Author: नेपाल राज्य

तनहुँ । समयभन्दा एक वर्षअगावै सडक कालोपत्र सम्पन्न भएको छ । तनहुँको व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका–४ घुम्ती जोड्ने नौ किलोमिटर सडक कालोपत्र गरिएको हो। कच्ची सडकलाई कालोपत्र गरी स्तरोन्नति गरिएको हो। यो सडकलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्ग बनाइने बताइएकाे छ। पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार सम्पन्न गर्ने समयभन्दा एक वर्षअगावै सडक कालोपत्र भएको छ। कार्यालयले ३६ करोड ६२ लाख ९१ हजार रुपैयाँ खर्चेर सडक स्तरोन्नतिको सम्झौता गरेको थियो। रानीटारीबाट घुम्तीसम्मको दूरी ९.२ किलोमिटर छ। त्यसमध्ये ७.३ किलोमिटर अल्स्फाट प्रविधिबाट कालोपत्र गरिएको छ भने १.९ किलोमिटर ढलान गरिएको छ। रासस

Read More

गौमुखी ,प्युठान । क्यानडाको सपना बोकेर घरबाट निस्किएका पदम केसी आज आफ्नै गाउँमा आत्मनिर्भरताको उदाहरण बनेका छन्। १२ वर्षअघि दलालको झुटा भरोसामा परेर लाखौँ रुपैयाँ गुमाएका गौमुखी गाउँपालिका–६ लिवाङका ३२ वर्षीय केसीले जीवनको अर्थ नै फेरिदिए। “सपना तुट्यो, तर सपना देख्न नसक्ने आत्मबल जाग्यो,” उनी सम्झन्छन्। धोका खाएपछि केसीले केही समय शिक्षण पेशा र सरकारी ठेक्काको काम गरे। तर मन त कृषि र पशुपालनमै अड्किइरह्यो। २०७३ सालमा जम्मा ८० हजार रुपैयाँ लगानीबाट सुरु गरिएको बाख्रापालन र नर्सरी व्यवसाय आज ५० लाख नाघिसकेको छ। उनले स्थापना गरेको ‘केसी बाख्रा तथा कृषि फर्म’ मा अहिले बोयर जातका ३५ बाख्रा छन्, जसमा १२…

Read More

अर्घाखाँची । मालारानी गाउँपालिका–५ स्थित श्री शान्ति माध्यमिक विद्यालय बाँगी आरुखोरमा शिक्षक सम्मान, छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शैक्षिक सत्र २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्नुका साथै विद्यालयमा स्थापना गरिएका विभिन्न अक्षयकोषको व्याज रकमबाट नगद तथा जिन्सी छात्रवृत्ति वितरण गरिएको हो। कार्यक्रममा माधव भुसाल, टिकाकर्ण स्मृति, मित्रलाल आचार्य, मेहरसिंह–रुक्मिणी, धनचित्र, मनिकला, चोपलाल आचार्य लगायतका अक्षयकोषहरूबाट वितरण गरिएको छात्रवृत्तिले विद्यार्थीहरूमा उत्साह थपेको विद्यालयले जनाएको छ। यसका साथै नेनाज फाउन्डेसनद्वारा समेत नगद छात्रवृत्ति प्रदान गरिएको थियो। कार्यक्रमको विशेष आकर्षणको रूपमा विद्यालयमा लामो समय सेवा पुर्‍याएका पूर्व शिक्षकहरू ध्रुव बहादुर खत्री, शोभाखर चुँदाली, बसन्त…

Read More

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–१० तल्लोपाकुमा सुक्खा पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ। शनिबार बिहान करिब ९ बजे घाँस काट्न र चिउरी टिप्न गएका ६६ वर्षीय गोबिन्द बुढामगर र ६७ वर्षीया श्रीमती श्यामकला बुढामगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। दुवै जना रोजा तुसारेपानीस्थित आफ्नो खर्यानतर्फ गएका थिए। घर फर्किन ढिला भएपछि परिवारले खोजीका लागि प्रहरीलाई जानकारी दिएको थियो। स्थानीयवासी र प्रहरीले खोजतलास गर्दा उनीहरू सुक्खा पहिरोमा पुरिएको अवस्थामा फेला परेका थिए। ढुंगा लागेर शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए। उनीहरूका तीन छोरी र दुई छोरा…

Read More

शोभाखर पन्थी,अर्घाखाँची । नेकपा एमालेका नेता पुनाराम भट्टराईको निधन भएको छ । ६५ बर्षीय भट्टराईको गएराती आफ्नै निवास भूनपा-१० धनचौरमा हटट्याकका कारण निधन भएको हो । नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी सदस्य रहनु भएका उहाँले जिल्लाको राजनीतिक ,सामाजिक र शैक्षिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो । भट्टराई सेवा निवृत्त शिक्षक हुनुहुन्छ । लक्ष्मी आधारभूत विद्यालयमा लामो समय प्रधानाध्यापक रहेर कामगर्नु भएका उहाँले पछिल्ला बर्षहरुमा जनजागृती माध्यमिक विद्यालय धनचौरमा अध्यापन गरी सेवा निवृत्त हुनुभएको थियो । दिवंगत भट्टराई नेपाल राष्ट्रिय शिक्षक संगठनको नेता हुनुहुन्थ्यो । बिभिन्न संघ संस्थामा आबद्ध रहनु भएका उहाँ जनताको लोकप्रीय नेता हुनुहुन्थ्यो । दिवंगत नेता भट्टराईलाई…

