अर्जुन खनाल
अर्घाखाँची– मालारानी गाउँपालिका वडा नम्बर ६ को लोहोरी लेकलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने नेकपा (एमाले) केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा अर्घाखाँची प्रदेशसभा (ख) का उम्मेदवार चेतनारायण आचार्यले मतदातासँगको भेटघाटमा आश्वासन दिएका छन् ।
ठूलो चौर सहितको लोहोरी गर्न, घुम्न लायक छ । यहाँमा हिमाल देखिन्छ । टाढाटाढाबाट यहाँ घुम्न छिटफुट आन्तरिक पर्यटक आउँछन् । त्यसलाई पर्यटकीय संरचना बनाएर आफुले विकास गर्ने आचार्यले बताए ।
आज लोहोरी पुगेर मतदातासँग भेटघाट गर्दै आचार्यले रातामाटा–लोहोरी–सलिनधार सडक निर्माण गर्ने, जनता आवास कार्यक्रम फेरी लागु गरेर दुःखी गरिबको घर बनाउने, लोहोरीमा बन्न लागेको विद्युत सवस्टेशन निर्माण गरी जनतालाई सुविधा दिने, दस हजार खानेपानी निशुल्क उपलब्ध गराउने उनले बताए । यस क्षेत्रमा कृषि, पर्यटन, पूर्वाधार विकास, सहज स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, व्यवस्थित सडक लगायतका काम गर्ने आचार्यको भनाई छ ।