Author: नेपाल राज्य
पुष्कल शर्माको नयाँ तीज गीत ‘श्रीमान’ सार्वजनिक, अश्लीलता र विकृति विरुद्धको साङ्गीतिक सन्देश
काठमाडौं, साउन ११ – लोकसंगीतका लोकप्रिय गायक तथा सर्जक पुष्कल शर्माले तीज कोसेली ‘श्रीमान’ सार्वजनिक गरेका छन्। शर्माको आधिकारिक युट्युब च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको गीतमा तीज पर्वको मौलिकता, नेपाली महिलाको आत्माभिव्यक्ति र पारिवारिक सम्बन्धको संवेदना प्रस्तुत गरिएको छ। गीतमा गायक पुष्कल शर्मा र गायिका पूर्णकला बिसीको स्वर रहेको छ। शब्द र लय शर्माकै छ भने मौसम हिमालीले निर्देशन गरेका छन्। भिडियोमा सवि शर्मा, अर्जुन सापकोटा, सारिका केसी र विक्रम बुढाथोकी को दमदार अभिनय गरेका छन्। गायक शर्माले गीत मार्फत मौलिकता जोगाउने प्रयास गरेका छन् पछिल्ला वर्षहरूमा तीज गीतमा बढ्दो अश्लीलता र सांस्कृतिक विकृतिप्रति आपत्ति जनाउँदै ‘श्रीमान’ गीत त्यसको प्रतिवादस्वरूप ल्याएको…
क्षितिज विक्रम खनाल- बुटवल। राजनीतिक संगठन भनेको केवल एउटा संरचना, कार्यक्रम वा घोषणापत्र मात्र होइन। त्यो त एक विचारको घर हो, जहाँ आस्था, योगदान, भरोसा र सहकार्यको ईंटाले संगठन बन्छ। यस्तो संगठनमा साँचो लोकतन्त्र भनेको केवल बैठकमा हात उठाएर निर्णय गर्ने प्रक्रियामै सीमित हुँदैन—विचारमा बहस गर्न, फरक मत सुन्न, र असहमतिलाई पनि आत्मीयतासाथ स्वीकार गर्न सक्ने संस्कारमा हुन्छ। संगठन बलियो तब हुन्छ जब उसले आलोचना सुन्छ, फरक मतलाई अवसर ठान्छ, र हरेक सदस्यलाई “म पनि यो संगठनकै अंग हुँ” भन्ने भावना दिन सक्छ। अहिले (राष्ट्रिय युवा संघ नेपाल) भित्र भएका केही निर्णय र घटनाक्रमले फेरि पनि सोच्न बाध्य बनाएको छ—के…
गोखुङ्गा–सन्धिखर्क सम्पर्क समाजको दोस्रो भेला सन्धिखर्कमा सम्पन्न, नयाँ कार्यसमितिमा भुसाल
अर्घाखाँची । गोखुङ्गा–सन्धिखर्क सम्पर्क समाजको दोस्रो भेला सन्धिखर्कमा सम्पन्न भएको छ। शनिबार सन्धिखर्कस्थित ग्रिन इङ्लिस बोर्डिङ स्कुलको सभाहलमा सम्पन्न भेलाले टिका माया शर्मा भुसालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा तुल्सी पन्थी, सचिवमा विशाल खनाल, कोषाध्यक्षमा कमल प्रसाद खनाल र सह–सचिवमा रामप्रसाद पन्थी चयन भएका छन्। त्यसैगरी, सदस्यहरूमा बोम बहादुर घिमिरे, गुणानिधि खनाल, माया खनाल, रिचा घिमिरे, ढकल पन्थी, रविन्द्र खनाल, प्रदीप परियार, सपना पन्थी, जानका खनाल र शारदा पन्थी रहेका छन्। भेलाले संस्थापक अध्यक्ष श्याम प्रसाद घिमिरेलाई संरक्षकको जिम्मेवारी दिएको छ। यस्तै, सल्लाहकार समिति सदस्यहरूमा रेमबहादुर घिमिरे, कृष्ण प्रसाद खनाल, कमल प्रसाद घिमिरे, पदम क्षेत्री,…
शोभाखर पन्थी ,अर्घाखाँची । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य केवी भुसालले अग्रज अभिभावक गोमाकला पाण्डेको निधनले नेकपा एमालेलाई निकै दु:खी वनाएको वताउनु भएको छ । सनपा-५ निवासी नेकपा एमाले सन्धिखर्क नगर कमिटीका सदस्य भोला पाण्डेकी आमा बयोबृद्ध समाजसेवी गुन्जेश्वरी ( गोमाकला) पाण्डेको ७ अौ दिनको पुण्ड तिथिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा मन्तव्य राख्दै उहाँले दिवंगत आमाले समाजिक र राजनीतिक क्षेत्रमा पुर्याउनु भएको योगदानको प्रसंसा गर्नुभयो । भुसालले असल अभिभावकलाई गुमाउनुपर्दा निकै पिंडाबोध भएको बताउनु भयो । नेकपा एमाले सन्धिखर्क नगर कमिटीका उपाध्यक्ष नारायण खड्काको उपस्थिति र नगर कमिटीका उपसचिव डिलाराम बन्जाडेको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले जिल्ला कार्यालय सचिव लिला…
काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू कुनै पदको लोभमा नभइ देश र जनताको सेवाका लागि पार्टी राजनीतिमा फर्कन लागेको स्पष्ट पारेकी छन्। उनले राष्ट्रको सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज भइसकेको उल्लेख गर्दै अब पदप्राप्ति नै प्राथमिकता नरहेको बताइन्। “म पदको लोभमा होइन, राष्ट्र र जनताको सेवाका लागि फर्किंदैछु,” भण्डारीले भनिन्। प्रेस मिट मार्फत उनले एमाले राजनीतिमा फर्किनु आफ्नो संवैधानिक हक भए पनि पार्टीको पछिल्लो निर्णयले आफूलाई दुःखी तुल्याएको उनले बताइन्। यद्यपि, उनले जनताको हितलाई सर्वोपरि मानेर अघि बढ्ने दृढता व्यक्त गरिन्।
