Author: नेपाल राज्य

अर्घाखाँची । सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाइ नगर आयोजना उपभोक्ता मूल संस्थाका कार्यालय प्रमुख कृष्ण प्रसाद आचार्यले सामाजिक सञ्जालमा फैलिएका गलत क्रियाकलाप प्रति आफ्नो चिन्ता व्यक्त गरेका छन् । खानेपानी अस्वच्छ छ भन्ने भिडियो र टिप्पणीहरू सार्वजनिक भएपछि संस्थाले यसलाई दुर्भाग्यपूर्ण भन्दै ध्यानाकर्षण गराएको हो। आचार्यका अनुसार साधारणसभा तथा अधिवेशन नजिकिँदै गर्दा एकतर्फी र अपूरा सूचनाले भ्रम फैलाएको छ। यदि कसैले प्रश्न उठाउँछ भने पानी शुद्धिकरणको प्रक्रिया, प्रयोग हुने औषधि, फिल्टर प्रणाली, र उपभोक्तासम्म पुग्ने पानीको गुणस्तरबारे सम्पूर्ण तथ्य उपलब्ध छ। यी विषय नउठाई गलत सूचनामार्फत जनतामा भ्रम फैलाउने काम ठिक नभएको बताए । संस्थाले शुद्धिकरणका सबै चरण अनुसार…

Read More

काठमाडौं । नेकपा (एमाले)ले नेपालका सबै जिल्लामा आज सडकमै उत्रिने कार्यक्रम छ । प्रत्येक जिल्लाको सदरमुकाम वा प्रमुख सहरमा जनसभा आयोजना हुने कार्यक्रममा केन्द्रीय नेताहरू सहभागी हुने छन्। पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई प्रदेश–जिल्ला अनुसार जिम्मेवारी बाँडेर पठाइएको एमाले प्रचार विभागले जनाएको छ। पार्टी महासचिव शंकर पोखरेल नेपालगञ्ज, उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी, र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङमा हुने सभामा बोल्ने तय छ। यसैगरी, सचिव छविलाल विश्वकर्मा रुपन्देहीतिर, र सचिव पद्मा अर्याल झापाको बिर्तामोडतिर लागेका छन्। आजका प्रदर्शनमा एमालेले तीन विषयलाई मुख्य एजेन्डा बनाएको छ। पहिलो, विघटित संसद पुनःस्थापना गर्नुपर्ने। दोस्रो, जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ मा भएका घटनाको निष्पक्ष…

Read More

अर्घाखाँची – नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले जेन्जी अभियानको नाममा भइरहेको गतिविधि मूल जेन्जीको भावना नभएको बताएका छन्। नेकपा एमाले सन्धिखर्क नगर कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले शान्तिपूर्ण रूपमा सुरु भएको जेन्जीको आवाजलाई अराजक समूहले विकृत बनाइदिएको आरोप लगाए। एमाले वा अन्य कुनै पनि राजनैतिक पार्टीप्रति घृणा फैलाउने अभियानले वास्तविक जेन्जीको मुद्दा कमजोर पार्ने काम गरेको छ। “आन्दोलनको नाममा पार्टी कार्यालय जलाउने, मुख्य मन्त्रीको निवासमा आगजनी गर्नेहरू असली जेन्जी होइनन्। यो योजनाबद्ध रूपमा गरिएको अराजक गतिविधि हो।”उनले भने यसैबीच प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि एमालेका केन्द्रिय उपमहासचिव प्रदीपकुमार ज्ञवालीले पार्टीको वर्तमान परिस्थिति, संगठन विस्तार, आर्थिक पारदर्शिता र आगामी…

