Author: नेपाल राज्य
शोभाखर पन्थी -अर्घाखाँची, साउन-०३ नेपाल मोबाइल व्यवसायी संघ अर्घाखाँचीको जिल्ला भेला नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । भेलाले शन्दिप मोवायल सेन्टर सन्धिखर्क-१ मेनरोडका प्रोपाइटर समाजसेवी संजय हिताङ्गको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । अध्यक्ष हिताङ्ग लामो समय देखि मोवायल पसल संचालन गर्दै आएका स्थापीत व्यक्ति हुन् । यसैगरी भेलाले वरिष्ठ उपाध्यक्षमा कमल पाण्डे,उपाध्यक्षमा सुदन आचार्य ,महासचिवमा शिव बन्जाडे,सचिव प्रकाश भट्टराई,कोषाध्यक्ष बिशाल के.सी.,सहकोषाध्यक्ष ऋषि बन्जाडे र बरिष्ठ सदस्यमा विजय कौसललाई चयन गरेको छ । सदस्यमा भरत कुवर,आकास खनाल,भविश्वर भुसाल,केशव सुनार,सचिन कार्की,ध्रुब पराजुली,रामु पौडेल,सरस्वता बन्जाडे , प्रकाश आचार्य रहनु भएको छ । यसैगरी भलाले ७ सदस्यीय सल्लाहकार…
अर्घाखाँची ,सन्धिखर्क । मदन भण्डारी फाउन्डेशन अर्घाखाँचीका अध्यक्ष तथा युवा नेता श्रीकृष्ण भुसालले एमाले पार्टीभित्र लोकतान्त्रिक पद्धतिको अभ्यासलाई थप शुद्ध बनाउनु पर्नेमा जोड दिएका छन्। सामाजिक संजालमा लेख्दै अध्यक्ष भुसालले जबजको सार र लोकतान्त्रिक मूल्यमा आधारित नेकपा (एमाले) ले देशलाई सही मार्गमा डोर्याएको उल्लेख गर्दै पार्टीभित्र कसैले पनि दास मानसिकता विकास गर्न नहुने स्पष्ट पारेका हुन् । उनले भने, “नेकपा एमालेमा कोही मालिक र कोही दास हुन सक्दैन। सबै कार्यकर्ताले स्वतन्त्र सोच राखेर, पद्धतिसंगत तरिकाले उन्नत लोकतन्त्रको अभ्यास गर्नुपर्छ।” पार्टीको सबै तहका अधिवेशन, कमिटी र बैठकमा आफ्ना विचार निर्भीक रुपमा राख्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले राजनीतिक परिपक्वता र संगठनात्मक अनुशासन…
अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले प्रशासनसँग बाँदर–बँदेल आतंकको समाधानको माग खोजेको छ । अर्घाखाँचीका खेतबारीमा अहिले किसानभन्दा बढी बाँदर र बँदेलको राज देखिन्छ। बाली लगाउने मेहनत किसानको, तर थन्क्याउने बेला वन्यजन्तु आएर सखाप पार्ने क्रम बढेपछि जनजीवन अस्तव्यस्त हुन थालेको छ। यसैबीच, नेपाली कांग्रेस अर्घाखाँची बाँदर र बँदेलको आतंक नियन्त्रण गर्न प्रशासनसँग कडा मागको लागि अपिल गरेको हो । जिल्ला सभापति केशव श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारीसँग भेट गर्दै तत्काल राहत र दीर्घकालीन समाधान खोज्न माग राखेको हो। “जनताको बाली जोगाउनु आजको अत्यावश्यकता हो,” सभापति श्रेष्ठले भने, “सरकार र सम्बन्धित निकाय चुप लागेर बस्न मिल्दैन, अब ठोस कदम…
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको दलगत सक्रियता गम्भीर विषय भएको बताएका छन्। सामाजिक संजालमा लेख्दै उनले भने, “यो अब पार्टीको मात्रै विषय नभई लोकतान्त्रिक गणतन्त्रको मर्यादा र राष्ट्रिय हितसँग जोडिएको मुद्दा बनेको छ।” संविधानले पूर्व राष्ट्रपतिको राजनीतिक संलग्नताबारे स्पष्ट नबताए पनि अन्तर्राष्ट्रिय अभ्यासअनुसार तटस्थ बस्नुपर्ने भट्टराईको धारणा छ। उनले भारतलगायत मुलुकमा अवकाशप्राप्त राष्ट्रपतिहरूले दलीय राजनीतिमा सक्रिय नहुने परम्पराको उदाहरण पनि प्रस्तुत गरे। भट्टराईले पूर्व राष्ट्रपतिको एमाले फर्किने भनाइ ‘जबज’ को आत्माविपरीत भएको समेत टिप्पणी गरे। राष्ट्रपतिको कुर्सीबाट पार्टीको मञ्चमा फर्कनु गणतन्त्रको अपमान भएको टिप्पणी गर्न खोजे । अन्त्यमा उनले भने, “हिजो गणतन्त्र…
काठमाडाैँ । नेकपा (एमाले) संशोधित विधानबारे पोलिट्ब्युरो बैठकमा एमालेको प्रस्तावित विधान सार्वजनिक भएको छ । यस्तो छ प्रस्तावित विधानः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिवादी) दोस्रो विधान महाधिवेशन (२०८२ भदौ २०-२२)का लागि विधान संशोधन प्रस्ताव नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) को विधान, २०४९ (प्रथम विधान महाधिवेशन, २०७८ र दशौ राष्ट्रिय महाधिवेशन, २०७८ बाट भएको संशोधन सहिताको धारा १५ को १. मा “केन्द्रीय कमिटीले दुई राष्ट्रिय महाधिवेशनको बीचमा विधान महाधिवेशन आयोजना गर्ने व्यवस्था गरिएको छ । सोही विधानको धारा- ८९ को २. मा “केन्द्रीय कमिटीले विधान महाधिवेशन सुरु हुनुभन्दा एक महिना अगावै मातहत कमिटी र सदस्यहरूसमक्ष विधान संशोधनसम्बन्धी प्रस्ताव छलफलका लागि पठाउनु…
