्लेख गर्दै उनले भने “राजधानीका संरचना जोगाउन पनि कठिन भइसकेको छ। जनघनत्वले शहर दबिँदै गएको छ।” लुम्बिनी प्रदेशको भौतिक पुर्वाधार तथा विकास…

Read More