अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आइतबार बेलुका ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।
सन्धिखर्कबाट गुल्मी जाँदै गरेको लु ५ त १५० नम्बरको ट्याक्टर पाणिनि गाउँपालिका–८ पालीको कोलडाँडास्थित घुम्ती–पाल्पा सडकखण्डमा दुर्घटनामा परेको हो।
बेलुका करिब ७ बजेतिर ट्याक्टर अनियन्त्रित भई सडकबाट तल झरेर दुर्गाफाँट–खज्र्याङ सडकतर्फ खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्याक्टर चालक कपिलवस्तुको ओदारी निवासी पञ्चराम चौधरी गम्भीर घाइते भएका छन्।
उनको अवस्था गम्भीर रहेको र थप उपचारका लागि बुटवल पठाइएको पाली प्रहरी चौकीले जनाएको छ।
प्रहरीका अनुसार ट्याक्टर करिब ५ सय मिटर तल खसेको थियो। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।

