काठमाडौं ।
साउदी स्थित एनआरएनए अभियन्ता तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषद मध्यपूर्व संयोजक राजेन्द्र अर्याल नेपाल सरकारको पर्यटन प्रवर्द्धक (दूत) नियुक्त भएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्याल लाई साउदी लागि प्रवर्द्धक नियुक्त गरेको हो।
पछिल्लो समय साउदी अरबमा समाजसेवाका क्षेत्रमा अर्यालको नाम पहिलो स्थानमा रहेको अर्यालका शुभचिन्तकहरुले बताएका छन् ।
नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको थियो ।