काठमाडौं- जल तथा मौसम विज्ञान विभागले अर्घाखाँची र पाल्पा जिल्लामा वर्षासँग सम्बन्धित आकस्मिक चेतावनी जारी गरेको छ। आज दिउँसो १ बजे जारी गरिएको सूचनामा भनिएको छ कि पछिल्लो १ घण्टामा अर्घाखाँचीस्थित वर्षामापन केन्द्र र पाल्पाको बल्ड्याङगढी केन्द्रमा मध्यम वर्षा मापन गरिएको छ। विभागका अनुसार यी क्षेत्र आसपासको भूभागमा साना नदी, खोलामा पानीको बहाव एक्कासी बढ्न सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ। “सो क्षेत्र हुँदै बहने साना खोलाहरूमा बहाव केही बढ्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाइराखौं,” सूचनामा उल्लेख छ। स्थानीयवासी तथा यात्रुहरूलाई खोलानाला पार गर्दा विशेष सावधानी अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा बस्न मौसम विभागले अनुरोध गरेको छ।
काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकबाट निर्णय गराएर आफूलाई सदस्यता नवीकरणमा “प्रतिबन्ध” लगाएपछि पूर्वराष्ट्रपति विद्या भण्डारीले “काउन्टर”को तयारी गरेकी छन्। उनले शुक्रबार पत्रकार सम्मेलनमार्फत औपचारिक धारणा सार्वजनिक गर्न लागेकी हुन्। भण्डारीले अपराह्न ३ बजे पत्रकार सम्मेलन राखेकी छन्। सोही सम्मेलनबाट आफ्नो आगामी कदमबारे थप प्रस्ट पार्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ। भण्डारीनिकट एक नेताले शुक्रबारको पत्रकार सम्मेलनमा धेरै विषय स्पष्ट हुने बताए। भण्डारीले पछि नहट्ने अडान कायम राखेको उनको भनाइ छ। गत मंगलबार दिउँसो पत्रकारहरूसँग कुराकानी गर्दै भण्डारीले आफू राजनीतिमा अगाडि बढिसकेकाले पछि नहट्ने र कदम अघि बढाउन खुट्टा नकमाउने बताएकी थिइन्। त्यसको…
पोखरामा हर्निया उपचार गराउन आएका पूर्व वडाध्यक्षको मृत्यु, आफन्तद्वारा अस्पतालमा तोडफोड
पोखरा, ९ साउन — हर्नियाको उपचारका लागि पोखरा आएका बागलुङको जैमिनी नगरपालिका–७ ढावाका पूर्व वडाध्यक्ष ६३ वर्षीय जितबहादुर राना मगरको मृत्यु भएपछि आफन्तहरुले पोखरास्थित गण्डकी मेडिकल कलेजमा तोडफोड गरेका छन्। विहिबार बिहान करिब १०:४५ बजे अस्पतालमा उनी बेहोस भएपछि डाक्टरले मृत घोषणा गरेका थिए। मगरको केही दिनअघि (साउन ५ गते) सोही अस्पतालमा हर्नियाको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया पछि स्वास्थ्यमा सुधार देखिएको र बुधबार ड्रेसिङपछि आफन्तहरूसँग भिडियो कलसमेत गरेर छिट्टै घर फर्किने बताएको आफन्तले बताएका छन्। तर सोही दिन ड्रेसिङ गर्ने क्रममा उनी एक्कासी बेहोस भएका थिए। एक आफन्तका अनुसार, “ड्रेसिङका लागि डाक्टर आफैंले साथमा लिएर गएका थिए। त्यसपछि विरामी फर्किएनन्।…
काठमाडौँ , ९ साउन- प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार महोत्तरी र बारा जाँदै छन् । आज उनले महोत्तरीको मटिहानी नगरपालिका(८ स्थित विग्ही नदी पुलको उद्घाटन गर्ने , वडा नं ६ मा नवनिर्मित प्रसूति गृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैगरी बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने पनि कार्यक्रम रहेको छ ।
अर्घाखाँची, ९ साउन – नेकपा एमाले अर्घाखाँचीका उपाध्यक्ष शम्भु पोख्रेलले हालै सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका छन्। उनले नाम नखुलाइकन पूर्व एमालेका एक नेताप्रति कटाक्ष गर्दै पार्टी सदस्यता नै नभएको व्यक्तिले नेतृत्वको दाबी गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन्। पोख्रेलले भनेका छन्, “दश वर्ष पहिले एमालेको साधारण सदस्य समेत त्यागेर राज्यको सबैभन्दा माथिल्लो निकायमा दुई–दुई पटक बिराजमान भइसकेका माननीय अहिले पार्टीको नेतृत्व गर्न पाइँन भनेर पत्रकार सम्मेलन गर्न लागेका छन्। यो कुरा आफैमा हास्यास्पद छ।” उनले उक्त पत्रकार सम्मेलनमा सहभागी हुने सबैजना एमाले बाहिरका मात्र हुने दाबी गर्दै, “एमालेको सदस्य नरहेको व्यक्तिको आयोजनामा हुने कार्यक्रममा सहभागी हुनेहरु पनि गैर-एमालेहरु मात्र…
