Author: नेपाल राज्य

काभ्रेपलाञ्चोक । आइतबार साँझ ६:३० बजेतिर आएको लेदोसहितको बाढीले बीपी राजमार्गको काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९, पिन्थलीस्थित विरुवाडाँडा कालढुंगा खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। प्राकृतिक प्रकोपका कारण राजमार्ग दुवै दिशाबाट बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पुष्टि गरेको छ। अवरुद्ध सडक खुलाउने प्रयासमा इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीहरू जुटिरहेका छन्। पानीको वहावसँगै आएको लेदोका कारण सडकमा ठूलो मात्रामा अवरोध सिर्जना भएको र क्षतिको विवरण संकलन कार्य सुरु गरिएको बताइएको छ।

Read More

काठमाडौँ । पूर्व निर्वाचन आयुक्त एवं पूर्व पत्रकार इला शर्माको हृदयाघातका कारण निधन भएको छ। उनको आज साँझ नर्भिक अस्पतालमा निधन भएको पूर्व पत्रकार अमृता लम्सालले बताइन्। उनको दाहसंस्कार भोलि गरिनेछ । उनले लामो समयसम्म द राइजिङ नेपालमा काम गरेकी थिइन्। उनका दुई छोरी छन्।

Read More

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं. ७ फुदवाङ्गमा स्थापना हुन लागेको सुपादेउराली कला केन्द्रको उद्घाटन यही असार ३० गते, सोमबारका दिन हुने भएको छ। उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सन्धिखर्क ७ का वडा अध्यक्ष तथा अर्घाखाँचीका जनप्रतिनिधि चुराबहादुर केसीको रहनेछन्। कला र संस्कृति संरक्षणका साथै विद्यार्थिहरुको प्रतिभा र क्षमताको विकास गर्ने उद्देश्यले सञ्चालन हुन लागेको यो केन्द्रले स्थानीयस्तरमा कला क्षेत्रको विकासमा विशेष योगदान पुर्‍याउने विश्वास गरिएको छ। कार्यक्रमका सन्दर्भमा केन्द्रका प्रोपाइटर तथा मुख्य कोरियोग्राफर सन्देश रणपालले सम्पूर्ण महानुभावहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेका छन्। उनले भने, “स्थानीय प्रतिभा पहिचान र प्रोत्साहनका लागि केन्द्रको स्थापना गरिएको हो। सबैको साथ र सहकार्यको…

Read More

अर्घाखाँची । किसानका खेतबारीमा बारम्बार बाँदर र बदेलले गर्ने क्षति न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय, अर्घाखाँचीले १० जना ‘बाँदर तथा बदेल हेरालू’ नियुक्त गर्ने भएको छ। वन्यजन्तुजन्य क्षति न्यूनीकरण र मानव–वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन गर्न यो नयाँ पहल सुरु गरिएको हो। वन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै जिल्लाका प्रभावित क्षेत्रमा बाँदर तथा बदेल हटाउने काममा खटिन इच्छुक तथा योग्य स्थानीय बासिन्दाहरूबाट आवेदन माग गरेको हो। जिल्लाका विभिन्न ९ कार्यक्षेत्रमा १० जना हेरालू खटाइनेछन्। ती क्षेत्रहरूमा पाली, किमडाँडा, बल्कोट, चिदिका, केरुङ्गा, अडगुरी, खन, अर्घातोष र पोटुवाथुम रहेका छन्। हेरालूहरूले किसानका बालीमा क्षति पुर्‍याउने बाँदर र बदेललाई धपाइ उनीहरूलाई पुनः प्राकृतिक…

Read More

काठमाडौं । टंक बुढाथोकीको लेखन, निर्देशन र निर्माणमा बनेको नेपाली चलचित्र ‘मन बिनाको धन’ यही कात्तिक २१ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। बुधबार निर्मात्री विष्णु माया मैनाली र वितरण कम्पनीहरूसँगको सम्झौतापछि आधिकारिक मिति तय भएको हो। चलचित्र नेपालभर एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीमार्फत वितरण हुनेछ। फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, नीता ढुंगाना, भोला सापकोटा, रमा थपलिया, साम्राज्ञी थापा, बिना राउत, रविन्द्र झा लगायतका चर्चित कलाकारको दमदार अभिनय रहेको छ। कुनैबेला गीतले पनि चर्चा बटुलेको थियो । सामाजिक विषयवस्तुमा आधारित यस फिल्मको पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन्। संगीतमा टंक बुढाथोकी, छायांकनमा सौरभ लामा, कोरियोग्राफीमा…

