काठमाडौं ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वनिर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध १५ करोड ८८ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरूयोजना अन्तर्गत गुणस्तरहीन स्टोरेज खरिद गरी झुटा कागजातमार्फत भुक्तानी लिएको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गरिएको छ।