Read More

अर्घाखाँची। रास्वपा अर्घाखाँचीका सभापति हरि प्रसाद भुसालले सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता मूल संस्थाको आसन्न अधिवेशनलाई लक्षित गर्दै सक्षम र जिम्मेवार नेतृत्व चयन गर्न आह्वान गरेका छन्। सभापति भुसालले सामाजिक संजालमार्फत भनेका छन् कि उपभोक्ताको समस्यामा जुध्न सक्ने, संस्थाको गरिमा बढाउन सक्ने र निर्णायक क्षमताको आधारमा नेतृत्व छान्नुपर्ने बेला आइपुगेको छ। उनले लेखे अनुसार विगतका वर्षमा राजनीतिक भागबण्डाले संस्थाको काम प्रभावित भएको थियो। कोठाभित्रै दलगत सहमतिमा पद बाँडफाँड गर्ने प्रवृत्ति अब रोकिनैपर्ने भन्दै उनले योग्य र सक्षम व्यक्तिलाई प्राथमिकता दिन सुझाव दिए। उनले दल निकट व्यक्ति र दल छाडेका व्यक्तिबीच विभाजन गर्ने सोच नै गलत भएको उल्लेख गर्दै…

Read More

काठमाडौं । रास्वपा बाट विद्रोह गरेकी नेतृ सुमना श्रेष्ठले सामाजिक सञ्जालमा प्रकाशित कवितामा समर्थक र आलोचक दुबै खालका प्रतिक्रियामध्ये अर्घाखाँचीका रास्वपा सभापति हरि प्रसाद भुसालको टिप्पणी विशेष ध्यान खिच्ने खालको बनेको छ। सुमना श्रेष्ठले आफ्ना राजनीतिक प्रतिवद्धता र आलोचकहरूलाई कविता मार्फत तीव्र जवाफ दिएकी हुन् । उनले ‘म अवसरवादी हुँ’ शीर्षकको कवितामा जनताको पीडामा मलम लगाउने, सुशासनको खोजी गर्ने र देशलाई पुनः उठाउने अभियानलाई नै अवसरवादको अर्थमा व्याख्या गरेकी छन्। श्रेष्ठले लेखेकी छन् “यदि सेवा गर्नु अपराध हो भने म त्यो अपराध स्वीकार्छु। यदि परिवर्तनमा विश्वास राख्नु पागलपन हो भने म पागलपन स्वीकार्छु।” उनको यो भावनात्मक कवितालाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको…

Read More

अर्घाखाँची । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति, अर्घाखाँचीले शिक्षक अधिकारमाथि अंकुश लगाउने सरकारको प्रयासको कडा विरोध गर्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ। संस्थाकी जिल्ला अध्यक्ष सीता बन्जाडेले शिक्षा मन्त्रीद्वारा मिति २०८२ कार्तिक २३ गते जारी ध्यानाकर्षण पत्रबारे गम्भीर आपत्ति जनाउँदै संगठनको धारणा सार्वजनिक गरेकी हुन्। देशभरका शिक्षकहरूलाई “एकजुट होऔं” भन्ने मूल नाराका साथ नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष सीता बन्जाडेले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा भनिएको छ “नेपाल शिक्षक महासंघ, त्यसका आवद्ध संगठनहरू तथा विश्वविद्यालयका प्राध्यापक र कर्मचारी संगठनहरूलाई पेशागत कर्तव्य र नैतिक दायित्व विपरीत राजनीतिक गतिविधिमा संलग्न भएको भन्ने आरोप पूर्ण रूपमा आधारहीन र शिक्षक संगठनको स्वतन्त्रतामाथि अंकुश…

Read More

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका–३ कावटनेटा टोलकी २७ महिनाकी नानी नविना नेपाली अहिले जीवन र मृत्युको भीषण द्वन्द्वमा छिन्। बुबा नबिन नेपाली र आमा सिम्रन नेपालीको काखमा खेल्नुपर्ने उमेरमा उनी अस्पतालको ओछ्यानमा शल्यक्रियाको पीडासँग जुधिरहेकी हुन् । नविनालाई क्यान्सर जस्तो घातक रोगले आक्रान्त बनाएको छ। चिकित्सकका अनुसार उनको उपचारमा करिब १५ लाख रुपैयाँ लाग्नेछ। परिवारको आर्थिक अवस्था कम्जोर हुँदा परिवारसँग त्यो रकम जुटाउने कुनै माध्यम छैन। आर्थिक संकटले झनै गहिरो घाउ बनाइरहेको बेला स्थानीय पत्रकार लिलामणी पोख्रेलले साथ दिदै नविना बचाउ अभियान सुरु गरेका छन्। उनले सबैलाई सहयोगको लागि आग्रह गरेका छन् । आज नविनालाई केवल औषधि होइन तपाई हाम्रो…

