हिम लेकाली, सन्धिखर्क ।
अर्घाखाँची अस्पतालले आर्थिक वर्ष २०८०।०८१ को सामाजिक परीक्षण (आम भेला ) कार्यक्रम सम्पन्न गरेकाे छ।
अर्घाखाँची अस्पतालले यस आर्थिक वर्षमा भए गरेका कामकाे बिवरण सेवाग्राही सामु पुर्याउने उद्देश्यले याे कार्यक्रमकाे आयाेजना गरेको हाे ।
पर्यावरण सचेतन समूह सन्धिखर्क अर्घाखाँचीको आयोजनामा शुक्रबार अस्पताल सभा कक्षमा सम्पन्न कार्यक्रमकाे अध्यक्षता सन्धिखर्क नगर उप प्रमुख मिश्रा आचार्यले गर्नु भएको थियाे ।
कार्यक्रमकाे सहजिकरण र मसाैदा प्रतिवेदन प्रस्तुत सामाजिक परिक्षण बिद सुरत सारूले गर्नु भएकाे थियाे ।
उहाँले परिक्षण गर्दा देखिएका राम्रा पक्ष र सुधार गर्नु पर्ने पक्षकाे बारेमा प्रकाश पार्नु भएकाे थियाे । उहाँले अस्पतालका राम्रा कामकाे चर्चा गर्दै अस्पताल सेवामा नियमितता ,अल्ट्रासाउन्ड सेवामा गुणस्तरीयता , अक्सिजन प्लान्ट लाई सन्चालन ,वार्ड सेवालाई गुणस्तरीयता , आँखा उपचार , फिजियाेथेरापि ,दन्त सेवा सन्चालनले बिरामिहरूलाई थप सेवा र सुबिधा प्राप्त गरेकाे बताउनु भयाे । साथै बिमा सेवा छिटाे छरिताे ,ल्यावसेवामा बृधी , आँखा ओपाेडि सेवा ब्यबस्थितले अस्पतालकाे प्रगति सूचक राम्रो रहेकाे बताउनु भयाे ।
उहाँले दरबन्दि अनुसारकाे चिकित्सककाे ब्यबस्थापन , बिशेषज्ञ सेवामा जाेड दिनु पर्ने बताउँदै ,भाैतिक बिकास ,फाेहरमैला ब्यबस्थापनमा समुचित विकास ,ओपिडि सेवामा बिहानै देखि सन्चालन गर्नु पर्ने ,डक्टर देखाउन लामाे पालाे कुर्नु पर्ने स्थितिकाे ब्यबस्थापन गर्नु पर्ने जस्ता कुराहरू सुझाउनु भएको थियाे।
उठेका जिज्ञासाहरूलाई अस्पताल प्रमुख डा. जगन्नाथ तिवारीले प्रकाश पार्नु भएको थियाे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल , सन्धिखर्क नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष माधव श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष गणेश खनाल लगायतका वक्ताले मन्तव्य राख्नुभएको थियो।
संस्था का सचिव सागर परियारको सञ्चालनमा सम्पन्न कार्यक्रममा सराेकारवाला स्थानीयवासि तथा पत्रकारहरूले विभिन्न बिषय माथि जिज्ञासा राखेका थिए ।