Author: नेपाल राज्य
बाजुरा, साउन ८ – बाजुराको हिमाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लिन जाँदै गरेका यात्रु चढेको जीप दुर्घटना हुँदा दुई वृद्धाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार क्युडी गाउँबाट वडा कार्यालयतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ज ०३३८ नम्बरको जीप टुनीगडामा दुर्घटना हुँदा क्युडीकै ७६ वर्षीया विजा रोकाया र ७५ वर्षीया वाचा रोकायाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा जीपमा सवार अन्य १५ जना यात्रु घाइते भएका छन्। घाइतेको उद्दारका लागि गाउँपालिकाले एम्बुलेन्ससहित स्वास्थ्यकर्मी पठाएको प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले जानकारी दिए। प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार यात्रु धेरै भएका कारण कच्ची सडकमा जीप अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान…
शोभाखर पन्थी ,अर्घाखाँची/साउन-७ नेकपा एमाले अर्घाखाँचीले बिभिन्न कार्यक्रमको आयोजना गरी ४७ अौ पुष्पलाल स्मृति दिवस मनाएको छ । एमालेले जिल्लाका बिभिन्न ठाउँमा वृक्षारोपण,सरसफाई,प्रवचन लगायतका कार्यक्रम सम्पन्न गरेको छ । यसैबीच नेकपा एमाले जिल्ला कमिटी द्वारा सदरमुकाम सन्धिखर्कमा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले नेपालको कम्युनिष्ट आन्दोलामा पुष्पलाल श्रेष्ठको योगदान अतुलनीय रहेको बताए । उनिहरुले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने पार्टीका संस्थापक महासचिव पुष्पलाल जनताको बीचमा सदैव अम्मर रहने वताए । कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्र कुमार क्षेत्रीले पुष्पलाल श्रेष्ठ दुरदर्शी,जनप्रिय र क्रान्तिकारी नेता भएको बताउनु भयो । उहाँले पुष्पलालको बिचार आज…
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझीको मुद्दामा जाहेरीवाला र साक्षीको वकपत्र (बयान) सकिएपछि यही साउन १८ गतेका लागि पेसी तोकिएको छ । पूर्र्वउपप्रधानमन्त्री एवं अर्घाखाँचीबाट निर्वाचित भई हाल निलम्बित सांसद रायमाझीसहित अन्य विरूद्धको सो मुद्दामा जाहेरी र साक्षीको इन्कारी वकपत्रसँगै कागज गर्नेहरूको पनि बयान सकिएकाले यही साउन १८ गतेका लागि पेसी तोकिएको काठमाडौँ अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘ठगी लिखत कीर्ते र राज्यविरूद्ध र सङ्गठित अपराधसम्बन्धी कसुर’ को उक्त मुद्दाको साक्षी वकपत्र प्रस्तुत गर्दै प्रेमराज पन्थीले तत्कालीन अवस्थामा जिल्ला प्रहरी कार्यालय टेकुमा…
अर्घाखाँची । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहनुभएका अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–४, खन पातल कटेराका रामलाल सेजवाल विगत चार वर्षदेखि सम्पर्कविहीन भएका छन्। उनकी दिदी कमला खड्काका अनुसार साउदी अरब पुगेपछि केही समय नियमित सम्पर्कमा रहे पनि पछिल्लो चार वर्षदेखि कुनै खबर प्राप्त भएको छैन। परिवारजन चिन्तित छन् र उनको अवस्थाबारे जानकारी प्राप्त गराउन सार्वजनिक अपिल गरेकी हुन् । दिदी कमला खड्काले भनेकी छन्: “बुवा आमा हुनुहुन्न ,भाइको चिन्ता लागेको छ । भिनाजुले पनि चिन्ता लिनु भएको छ । हामी निकै चिन्तित छौं। यदि उहाँको बारेमा जानकारी भएका कोही हुनुहुन्छ भने कृपया सम्पर्कमा आउनुहोस्।” सम्पर्क नम्बर: ९८४७३४३०५५ (कमला खड्का)
चितवन, साउन ६ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जननेता बिपी कोइरालाप्रति सच्चा सम्मान गर्न चाहनेले अँध्यारोबाट उज्यालोको बाटोमा संघर्ष गर्नुपर्ने बताए। भरतपुर–११ मा आयोजित बिपी स्मृति भवन तथा वडा कार्यालय उद्घाटन समारोहमा बोल्दै उनले भने, “बिपीले आफ्नो लागि होइन, जनताको लागि दुख सहनुभयो, हामीले पनि त्यही बाटो समाउनुपर्छ।” थापाले कांग्रेसभित्र रहेको ‘हुटहुटी’लाई स्वीकार्दै भने, “हामी बिपीको सोच अनुसार हिँड्न नसकेको पछुतो काँग्रेसभित्र छ, त्यसैले त्यो बाटो पूरा गर्नु हाम्रो जिम्मेवारी हो।” उहाँका अनुसार लोकतन्त्रदेखि गणतन्त्रसम्म कांग्रेसले बिपीको विचारअनुसार आफ्नो जिम्मेवारी निभाउँदै आएको छ। अब बिपीको सपना कार्यान्वयनमा ल्याउन नेता–कार्यकर्ताले जनस्तरसम्म काम पुर्याउनुपर्ने उनले बताए। कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठले…