Read More

अर्घाखाँची — मदन भण्डारी फाउन्डेशन अर्घाखाँचीका अध्यक्ष तथा एमाले नेता श्रीकृष्ण भुसालले सामाजिक सञ्जालमार्फत नेपालको वर्तमान राजनीतिक अवस्था र दलभित्र सुधारको आवश्यकता सम्बन्धी विचार व्यक्त गरेका छन्। उनले लेखेका छन् “सक्किनुको एक मात्र विकल्प सच्चिनु हो।” भुसालका अनुसार नेपाली कांग्रेस, एमाले, नेकपा, रास्वापा र राप्रपा लगायतका प्रमुख दलहरूका संस्थापन पक्षहरू सुधार र पुनर्गठनको आवश्यकता महसुस गर्न तयार छैनन्। नयाँ राजनीतिक शक्ति वा स्वतन्त्र समूहलाई पनि सहज रूपमा स्वीकार्न पुराना दलहरू हिचकिचाउँछन् भने नयाँ शक्तिहरूले पनि पुराना दलभित्र सुधारको सम्भावनालाई अस्वीकार गरेको बताए । उनले अहिले देशमा परस्पर निषेध गर्ने प्रवृत्ति हावी भएको बताउँदै भनेका छन् “नेपालको वास्तविक आवश्यकता भनेको अस्तित्वमा…

Read More

काठमाडौं । शिक्षक र कर्मचारीले अब राजनीतिक संगठनमा सक्रियता देखाए बर्खास्त हुन सक्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आइतबार जारी गरेको विज्ञप्तिमा मन्त्रालयले कुनै पनि राजनीतिक दलका भ्रातृ संगठन वा शुभेच्छुक संस्थामा संलग्न शिक्षक, प्राध्यापक र कर्मचारीका समूहलाई अबदेखि मान्यता नदिने जनाएको छ। मन्त्री पुनले स्पष्ट रूपमा सूचना मार्फत चेतावनी दिदै भनेका छन् । सरकारी सेवामा कार्यरत व्यक्तिले पेसागत हकहितका मुद्दाबाहेक अन्य राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने कानुनी व्यवस्था रहेको छ। यस्तो गतिविधिमा संलग्न भएको पुष्टि भए बर्खास्तगीसहितको कारबाही हुने उनले बताएका छन्। मन्त्रालयले पछिल्ला दिनमा शिक्षासँग सम्बन्धित विभिन्न राजनीतिक समूह र संगठनको सक्रियता बढ्दै गएको…

Read More

काठमाडौं । नेकपा (एमाले)की सांसद बिजुला रायमाझीले नेपालको अस्थिरता र संकटमा विदेशी शक्तिको हात रहेको बताउँदै विदेशीको इसारामा देश नबन्ने बताएकी छन्। सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले राष्ट्रियता, संविधान र गणतन्त्रको संरक्षणका लागि सबै नेपाली युवा एकजुट हुनुपर्नेमा जोड दिएकी छन्। रायमाझीले लेखेकी छन् “विदेशीको इसारामा देश बन्दैन,नेपाल यस्तो देश हो जुन सानो भूगोलमा सीमित भए पनि प्राकृतिक सौन्दर्यले विश्वको ध्यान तान्न सक्ने अनुपम राष्ट्र हो। तर, विस्तारवादी तत्वहरूले यतिबेला देशलाई अस्थिर पार्ने योजना बनाइरहेका छन्।” उनले भाद्र २३ गते २/३ बजेपछि देशमा देखिएको विध्वंसलाई “मातृभूमिप्रति माया गर्ने युवाहरूको योजना होइन” भन्दै त्यसको पछाडि स्वार्थी र विदेशी प्रवृत्ति लुकेको…

Read More