काठमाडौं।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली फेरि नजिक हुन थालेको एक श्रोतले जनाएको छ ।
श्रोतका अनुसार पुस ३ गते पछि दुई नेताबीच राष्ट्रियसभा निर्वाचनमा मिलेर जाने विषयमा पटकपटक छलफल भएको बताइएको छ । भेट गोप्य राखिएको छ ।
वाम एकताका लागि प्रचण्ड – ओली बीच बहस चलेको बताइन्छ ।
माओवादीका महासचिव देवप्रसाद गुरुङले प्रचण्ड- ओली बीचभेटवार्ता बढेको तर कुन विषय के भैरहेको भन्ने बारे प्रष्ट पारेन्न ।