काठमाडौँ । वैदेशिक रोजगारीका नाममा ठगी गर्ने कार्यमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्। झापा शिवसताक्षी नगरपालिका–८ स्थायी घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–७ बसोबास गर्दै आएका ४२ वर्षीय सन्तोष सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सुनुवारले बेरोजगार युवालाई आकर्षक तलबको प्रलोभन देखाउँदै कुवेत रोजगारीका लागि लैजाने नाममा प्रति व्यक्ति १ लाख ५३ हजार रुपैयाँ असुलेका थिए। तर, लामो समयसम्म विदेश नपठाई उनी सम्पर्कविहीन बनेपछि पीडितले उजुरी दिएका थिए। प्रहरीका अनुसार सुनुवारलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग पार्टी एकताको सबै ढोका बन्द भइसकेको बताएका छन्। शुक्रबार आयोजित एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीचको एकता घोषणासभामा बोल्दै अध्यक्ष नेपालले एमालेसँगको पुनर्मिलनको सम्भावना समाप्त भएको दोहोऱ्याए। उनले तीव्र शब्दमा भने, “एमालेभित्रको चरित्र हामीले देखिसकेका छौं। उनीहरूको उद्देश्य नै हाम्रो पार्टीलाई समाप्त पार्ने हो भन्ने कुरा उनीहरूकै बोली र व्यवहारबाट स्पष्ट छ। त्यसैले अब भ्रममा नपर्नुहोस्।” अध्यक्ष नेपालले कसैले व्यक्तिगत रूपमा आशा राखेको भए त्यो उनको व्यक्तिगत कुरा भएको तर संस्थागत रूपमा एमालेसँग कुनै पनि सहकार्य सम्भव नभएको प्रस्ट पारे। “उनीहरूले कुन–कुन विधि अपनाउने, कहाँ–कहाँ प्रहार गर्ने भन्ने योजना…
डडेलधुरा । डडेलधुराको गन्यापधुरा गाउँपालिका–३ डिलमा पत्नीको हत्या अभियोगमा एक पुरुष पक्राउ परेका छन्। प्रहरीले ५४ वर्षीय करन भुललाई शुक्रबार बिहान नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार करनले बिहीबार राति हँसिया प्रयोग गरी आफ्नी ४० वर्षीया श्रीमती खिमा देवी भुलको हत्या गरेका थिए। घटनापछि फरार रहेका भुललाई सूचना प्राप्त भएपछि प्रहरी टोली खटाई पक्राउ गरिएको जनाइएको छ। अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
“भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार” द्वारा पूर्वमन्त्री प्राध्यापक मानबहादुर विश्वकर्मा पुरस्कृत
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, २०८१’ बाट पूर्वमन्त्री प्राध्यापक मानबहादुर विश्वकर्मालाई पुरस्कृत गरेको छ । बुधबार एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले प्राध्यापक विश्वकर्मालाई पुरस्कार प्रदान गर्नुभयो । दलित समुदायमा शैक्षिक एवम् राजनीतिक जागरण ल्याउनुका साथै अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेवापत प्राध्यापक विश्वकर्मालाई सरकारले एक लाख नगद र ताम्रापत्रसहित उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो । राणाशासनमा नै दलित जागरणको आन्दोलनमा होमिएका दलित मुक्ति आन्दोलनका संस्थापक नेता भगत सर्वजित विश्वकर्माको सम्मानमा सरकारले २०७२ सालमा उक्त पुरस्कार स्थापना गरी राजनीतिक, सामाजिक, शैक्षिक र सांस्कृतिक क्षेत्र, दलित मुक्ति आन्दोलनको…
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१०, अर्घामा निर्माणाधीन अवस्थामा रहेको अर्घा भगवती विमानस्थल हाल पूर्ण रूपमा अलपत्र परेको छ । एक समय जिल्लावासीको गर्व र सम्भावनाको केन्द्र बनेको उक्त विमानस्थल अहिले झारपातले ढाकिएको, संरचना अधुरो र विकासको गति ठप्प भएको अवस्थामा पुगेको छ । पूर्वउपप्रधानमन्त्री तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीको विशेष पहलमा सुरु गरिएको विमानस्थलको काम लामो समयदेखि अगाडि बढ्न सकेको छैन । हाल नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा रायमाझी न्यायिक हिरासतमा रहेका छन् । उक्त प्रकरणमा संलग्न अरूले सफाइ पाए पनि नेता रायमाझी अझै जेलमै छन् । उनी जेलमै रहँदा, अर्घाखाँचीबाट देश–विदेश गएका युवाहरूको ‘अब जहाज गाउँमै…
