गुल्मी । जिल्लाको मालिका गाउँपालिका–२ दर्लिङमा शुक्रबार दिउँसो परेको चट्याङले तीन जना घाइते भएका छन् ।
चट्याङ लागेर स्थानीय ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया निरु खड्का र २९ वर्षीय विष्णु खड्का घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
घाइतेहरूलाई तत्काल उपचारका लागि गुल्मी अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले जानकारी दिएका छन्। यसैबीच सोही घटनामा ३ वटा बाख्रासमेत मरेका हुन् ।

