Author: नेपाल राज्य
बुटवल । कपिलवस्तुको महाराजगंज नगरपालिकाको बर्गदा घटना सम्बन्धमा प्रहरीले शनिबार रातिसम्म नौ जनालाई नियन्त्रणमा लिएको छ । दुई समुदायबिच भएको घटनाले उग्र रूप लिएपछि प्रदर्शनकारीले ठाउँ–ठाउँमा विरोध प्रदर्शन गरेका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले नौ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी उपरीक्षक सन्तोष आचार्यले घटनामा कुल २३ जना घाइते भएको बताएका छन् । नेपाल प्रहरीतर्फ प्रहरी निरीक्षकसहित ११ जना तथा सशस्त्र प्रहरीका छ जना घाइते भएका छन् । प्रदर्शनकारीतर्फ ६ जना घाइते भएका छन् । त्यसमध्ये चार जनालाई गोली लागेको छ । चार जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ भने एक जनाको भरतपुरमा उपचार भइरहेको छ । एक…
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय अर्घाखाँचीचीको सूचना – आफनो ठाउमा भएका खानेपानीका मुहानलाई संरक्षण गरौं – मुहान वरिपरी बोट विरुवा रोपौं र हरियाली बनऔं – स्वच्छ पानी पिउ, स्वास्थ्य जीवन जिऔं – मुहान माथि र तल खन्ने भत्काउने काम नगरौं – पानीजन्य रोगबाट बचौं र अरुलाई पनि बचाऔं – खानेपानीको योजना सम्पन्न गर्न उपभोक्ताहरु सबै एकजुट भएर लागौं
बुटवल । पाल्पाको माथागढी गाउँपालिका–७ स्थित झडेवा–रहवास भित्री कच्ची सडक खण्डमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार शनिबार साँझ करिब ६ बजेतिर झडेवाबाट रहवास चूनढुङ्गा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित ४ जना पुरुष घाइते भएको पाल्पामा डिएसपी होम बहादुर चौधरीले बताए । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकोमा उपचारका क्रममा ३ जनालाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृत्यु…
गुल्मी । जिल्लाको मालिका गाउँपालिका–२ दर्लिङमा शुक्रबार दिउँसो परेको चट्याङले तीन जना घाइते भएका छन् । चट्याङ लागेर स्थानीय ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया निरु खड्का र २९ वर्षीय विष्णु खड्का घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूलाई तत्काल उपचारका लागि गुल्मी अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले जानकारी दिएका छन्। यसैबीच सोही घटनामा ३ वटा बाख्रासमेत मरेका हुन् ।
काठमाडौं । म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुनले शपथको टुंगो नभएको भन्दै आफू पुनः पुस्तक बेच्न निस्किएको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै पुनले शपथको टुंगो नभएको भन्दै पोखरा महानगरका मेयर धनराज आचार्यलाई कटाक्ष गरेर गाह्रो पिरो नमान्नु भन्दै आफु किताब बेच्न निस्किएको बताएका हुन् । उनले भनेका छन्- -शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन । त्यसैले आज बिहान १० बजेदेखि नदीपुरको बालमन्दिरदेखि ५० मिटर पश्चिमतिर रहेको सिंगापुर क्याफेको छेउमा मेरो आत्मकथाको किताब बेच्ने छु। चुनाव सकिएपछि म्याग्दीको छ वटा पालिकामा गएर जनप्रतिनिधि र गाउँलेहरूसँग विकास र बजेट सम्बन्धी पहिलो चरणको छलफल सकियो। अनि के गरेर बस्ने त…
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित पराजय भोगेपछि नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको पुष्टि भएको छ। निकट स्रोतका अनुसार केही दिनअघि नै थापाले राजीनामा बुझाएका थिए, तर यसको औपचारिक टुंगो भने अब बस्ने केन्द्रीय कार्यसमिति बैठकले लगाउनेछ। पार्टीभित्र उनको निर्णयलाई लिएर तीव्र चासो र बहस सुरु भएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बनेका थापा पराजित भएपछि पार्टीभित्रैबाट नैतिक जिम्मेवारी वहन गर्न दबाब बढ्दै गएको थियो। पराजयलगत्तै उनले उपसभापति शर्मासँग भेट गर्दै राजीनामा दिने संकेत गरेका थिए। यसअघि काठमाडौं–४ बाट लगातार जित निकाल्दै आएका थापा यसपटक…