Read More

अर्घाखाँची। समाजसेवी तथा एमाले निकट भोज ब. खड्काले कम्युनिस्ट आन्दोलन कमजोर पार्नका लागि व्यक्तिगत अहं र नेतृत्वको जुँगाको लडाइँ जिम्मेवार रहेको टिप्पणी गरेका छन्। सामाजिक संजालमा पोस्ट गर्दै खड्काले केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुबीचको प्रतिस्पर्धा र द्वन्द्वकै कारण कम्युनिस्ट पार्टी पटक–पटक विभाजनमा गइरहेको टिप्पणी गरेका हुन् । “नेताहरुका जुँगाको लडाइँले आन्दोलन र संगठनलाई नोक्सान गर्‍यो,” खड्काले भने, “अब पनि यदि वाम एकता गर्न विद्यादेवी भण्डारीको नेतृत्वले सफल भूमिका खेल्न सक्छ भने त्यो सम्पूर्ण वामपन्थीहरूले स्वीकार गर्नुपर्छ।” उनको भनाइ थियो । उनले पूर्वराष्ट्रपति भण्डारीसँग नेतृत्व क्षमता, अनुभव र राष्ट्रिय राजनीतिमा सशक्त उपस्थिति भएकाले वाम…

Read More

अर्घाखाँची । अर्घाखाँची जिल्लामा हालै सम्पन्न पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम–२०८२ मा खोप अभियानलाई सफल बनाउन विभिन्न तहमा योगदान दिने व्यक्तिहरूलाई विशेष सम्मान गरिएको छ। सो कार्यक्रममा नेपाल राज्य डटकमका पत्रकार केशब पन्थीलाई खोप अभियानसम्बन्धी समाचार संकलन तथा सूचना प्रवाहमा निर्वाह गरेको सक्रिय भूमिकाको उच्च मूल्याङ्कन गर्दै विशेष सम्मान प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य क्षेत्रमा केही सुधार भए पनि अझै धेरै गर्न बाँकी रहेको उल्लेख गर्दै यस्ता अभियानले समुदायको स्वास्थ्य सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए। विशिष्ट अतिथि लुम्बिनी प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले जिल्लामा अब खोप नपाउने कोही नरहेको भन्दै…

Read More

अर्घाखाँची । अर्घाखाँचीमा स्थानीय युवाहरूले नेता रायमाझीको पक्षमा जिल्लामा  हस्ताक्षर अभियान सुरु गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री तथा सांसद टोपबहादुर रायमाझीको रिहाइको माग गर्दै अर्घाखाँचीमा स्थानीय युवाहरूले स्वतःस्फूर्त हस्ताक्षर अभियान थालेका छन्। सन्धिखर्कको बसपार्क र हाटबजारबाट सुरु भएको अभियानमा कुनै राजनीतिक दलको औपचारिक संलग्नता छैन। सहभागीहरूका अनुसार रायमाझीमाथि राजनीतिक प्रतिशोध स्वरूप जेलमा राखिएको हो। उस्तै मुद्दामा संलग्न कांग्रेस नेता बालकृष्ण खाँडसहित केही व्यक्ति धरौटीमा रिहा भइसकेका छन्। नेकपा एमाले अर्घाखाँचीले भने न्यायिक प्रक्रिया अदालतमै सीमित रहने बताएको छ। रायमाझीको मुद्दा हाल सर्वोच्चमा विचाराधीन छ।

Read More

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वनिर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध १५ करोड ८८ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरूयोजना अन्तर्गत गुणस्तरहीन स्टोरेज खरिद गरी झुटा कागजातमार्फत भुक्तानी लिएको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गरिएको छ।

Read More

काठमाडौँ, असार २२। नेपाली काँग्रेसले २०७९ सालमा सम्पन्न स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गर्ने २६ जना नेता तथा कार्यकर्तामाथि कारबाही गरेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिको असार ९ देखि १७ गतेसम्म बसेको बैठकले विभिन्न जिल्ला र प्रदेशका २६ जना नेता तथा कार्यकर्तालाई “अब उप्रान्त पार्टी हितविरुद्ध नगर्न” भन्दै सचेत गराउने निर्णय गरेको हो। समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाका अनुसार, प्राप्त उजुरीहरूको आधारमा कैलालीबाट २, डोल्पाबाट १०, सल्यानबाट ११, दैलेख, खोटाङ र धनुषाबाट एक-एक जनालाई कारबाही गरिएको छ। उनका अनुसार, अन्य जिल्लाबाट प्राप्त उजुरीहरू भने अझै छानबिनको प्रक्रियामा रहेका छन्। यसअघि पार्टीले २०७९…

Read More