Author: नेपाल राज्य
काठमाडौं । अर्घाखाँची जिल्लाका प्रवासी नेपालीहरुको सक्रिय सहभागितामा भुमिकास्थान नगरपालिकाबाट यूएईमा कार्यरत नेपालीहरूद्वारा गठित भुमिकास्थान सम्पर्क समिति, अर्घाखाँची–यूएई को प्रथम अधिवेशन तथा संस्था स्थापना समारोह भव्य रूपमा सम्पन्न भएको छ। बैदिक सनातन परम्परा र पूर्वीय दर्शन अनुरूप विधिवत रूपमा पण्डितज्यूहरूद्वारा स्वस्तिवाचन तथा दीप प्रज्वलन गरी अधिवेशनको उद्घाटन गरिएको थियो। कार्यक्रममा यूएईमा कार्यरत अर्घाखाँचीका दर्जनौँ नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले समाजमा देखा पर्ने विविध सामाजिक समस्याहरूको समाधान गर्ने उद्देश्यका साथ आगामी २०२५–२०२७ कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट सामाजिक क्षेत्रमा क्रियाशील दिपक शाह ठकुरीको नेतृत्वमा गठित नयाँ कार्यसमितिलाई उपस्थित सम्पूर्ण प्रवासी नेपालीहरूले शुभकामना तथा बधाई दिएका छन् ।…
लक्ष्मी खनाल, अर्घाखाँची । सन्धिखर्क नगरपालिका–५ मा महिलालाई लक्षित गरी सञ्चालन गरिएको साबुन, सरफ र हरपिक उत्पादनसम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ। महिलाको आर्थिक सशक्तीकरण र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा वडा नम्बर ५ का करिब २५ जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो। तालिमले सहभागी महिलाहरूलाई घरेलु सामग्रीको उत्पादन, प्रयोग र बजार व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरेको छ। कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले महिलाको सशक्तिकरणका लागि यस्ता तालिमहरू अत्यन्तै उपयोगी रहेको बताए उनले भने, “सीपमूलक तालिमहरूले रोजगारी सिर्जना गर्ने, स्थानीय स्रोतको सदुपयोग हुने, फोहोरमैला व्यवस्थापनमा सहयोग पुग्ने र आर्थिक रुपमा आत्मनिर्भर बनाउने महत्त्वपूर्ण भूमिका खेल्दछ।”…
अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले दिवंगत नेता नन्दबहादुर आचार्यको नवौं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ। कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दिवंगत नेता पार्टीका पथप्रदर्शक रहेको बताउँदै उहाँको निधनले अपुरणीय क्षति पुगेको बताए। भावुक हुँदै मुख्यमन्त्री आचार्यले नेता आचार्यसँगको राजनीतिक तथा पारिवारिक सम्बन्ध गहिरो रहेको उल्लेख गर्दै मन्तव्य नै अधुरो छोड्नु परेको थियो। दिवंगत नेताको श्रीमती तथा सन्धिखर्क नगरपालिकाका उपप्रमुख मिश्रा आचार्य पनि मन्तव्यका क्रममा अत्यन्त भावुक बनेकी थिइन्। कार्यक्रम नेकपा एमाले सन्धिखर्क नगरकमिटी अध्यक्ष कुशल भुसालको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रीय सल्लाहकार परिषद् सदस्य लक्ष्मण रायमाझी, नरेन्द्रकुमार क्षेत्री, जिल्ला अध्यक्ष पीताम्बर भुसाल लगायतको उपस्थिति रहेको थियो।
रुद्रमणि भुसाल, अर्घाखाँची। जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त आयोजनामा आज अर्घाखाँची जिल्लाको फुतबाङ नरपानी, अरगुरी पाली दुर्गाफाँट र पोखराथोकमा अनुगमन गर्दा विभिन्न पसल अनुगमन गरी उपभोग गर्न नमिल्ने र म्याद नाघेका झण्डै १५ हजार बराबरको सामान जफत गरि नष्ट गरिएको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जानकारी दिनुभयो । नरपानी पाली दुर्गाफाँट र पोखराथोकमा गरिएको अनुगमनमा विभिन्न किराना तथा फलफुल पसलहरूमा अनुगमन गर्दा अखाद्य मिठाई ,चाउचाउ, सुजी, चिजबल लगायतको सामानको म्याद गुर्जेका वस्तुहरू जफत गरी नष्ट गरिएको हो। अर्घाखाँची जिल्लामा पछिल्लो समय ग्रामीण क्षेत्रका पसलहरूमा पनि नियमित रूपमा अनुगमन गर्न थालिएपछि अहिले उपभोक्ताहरुमा केही…
काठमाडौं। पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका समाजवादी चिन्तक ढुण्डीराज शास्त्रीको ९० वर्षको उमेरमा आज बिहान काठमाडौंमा निधन भएको छ। १९९३ सालमा अर्घाखाँचीमा जन्मिएका शास्त्री कांग्रेस संगठन विस्तार र आन्दोलनहरूमा सक्रिय थिए। २०४८ मा सांसद निर्वाचित भई उद्योगमन्त्री बनेका थिए। श्रीमती, दुई छोरा र दुई छोरी रहेका शास्त्रीको अन्तिम संस्कार छोराहरू फर्किएपछि गरिने परिवारले जनाएको छ।