रुकुम । रुकुमपूर्वको भूमे गाउँपालिका–५ सेराबाङमा जंगली च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी परेका छन्। तीमध्ये ३ वर्षीय योजन विकको मृत्यु भएको छ। साउन २ गते रामकुमारी सुनारले आफ्ना तीन सन्तानसँग जंगलबाट ल्याएको च्याउ खाएपछि स्वास्थ्य समस्या देखिएको थियो। साउन ५ मा अस्पताल लगिएका उनीहरूलाई सुधार नभएपछि साउन ६ मा सल्यान अस्पताल रिफर गरिएको थियो। उपचारकै क्रममा योजन विकको मंगलबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशंकरप्रसाद यादवले बताए। गम्भीर अवस्थामा रहेकी आमा रामकुमारी र छोरी भाग्य रेखा विकलाई दाङ रिफर गरिएको छ। अर्की छोरी आयुषा विकको अवस्था मध्यम छ र उनलाई रुकुम पश्चिम…
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा (माओवादी) केन्द्रसँग पार्टी नफुटाई प्रचण्डसँग विद्रोह गरेको बताएका छन् । मंगलबार पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले आँखा अगाडि माओवादी विग्रिदै गएको भन्दै विद्रोह गरेको बताएका हुन् उनले भने, ‘हामीले प्रचण्ड कामरेडसँग पार्टी फुटाएको होइन । विद्रोह गरेका हौ । माओवादी कसरी विग्रिदै थियो भन्ने कुरा प्रत्यक्ष आँखाले देखेको छु । त्यसकारण आँखा अगाडि आइसकेको परिणाम त नाकले पनि देख्छ नि ?’ उनले देशमा दलाल पूँजीवादहरु र नेपाली जनताको बीचको अन्तरविरोधहरु हल नभएको भन्दै राज्य अस्थिरतामा गएको बताए ।
अर्घाखाँचीमा एमालेप्रति बढ्दो आकर्षण, काँग्रेस र माओवादी त्यागेर एमालेमा सामूहिक प्रवेश
अर्घाखाँची, साउन ६ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर १ चिदिकामा आयोजित एक विशेष कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्। राजनीतिक दृष्टिले महत्वपूर्ण मानिने चिदिकामा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेस पालिका सदस्य जमिर मिया र माओवादीका फजिर मिया लगायत २५ जना व्यक्तिहरु लाई पार्टी जिल्ला अध्यक्ष पीताम्बर भुसालले नवप्रवेशीहरूलाई नेकपा एमाले पार्टीमा टीका र खादा लगाई स्वागत गरेका हुन्। कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष भुसालले पार्टीमा प्रवेश गर्ने सम्पूर्ण नेता–कार्यकर्ताहरूलाई एमालेको सिद्धान्त, संगठन र राष्ट्रहितका मुद्दामा समर्पित भएर क्रियाशील बन्न आग्रह गरे। उनले भने, “देश र जनताको पक्षमा दृढताका साथ…
झापा — झापाको हल्दीबारी गाउँपालिका–४, ओली चौकमा मंगलबार बिहान ग्यास लिक भएर भएको आगलागीमा एकै परिवारका चार सदस्य घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान ८:४० बजेतिर पुण्यप्रसाद ओलीको तीनतले पक्की घरको दोस्रो तलामा रहेको भान्सा कोठामा रोटी पकाउने क्रममा ग्यास लिक भएर अचानक आगो लागेको हो। घटनामा आगो निभाउने प्रयासका क्रममा घरमूली ६० वर्षीय पुण्यप्रसाद ओली, उनका ३३ वर्षीय छोरा सन्तोष ओली, ३२ वर्षीया बुहारी अनिता ओली र २० वर्षीय कान्छा छोरा आर्यन ओली पोली घाइते भएका हुन्। घाइतेहरूलाई प्रारम्भमा ओमसाई पाथीभारा अस्पताल, भद्रपुरमा उपचारका लागि लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि विराटनगर रिफर गरिएको जिल्ला प्रहरी…
बुटवलमा ‘नागरिक मल्टीस्पेसिलिटी हेल्थ सेन्टर’ सञ्चालनमा, एकै ठाउँबाट दर्जनौं विशेषज्ञ सेवा
बुटवल, साउन ५ – बुटवल–६ स्थित मैत्री पथमा ‘नागरिक मल्टीस्पेसिलिटी हेल्थ सेन्टर’ सञ्चालनमा आएको छ। हेल्थ सेन्टरको उद्देश्य रुपन्देहीसहित पश्चिम नेपालका विभिन्न जिल्लाका बिरामीलाई एकै ठाउँबाट सहज र गुणस्तरीय विशेषज्ञ सेवा उपलब्ध गराउनु रहेको छ। एक कार्यक्रमकाबीच हेल्थ सेन्टरको औपचारिक शुभारम्भ गरिएको हो। अध्यक्ष मेघदेव पन्तका अनुसार बिरामीहरूको उत्कृष्ट उपचारका लागि नम्र व्यवहार, भरपर्दो ल्याब सेवा तथा सहुलियत मूल्यमा औषधिको व्यवस्था गरिएको छ। एक करोड रुपैयाँभन्दा बढीको लगानीमा स्थापना गरिएको उक्त स्वास्थ्य संस्थामा विभिन्न रोग विशेषज्ञहरूले नियमित सेवा प्रदान गर्नेछन्। वरिष्ठ फिजिसियन तथा रक्तरोग विशेषज्ञ डा. बिक्रम कार्की, बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेल, मृगौला रोग विशेषज्ञ डा. जगदिश पाण्डे, स्त्री…
