नेपाल राज्य संवाददाता
बुटवल– एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा अर्घाखाँची प्रदेशसभा (क) बाट निर्वाचित पूर्वमन्त्री चेतनारायण आचार्यले दावी गरेका छन् । उनीस“गै भुमिश्वर ढकाल र लिला गिरीले पनि आकांक्षा देखाएका छन् ।
एमाले अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेल निकट मानिने आचार्य अघिल्लो चुनावमा पनि जितेर लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा पर्यटन मन्त्री भैसकेका छन् । संसदमा प्रभावकारी भुमिका खेल्न र सरकारको नेतृत्व गर्न संसदीय दलको नेतामा चयन हुन आचार्यले लबिङ गरेका छन् । आचार्य प्रभावशाली नेता हुन । संसदीय दलको नेता मुख्यमन्त्री हुने व्यवस्था रहेको छ ।