Read More

बुटवल। शशीला मोटर्सले बुटवलको तिलोत्तमा–३, ड्राइभर टोलमा निर्माण गरेको लुम्बिनीकै सबैभन्दा ठूलो विद्युतीय सवारी चार्जिङ स्टेशन मंगलबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। १००० केभीए क्षमताको उक्त स्टेशनमा एकैपटक १४ वटा सवारी साधन चार्ज गर्न सकिनेछ। तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले उद्घाटन गरेका सो पूर्वाधारलाई ‘हरित यातायाततर्फको महत्वपूर्ण पाइला’ भन्दै निजी क्षेत्रको पहलको खुलेर प्रशंसा गरे। शशीला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाका अनुसार इभीको प्रयोग बढ्दो क्रममा भए पनि चार्जिङ संरचनाको कमी महसुस भइरहेकाले यो केन्द्र निर्माण गरिएको हो। “यो केवल व्यवसाय होइन, वातावरणीय उत्तरदायित्व पनि हो,” खतिवडाले भने। इलेक्ट्रिक बस, कार, भ्यानलगायत सबै प्रकारका इभी चार्ज गर्न मिल्नेगरी बनाइएको यो…

Read More

कुवेत । नेपालका ताजा र गुणस्तरीय तरकारीहरू अब कुवेतको प्रमुख बहुराष्ट्रिय वजार लुलु हाइपरमार्केट मा पाइने भएका छन्। अल राईस्थित लुलु हाइपरमार्केटमा आयोजित एक विशेष कार्यक्रममार्फत नेपालबाट आयात गरिएका तरकारीहरूको सार्वजनिक प्रदर्शन गरिएको हो। उद्घाटन समारोहमा नेपालका महामहिम राजदूत घनश्याम लम्साल, श्रम सहचारी गिरी प्रसाद आचार्य, तृतीय सचिव रामपुनित यादव तथा लुलु हाइपरमार्केटका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो। नेपालबाट सिमी, लामो बोंडी, अकबरे खुर्सानी, इस्कुस, करेला, बाँसको तामा लगायतका मौलिक तथा ताजा तरकारीहरू ल्याइएको हो। यी सामग्रीहरू सामान इन्टरनेशनल प्राइभेट लिमिटेड मार्फत कुवेत पुर्‍याइएका हुन्। कार्यक्रममा बोल्दै सम्बद्ध पक्षले अर्गानिक अवोकाडो, स्याउ, लिची र नेपाली कफी समेत छिट्टै कुवेतको बजारमा…

Read More

काठमाडौं । अर्घाखाँचीका बहुप्रतिभाशाली गायक तथा सर्जक मोतिराज खनालको तीज विशेष गीत “छड्के कपाल किन कोरेको” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। नेपाली महिलाको महान पर्व तीज भावना, श्रद्धा, उत्सव र सामूहिकतासँग जोडिएको पर्व हो। कलाकारले तीज नजिकै गर्दा सामाजिक यथार्थ, नारी चेतना, प्रेम, वियोग, आशा र संघर्षका कथाहरू संगीतमार्फत प्रस्तुत गर्ने गर्छन् । यही सन्दर्भमा राजधानीको रिपोटर्स क्लब नेपालमा सोमबार आयोजित एक भव्य समारोहबीच उक्त गीत सार्वजनिक गरिएको हो । सन्सा फिल्म्सको आयोजनामा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष सुरज खनालको अध्यक्षता रहेको थियो भने नेकपा एमालेकी सांसद बिजुला रायमाझीको प्रमुख आतिथ्यता रहेको थियो । गायक खनालकै शब्द, संगीत तथा स्वरमा…

Read More

बुटवल । बुटवल उपमहानगरपालिकाले असार ३० गते आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरका प्रमुख खेलराज पाण्डेले सेवा प्रवाहमा सुधारका लागि उठेका सबै विषयलाई नगर कार्यपालिकामा छलफल गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रममा सडक मर्मत, ट्राफिक व्यवस्थापन, सरसफाइ, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगार जस्ता सेवाहरूमा सुधार आवश्यक रहेको स्पष्ट भएको छ। नगरप्रमुख पाण्डेले मोतिपुरमा औद्योगिक क्षेत्र र सिमलारमा कृषिजन्य सम्भावनाहरूलाई प्राथमिकतामा राख्ने योजना प्रस्तुत गरे। उनले सबै जात, भाषा, धर्म, लिङ र समुदायको हितलाई केन्द्रमा राखेर कार्य गर्दै आएको र अनुपस्थित सरोकारवालालाई मिडियामार्फत जवाफ दिने तयारी रहेको संकेत गरे। बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले सार्वजनिक सुनुवाइले पालिकाभित्रका कमजोरी…

Read More

बुटवल। बुटवलको कालिकानगरमा सोमबार बिहान स्कुटर दुर्घटनामा परि ५७ वर्षीय पूर्ण श्रेष्ठको मृत्यु भएको छ। मिर्गौला पीडित श्रेष्ठ डायालिसिसका लागि अस्पताल जाँदै गर्दा लु १९ प २६९७ नम्बरको स्कुटर अटोरिक्सा (ना २ ह ७५३) सँग ठोक्किएर दुर्घटना भएको हो। श्रेष्ठ पाल्पाको पूर्वखोला–४ स्थायी घर भई बुटवल–१० कालिकानगरस्थित दिदीको घरमा बस्दै आएका थिए। प्रहरीका अनुसार अटोरिक्सा मैनाबगरमा लुकाइएको अवस्थामा फेला परेको छ।

Read More