शोभाखर पन्थी -अर्घाखाँची, साउन-०३
नेपाल मोबाइल व्यवसायी संघ अर्घाखाँचीको जिल्ला भेला नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
भेलाले शन्दिप मोवायल सेन्टर सन्धिखर्क-१ मेनरोडका प्रोपाइटर समाजसेवी संजय हिताङ्गको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । अध्यक्ष हिताङ्ग लामो समय देखि मोवायल पसल संचालन गर्दै आएका स्थापीत व्यक्ति हुन् ।

यसैगरी भेलाले वरिष्ठ उपाध्यक्षमा कमल पाण्डे,उपाध्यक्षमा सुदन आचार्य ,महासचिवमा शिव बन्जाडे,सचिव प्रकाश भट्टराई,कोषाध्यक्ष बिशाल के.सी.,सहकोषाध्यक्ष ऋषि बन्जाडे र बरिष्ठ सदस्यमा विजय कौसललाई चयन गरेको छ । सदस्यमा भरत कुवर,आकास खनाल,भविश्वर भुसाल,केशव सुनार,सचिन कार्की,ध्रुब पराजुली,रामु पौडेल,सरस्वता बन्जाडे , प्रकाश आचार्य रहनु भएको छ ।

यसैगरी भलाले ७ सदस्यीय सल्लाहकार समिति निर्माण गरेको छ ।
सल्लाहकारमा विष्णु ज्ञवाली,डि.एन.भण्डारी,राजेन्द्र नेपाली ,नारायण बस्नेत ,खड्कबहादुर क्षेत्री,रुद्र पराजुली र मधु श्रेष्ठ हुनुहुन्छ ।
भेलाको उद्घाटन गर्दै नेपाल मुवायल व्यवसायी संघका केन्द्रीय सदस्य विष्णु ज्ञवालीले पेसागत मर्दा र सुरक्षाको निम्ति मोवायल व्यवसायीहरु एकजुट भएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले एकतामा बलहुने भन्दै एकताबद्ध र संगठित भएर सिर्जनशिल र रचनात्मक काममा लाग्न नव गठित समितिलाई आग्रह गर्नुभयो ।
मोबाइल व्यवसायी खड्ग बहादुर के.सी.को अध्यक्षता र संजय हिताङ्गको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल मोवायल व्यवसायी संघ लुम्विनी प्रदेश समितिका बरिष्ठ उपाध्यक्ष वि.एन.भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । भेलामा जिल्ला भित्रका अधिकाम्स मोवायल व्यवसायीको उपस्थिति रहेको थियो ।