कमला घिमिरे,पाणिनी-अर्घाखाँची । नागरिक टेलिभिजनको पहिलो वार्षिकोत्सव कार्यक्रम पाणिनी गाउँपालिकामा भव्य तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता संगिता पोख्रेलले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्योपानेको उपस्थिति रहेको थियो। त्यसैगरी, विशिष्ट अतिथिका रूपमा उपाध्यक्ष नर्मदा पौडेल गौतम सहभागी हुनुभएको थियो। कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत सुवर्ण खनाल, प्रतिनिधिहरू अच्युत गौतम, लक्ष्मी गौतम लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै, पत्रकारहरू, विभिन्न वडाका अध्यक्षहरू तथा विज्ञापनदाताहरूको उपस्थितिले कार्यक्रमलाई अझ विशेष बनाएको थियो। कार्यक्रमको सञ्चालन भिम बिकले गर्नुभएको थियो भने स्वागत मन्तव्य कमला घिमिरेले व्यक्त गर्नुभएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले नागरिक टेलिभिजनले छोटो समयमै समाजमा…
काठमाडौँ। वाणिज्य आपूर्ति तथा तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यास सिलिन्डर लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने श्रीराम ग्यास उद्योगको डिपोलाई ३ लाख रुपैयाँ जरिवना तिराएको छ। विभागको नेतृत्वमा गएको अनुगमन टोलीले भरिएका ६ हजार ३७७ सिलिन्डर स्टोर गरी राखिएको पाइएपछि जरिवाना तिराएको हो। उपभोक्तालाई मर्का पर्ने गरी ग्यासको कृत्रिम अभाव सिर्जना गरेको आरोपमा ललितपुर २८ स्थित हरिसिद्धिमा रहेको उक्त डिपोलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ बमोजिम ‘अनुचित व्यापारिक क्रियाकलाप’ गरेको कसुरमा उद्योगलाई सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम जरिवाना तिराइएको हो। मध्यपूर्वी देशहरूमा भइरहेको युद्धका कारण नेपालमा ग्यासको आपूर्ति नियमित भइरहे पनि मनोवैज्ञानिक त्रासका कारण…
अख्तियारद्वारा राजस्व अनुसन्धान विभागका पूर्व महानिर्देशक झलकराम अधिकारीविरुद्ध ७० लाख घूस र सम्पत्ति शुद्धिकरण मुद्दा दायर
काठमाडौँ, १ चैत- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध घूस लिई सम्पत्ति शुद्धिकरण गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार विभागमा राजस्व चुहावटसम्बन्धी छानबिनमा संलग्न रहँदा अधिकारीले एक व्यवसायीबाट ठूलो रकम घूस लिएको र उक्त रकम विभिन्न माध्यम प्रयोग गरी शुद्धिकरण गरेको निष्कर्षसहित मुद्दा दायर गरिएको हो । अधिकारीले राजस्व अनुसन्धान विभागमा दर्ता रहेको राजस्व चुहावटसम्बन्धी छानबिन तथा अन्य सम्भावित कसुरबाट बचाउन सहजीकरण गरिदिने नाममा एच के इन्टरप्राइजेज प्रालिका सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट घूस लिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ । अधिकारीले रु ७० लाख घूस÷रिसवत लिएको…
अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आइतबार बेलुका ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्। सन्धिखर्कबाट गुल्मी जाँदै गरेको लु ५ त १५० नम्बरको ट्याक्टर पाणिनि गाउँपालिका–८ पालीको कोलडाँडास्थित घुम्ती–पाल्पा सडकखण्डमा दुर्घटनामा परेको हो। बेलुका करिब ७ बजेतिर ट्याक्टर अनियन्त्रित भई सडकबाट तल झरेर दुर्गाफाँट–खज्र्याङ सडकतर्फ खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्याक्टर चालक कपिलवस्तुको ओदारी निवासी पञ्चराम चौधरी गम्भीर घाइते भएका छन्। उनको अवस्था गम्भीर रहेको र थप उपचारका लागि बुटवल पठाइएको पाली प्रहरी चौकीले जनाएको छ। प्रहरीका अनुसार ट्याक्टर करिब ५ सय मिटर तल खसेको थियो। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।
