काठमाडौँ , ९ साउन- प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार महोत्तरी र बारा जाँदै छन् । आज उनले महोत्तरीको मटिहानी नगरपालिका(८ स्थित विग्ही नदी पुलको उद्घाटन गर्ने , वडा नं ६ मा नवनिर्मित प्रसूति गृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने पनि कार्यक्रम रहेको छ ।