Author: नेपाल राज्य

काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित थ्रिस्टार किडजोन स्कुलको कम्पाउन्डभित्र रहेको घरमा दुईजना मृत अवस्थामा फेला परेका छन्। भारत चण्डिगढका ५४ वर्षीय परमनारायण गिल र धादिङ गल्छी गाउँपालिका–६ की २८ वर्षीया अन्जना तामाङ मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका हुन् । अन्जनाको टाउकोमा चोट रहेको छ। घटना रहस्यमय देखिएकाले प्रहरीले थप अनुसन्धान थालेको छ।

Read More

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजन भएको छ । आइतबार लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्दै सरकारले कृषि, उद्योग, पर्यटन र पूर्वाधार निर्माणमा बजेटलाई प्राथमिकतामा राखेको जनाएका छन् । बजेट वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात् ८ दशमलव…

Read More

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–१, हल लाइन स्थायी ठेगाना भई हाल अमेरिकामा बसोबास यमलाल भुसालले आफ्नो जन्मदिनलाई सामाजिक र धार्मिक चेतनाको माध्यम बनाउँदै एक उदाहरणीय कार्य गरेका छन् । उनले ‘ॐ श्रीकृष्ण गौशाला नरपानी’मा आश्रित गाईगोरुहरूको दाना र भेलिको लागि रु २० हजार आर्थिक सहयोग राष्ट्रिय वाणिज्य बैंकको खातामार्फत गौशालालाई प्रदान गरेका हुन् । उहाँको सहयोगले दैनिक दाना र उपचारमा ठूलो राहत मिल्नेछ। भुसालको यो पुण्य योगदानले समाजमा गौसेवाप्रतिको आस्था अझ सुदृढ बनाउने विश्वास गौशाला व्यवस्थापनले बताएको छ। भन्ने गरिन्छ नि “मनदेखी गरिने सहयोग सानो होस् या ठुलो, जब दिलदेखि गरिन्छ, त्यो अमूल्य हुन्छ।” यसरी जन्मदिनलाई रमाइलो भन्दा पनि पुण्य कार्यमा…

Read More

अर्घाखाँची। छत्रदेव गाउँपालिका-३ शिख्र गाउँमा राति विस्तारमा सुतिरहेका श्रीमानलाई धारिलाे हतियारले टाउकोमा पछाडिबाट प्रहार गरेर श्रीमतीले हत्या गरेकी छिन । ३८ बर्षीय रामु कुमाललाई उनका पत्नि २७ बर्षीय मेखमाया कुमालले मध्यराति साढे १२ बजेतिर हत्या गरेकाे प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए । रामुलाई सुतिरहेको बेला मेखमायाले टाउकोमा पछाडिबाट दाउले हानेर हत्या गरेकी हुन । बेलुका पतिपत्नीबीच घरायसी कुरामा सामान्य विवाद भएर झगडा भएको थियो । पतिको हत्या गर्ने मेखमायालाई आइतबार विहान घरबाटै पक्राउ गरेको छ । घटनाको भएको छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

Read More

अर्घाखाँची । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिका शिखर व्यक्तित्व, नवीन विचारक तथा उन्नत राजनीतिक संस्कृतिका प्रवर्तक जननेता मदन कुमार भण्डारीको विचार र योगदानलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मदन भण्डारी फाउन्डेसन अर्घाखाँचीको जिल्ला समिति गठन गरिएको छ। सनिवार सम्पन्न भेलाले श्रीकृष्ण भुसालको संयोजकत्वमा नयाँ जिल्ला समिति चयन गरिएको हो। समितिको उद्देश्य मदन भण्डारीको कार्य, विचार र अनुभवलाई भावी पुस्तामा हस्तान्तरण गर्दै नेपाली समाजको आमूल परिवर्तनमा योगदान पुर्‍याउने विभिन्न कार्यक्रम सञ्चालन गर्नु रहेको छ। नयाँ समितिको सदस्यहरू:सदस्यमा विष्णु प्रसाद मिश्र (मालारानी), जानका खनाल (मालारानी), खिमानन्द खनाल (मालारानी),दुर्गा अधिकारी (पाणिनी),शोभाखर पाण्डे (छत्रदेव), रुपा प्रधान (छत्रदेव),राजेन्द्र जिसी (सन्धिखर्क), मोति भट्टराई (भूमिकास्थान),ऋषि घिमिरे (शितगंगा), कमल…

