काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू कुनै पदको लोभमा नभइ देश र जनताको सेवाका लागि पार्टी राजनीतिमा फर्कन लागेको स्पष्ट पारेकी छन्।
उनले राष्ट्रको सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज भइसकेको उल्लेख गर्दै अब पदप्राप्ति नै प्राथमिकता नरहेको बताइन्। “म पदको लोभमा होइन, राष्ट्र र जनताको सेवाका लागि फर्किंदैछु,” भण्डारीले भनिन्।
प्रेस मिट मार्फत उनले एमाले राजनीतिमा फर्किनु आफ्नो संवैधानिक हक भए पनि पार्टीको पछिल्लो निर्णयले आफूलाई दुःखी तुल्याएको उनले बताइन्। यद्यपि, उनले जनताको हितलाई सर्वोपरि मानेर अघि बढ्ने दृढता व्यक्त गरिन्।