अर्घाखाँची ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी, अर्घाखाँचीकाे सम्पन्न प्रथम पूर्ण बैठकले लिला बराललाई पुन: कार्यालय सचिवकाे जिम्मेवारी प्रदान गरेको छ ।
नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) एकिकरण पश्चात् बनेकाे नेपाल कम्युनिष्ट पार्टीकाे अबधि देखि कार्यालय सचिवकाे जिम्मेवारी प्राप्त गरेका बरालकाे उक्त जिम्मेवारी बहन गर्ने याे तेस्राे कार्यकाल हाे ।
मालारानी -४ खनका स्थायी बासिन्दा ३८ वर्षका बराल सानैदेखि मिलनसार एवम् गम्भीर स्वभावका छन् । विद्यार्थी जीवन् देखि राजनीतिमा सक्रिय कार्यालय संचालन, ब्यवस्थापन एवम् सूचना प्रविधिमा समेत दख्खल राख्ने उनले बिगत ५ वर्षदेखि कुशलतापूर्वक याे भुमिका निर्वाह गर्दै आएका छन्।
आफ्नाे जिम्मेवारीकाे हरेक कामलाई गम्भीरताका साथ लिने, दिनरात नभनी कामलाई समयमै सम्पन्न गर्ने, ब्यवस्थापकीय काममा समेत अब्बल कार्य कुशलताका भएकाेले उहाँलाई पुन: कार्यालय सचिवकाे जिम्मेवारी प्रदान गरिएकाे नेकपा एमाले पार्टीका जिल्ला नेताहरू बताउछन् ।
गत आठौं जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीमा संगठन बिभाग प्रमुखकाे जिम्मेवारी प्राप्त गरि कुशलतापूर्वक भुमिका बहन गरेको ठहर गरि बराललाई पुन: संगठन बिभागकाे जिम्मेवारी समेत प्रदान गरिएको छ ।
संगठन बिभागले पार्टी सदस्यता अभिलेेखिकरण गर्ने, पार्टीले लिनुपर्ने संगठनात्मक नीतिकाे बारे प्रस्ताव पेश गर्ने, पार्टीको बिधान, नियमावली र संगठनात्मक प्रस्तावकाे कार्यन्वयन गराउने, जनसंगठन तथा मातहतका कमिटीहरूकाे अनुगमन मूल्यांकन गर्ने जस्ता कार्य गर्ने भएकोले एमालेमा संगठन बिभागलाई महत्त्वपूर्ण बिभाग मानिन्छ ।
बराल छैठाैं जिल्ला अधिवेशन (२०६६) मा संगठन बिभाग सदस्य, साताै जिल्ला अधिवेशन (२०६९) जिल्ला कमिटी सदस्य एवम् संगठन बिभाग सचिव, २०७६ नेकपा अबधिमा संगठन बिभाग उपप्रमुख एवम् आठाैं जिल्ला अधिवेशन (२०७८) बाट संगठन बिभाग प्रमुखकाे भुमिकामा रहेकाे र नवाैं जिल्ला अधिवेशनबाट समेत पुन: संगठन बिभागकाे जिम्मेवारी पाएका छन् ।
बराल १२ वर्षको उमेरदेखि नै अनेरास्ववियुमा आवद्ध भई अनेरास्ववियुकाे जिल्ला अध्यक्ष हुँदै २ कार्यकाल केन्द्रीय सदस्य समेत भैसकेका छन् । पार्टीको क्षेत्रीय कमिटी सचिवालय सदस्य, उपसचिव हुँदै २०६९ सालदेखि जिल्ला कमिटीमा निरन्तर क्रियाशील रहेका छन् । उनले कार्यालयकाे दैनिक काम, कार्यालय बाहिरकाे राजनीतिक काम र स्थानीय तहकाे जनप्रतिनिधिकाे रूपमा गर्ने सामाजिक काममा समेत उचित समय ब्यवस्थापन गरेेकाे पाईन्छ । हाल उनी मालारानी गाउँकार्यपालिकाकाे सदस्य समेत रहेका छन् ।