Read More

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ७ झन्द्रेकमा जन्मिएका सर्जक विष्णु परियारद्वारा रचना गरिएको अत्यन्तै मार्मिक लोकदोहोरी गीत “मैले के गरु” सार्वजनिक भएको छ। गीत रानी म्युजिक सोलुसन युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएको छोटो समयमै गीतले दर्शक तथा श्रोताको मन जित्न सफल भएको सर्जक परियारले बताएका छन्। लोक दोहोरी क्षेत्रका ख्यातिप्राप्त गायक-गायिका कुसल बेल्वासे र सन्ध्या बुढाको सशक्त स्वरले सजिएको यस गीतमा बिष्णु परियार स्वयं, जीवन खड्का (मालारानी गाउँपालिका) र सरिका के.सी. को अभिनय रहेको छ। गीतले प्रेम, पीडा र सामाजिक यथार्थलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ, जसले गर्दा दर्शकहरु गीतप्रति भावुक हुँदै प्रतिक्रिया जनाइरहेका छन्।…

Read More

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँची छत्रदेव गाउँपालिकाको प्रथम पालिका भेला सनिवार सम्पन्न भएको छ । भव्य र ऐतिहासिक रूपमा सम्पन्न भेलाले शंकरप्रसाद भुसाल लाई सभापति चयन गरेको हो । जसको नयाँ कार्यसमितिमा उपसभापति  दिनानाथ पौडेल, सचिव उमेश पाण्डे,कोषाध्यक्ष विष्णु सुनार,सहसचिव: (पदपुर्ति पछि गरिने भनिएको छ । ) सदस्यहरू: महेन्द्र सेन, भरत कुमार पोखरेल, आनन थापा, तारा पौडेल, र जेमग्दनी भुसाल रहेका छन् । भेलामा स्थानीय स्तरमा रास्वपाको सांगठनिक संरचना बलियो बनाउने, मिसन ८४ लगाएत विविध विषयमा छलफल भएको थियो। कार्यक्रममा सहभागी सबैको सक्रियता नित्य र उत्साहले भेलालाई थप सानदार बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीका सभापति हरि प्रसाद…

Read More

लक्ष्मी खनाल – अर्घाखाँची । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. तारालाल श्रेष्ठले बालबालिकाको समुचित भविष्य निर्माणका लागि शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सहकार्य आवश्यक रहेको बताएका छन् । सनिवार भूमिकास्थान नगरपालिकाको आयोजनामा शैक्षिक उत्प्रेरणा कार्यक्रमका सम्बोधन गर्दै प्राध्यापक श्रेष्ठले भने, “शिक्षकको एक्लो प्रयासबाट मात्र शैक्षिक रूपान्तरण सम्भव छैन। शिक्षा गुणस्तरीय बनाउन, पाठ्यक्रमका अपेक्षित लक्ष्य प्राप्त गर्न र बालबालिकालाई पुस्तकीय ज्ञानमा मात्र सीमित नराखी व्यवहार, धारणा, ज्ञान र सीपमा आधारित समग्र विकास गराउनु जरुरी छ।” उनले पछिल्लो पुस्तालाई ‘जेन्जी जेनेरेसन’ को रुपमा परिभाषित गर्दै शिक्षा प्रणालीलाई समय सापेक्ष ढंगले परिमार्जन गर्नुपर्ने आवश्यकता पनि औँल्याएका थिए । उक्त शैक्षिक उत्प्रेरणा कार्यक्रम भूमिकास्थान नगरपालिका…

Read More

फिदिम । मेची राजमार्गमा पर्ने हेवा खोलामा निर्माणाधीन बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुग्ना भत्किदा ४ जना घाइते भएका छ्न । पाँचथरका प्रहरी प्रमुख कौशल बुडाथोकी अनुसार शनिबार साँझ बेलिब्रिज खस्दा ४ जना मजदुर गम्भीर घाइते भएका हुन् । थप विवरण आउन बाँकी ।

Read More

काठमाडौं । बागलुङमा शुक्रबार भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । दुईजनाको उपचारको क्रममा बुर्तिवाङ अस्पतालमा र एक जनाको मणिपाल अस्पताल मृत्यु भएको हो । एक जनाको पोखरामा उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लु.प्र.०१-००१-१७७५ नम्बरको जीप साँझ पौने ६ बजेतिर ढोरपाटन नगरपालिका- ५ बतासे डाँडामा दुर्घटना भएको हो । दुर्घटनामा ढोरपाटन-२ का नरबहादुर कार्की, भीमकुमारी बुढा, टिकाकुमारी कुँवर र मनकुमारी थापाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेले जानकारी दिए । कार्की र बुढाको बुर्तिवाङ अस्पतालमा मृत्यु भएको हो । थापाको…

Read More