अर्घाखाँची । किसानका खेतबारीमा बारम्बार बाँदर र बदेलले गर्ने क्षति न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय, अर्घाखाँचीले १० जना ‘बाँदर तथा बदेल हेरालू’ नियुक्त गर्ने भएको छ। वन्यजन्तुजन्य क्षति न्यूनीकरण र मानव–वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन गर्न यो नयाँ पहल सुरु गरिएको हो।
वन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै जिल्लाका प्रभावित क्षेत्रमा बाँदर तथा बदेल हटाउने काममा खटिन इच्छुक तथा योग्य स्थानीय बासिन्दाहरूबाट आवेदन माग गरेको हो।
जिल्लाका विभिन्न ९ कार्यक्षेत्रमा १० जना हेरालू खटाइनेछन्। ती क्षेत्रहरूमा पाली, किमडाँडा, बल्कोट, चिदिका, केरुङ्गा, अडगुरी, खन, अर्घातोष र पोटुवाथुम रहेका छन्।
हेरालूहरूले किसानका बालीमा क्षति पुर्याउने बाँदर र बदेललाई धपाइ उनीहरूलाई पुनः प्राकृतिक बासस्थानमै फर्काउने जिम्मेवारी पाउने छन्। यसका लागि स्थायी बासिन्दा, बाँदर–बदेल धपाउने ज्ञान भएकाहरूलाई प्राथमिकता दिइने सूचना मार्फत जनाइएको छ।
सूचना :