रियाद, साउदी अरब। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) साउदी अरबले आफ्नो दशौँ राष्ट्रिय महाधिवेशन आगामी १८ जुलाई शुक्रबारका दिन राजधानी रियादमा आयोजना गर्ने घोषणा गरेको छ। संघको मिति १४ जून २०२५ शनिबारका दिन बसेको छैठौं नियमित तथा पूर्ण बैठकले महाधिवेशन सम्बन्धी निर्णय गर्दै तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ। निर्वाचन समितिको संयोजकमा रामबहादुर क्षेत्री चयन भएका छन् भने भीम गुरुङ र दिनेश न्यौपाने सदस्य रहेका छन्। संघले साउदी अरबमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई महाधिवेशनमा सक्रिय सहभागिता जनाउन आह्वान गर्दै, कार्यक्रममा उपस्थित भई महाधिवेशनलाई भव्यताका साथ सफल बनाउन अनुरोध गरेको छ। साथै, संघको आगामी कार्यकाल…
काठमाडौं । तेह्रथुमको म्याङलुङ नगरपालिका–९ साब्लामा खेतमा आली लगाउँदै गरेका ३५ वर्षीय बलबहादुर ठटालको मृत्यु भएको छ। फेदाप गाउँपालिका जलजले घर भई हाल साब्लामा बस्दै आएका ठटाल आइतवार दिउँसो खेतमै मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार समूहमा काम भइरहेको बेला अरु खाजा खान गएका बेला उनी खेतमै रहेर काम गरिरहेका थिए। त्यही क्रममा उनी लडेका थिए। उनको शव आलीमा सिरानी लगाएर पल्टिएको अवस्थामा भेटिएको थियो। ठटालको शव पोस्टमार्टमका लागि तेह्रथुम अस्पतालमा राखिएको छ।
अर्घाखाँची छत्रदेवको अर्घातोष र भगवतीमा पसल अनुगमन , झन्डै २० हजार बराबरको सामान जफत गरी नष्ट
रुद्रमणि भुसाल,अर्घाखाँची। अर्घाखाँची जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त आयोजनामा आज अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको अर्घातोस र भगवतीका विभिन्न पसल अनुगमन गरी उपभोग गर्न नमिल्ने र म्याद नाघेका झण्डै २० हजार बराबरको सामान जफत गरि नष्ट गरिएको छ। अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले अर्घातोषका विभिन्न किराना तथा फलफुल पसलहरूमा अनुगमन गर्दा अखाद्य मिठाई ,चाउचाउ, सुजी, चिजबल लगायतको सामानको म्याद गुर्जेका वस्तुहरू जफत गरी नष्ट गरिएको हो बताएका हुन् । जिल्लामा पछिल्लो समय ग्रामीण क्षेत्रका पसलहरूमा पनि नियमित रूपमा अनुगमन गर्न थालिएपछि अहिले उपभोक्ताहरुमा केही सचेतना जागेको र पसलहरूले पनि म्यादगुर्जेका सामग्रीहरू छुट्टाएर राख्न थालेको…
काठमाडौं । बेरोजगार युवायुवतीलाई विदेश पठाउने प्रलोभनमा परेर ठगिएको उजुरीका आधारमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कपिलवस्तुकी दिपा शर्मा र झापाका व्रिजेश सुवेदी छन्। दिपाले क्यानडा पठाइदिने भन्दै २३ लाख ५० हजार र व्रिजेशले यूके पठाउने भन्दै २ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। लामो समयसम्म सम्पर्कविहीन रहेपछि पीडितले उजुरी दिएको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले थप अनुसन्धान भैरहेको बताएको छ ।
काठमाडौं । अर्घाखाँची मालारानी-५ बाँगीका गायक, गीतकार तथा संगीतकार मणि कुँवरको नयाँ गीत ‘बैमानी’ हाल अन्तिम तयारीको चरणमा पुगेको छ। भावनात्मक गहिराइ बोकेको यस गीतमा मणि कुँवर र लोकप्रिय गायिका समिक्ष्या अधिकारीको स्वर रहेको छ। गीतका शब्द र संगीत स्वयं मणि कुँवरले तयार पारेका हुन्। ‘बैमानी’ मा ओबी रायमाझी र लोसिना लामिछानेले दमदार अभिनय गरेका छन् भने गीतको निर्देशन विक्रम चौहानले गरेका हुन् । भिडियोको छायांकनदेखि सम्पादनसम्म अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ भन्ने निर्माण टिमको भनाइ छ। बुधबार शुभारम्भ डिजिटल म्युजिक (Shubharambha Digital Music) द्वारा सार्वजनिक हुने भएको हो । गीतले दर्शक–श्रोताको मनमा लोभ्याउने विश्वास गरिएको छ । छिट्टै सार्वजनिक…
