नेपाल राज्य संवाददाता
अर्घाखाँची– कांग्रेस पूर्वसभापति, सन्धिखर्क नगरपालिकाका पूर्वनगर प्रमुख तथा अर्घाखाँची प्रदेशसभा (ख) का उम्मेदवार कमलप्रसाद भुसालले मंसिर ४ गते हुने चुनावमा गठबन्धन उम्मेदवार जिताउन आग्रह गर्दै जितेपछि अर्घाखाँचीको विकासमा जनताले जे चाहेको छ त्यही विकास गर्ने बताए ।
शितगंगाको विभिन्न चुनावी सभामा भुसालले जितेपछि कहाँ चाहिएको छ, जनतासँग बसेर छलफल गरेर योजना बनाएर काम गर्ने बताए । उनले अब एमालेले विकासका काम केही नगरेको र आफुहरुले गर्ने दावी गरे ।