हरि कुँवर, अर्घाखाँची ।
राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीका नेता मानबहादुर थापा (विवस थापा) माथी सनिवार साँघातिक आक्रमण गरिएको छ ।
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं. ७ निवासी थापा राष्ट्रिय स्वतन्त्र पार्टी सन्धिखर्कमा हुदै गरेको बैठकमा सहभागी बन्न आउने क्रममा बिहान ११ बजे केही व्यक्तिले साँघातिक आक्रमण गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक हरि प्रसाद भुसालले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका हुन।
पार्टीले घटनाको छानबिन गरि दोषीहरुलाई तत्काल कारबाहीको माग गरेको छ ।