शोभाखर पन्थी ,अर्घाखाँची । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य केवी भुसालले अग्रज अभिभावक गोमाकला पाण्डेको निधनले नेकपा एमालेलाई निकै दु:खी वनाएको वताउनु भएको छ ।
सनपा-५ निवासी नेकपा एमाले सन्धिखर्क नगर कमिटीका सदस्य भोला पाण्डेकी आमा बयोबृद्ध समाजसेवी गुन्जेश्वरी ( गोमाकला) पाण्डेको ७ अौ दिनको पुण्ड तिथिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा मन्तव्य राख्दै उहाँले दिवंगत आमाले समाजिक र राजनीतिक क्षेत्रमा पुर्याउनु भएको योगदानको प्रसंसा गर्नुभयो । भुसालले असल अभिभावकलाई गुमाउनुपर्दा निकै पिंडाबोध भएको बताउनु भयो ।
नेकपा एमाले सन्धिखर्क नगर कमिटीका उपाध्यक्ष नारायण खड्काको उपस्थिति र नगर कमिटीका उपसचिव डिलाराम बन्जाडेको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले जिल्ला कार्यालय सचिव लिला बि.क.,जिल्ला सचिवालय सदस्यहरु युवराज श्रेष्ठ,मोतिजङ्ग रायमाझी,मिश्रा आचार्य,जिल्ला कमिटी सदस्य विष्णु परियार,दिपा आचार्य,विष्णु आचार्य,कमला भण्डारी,सुमित्रा मुखिया,नेकपा एमालेका नेता वालकृष्ण आचार्य,नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्ष ध्रुव के.सी., प्रेस चौतारी नेपाल लुम्विनी प्रदेश समितिका अध्यक्ष शोभाखर पन्थी ,नेकपा एमाले सन्धिखर्क नगर कमिटीका सचिव तुल्सी रायमाझी,उप-सचिव आशा परियार,एमाले नेता ढुण्डीराज ज्ञवाली,नारायण बि.सी.,वावुराम पन्थी,वलबहादुर बि.सी.,प्रभा पोख्रेल,मोतिलाल खनाल,श्रीधर मुखिया,फर्सुराम पाण्डे,दिपक नेपाली,सरस्वती आचार्य,अर्जुन खनाल,वडा कमिटीका अध्यक्ष सुरेन्द्र अधिकारी लगायतले श्रध्दाञ्जली प्रकट गर्नु भएको थियो ।
उहाँको साउन ४ गते ९० बर्षको उमेरमा निधन भएको हो ।