अर्घाखाँची ।
सन्धिखर्क नगरपालिकाकी उप–प्रमुख मिश्रा आचार्यलाई पति शोक परेको छ।
उहाँका पति नन्दबहादुर आचार्यकाे ८२ वर्षको उमेरमा उपचारकाे क्रममा बिहान बुटवलमा निधन भएकाे हाे । स्वर्गीय आचार्य अर्घा गाविसका पूर्व कार्यबाहक अध्यक्ष समते थिए । निधनले नगरपालिकाको जनप्रतिनिधि तथा सामाजिक क्षेत्रमै सक्रिय उप–प्रमुख आचार्य र उहाँको परिवारलाई गहिरो चोट पुगेको छ।
आइतबार पार्थिव शरीरको अन्त्यष्टी रिडीघाटमा गरिएकाे छ । नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसालले पार्टीकाे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
यसैगरी सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, वडा नं.२ का वडा अध्यक्ष माेतिजङ्ग रायमाझी,६ का अध्यक्ष श्रीधर महत्रा,७ का अध्यक्ष चुरा केसी, एमाले नेताहरू शम्भुप्रसाद पाेखरेल, सिद्धिप्रसाद भुसाल, खुवीराम आचार्य,लिला विक, कुशल भुसाल, लक्ष्मण पराजुली, नरायण बस्याल, नारायण खड्का,नेतृ विष्णु आचार्य लगायतले श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
सन्धिखर्क नगरपालिका, जनप्रतिनिधिहरू, कर्मचारी, र स्थानीय बासिन्दाहरूले उप–प्रमुख आचार्यप्रति समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्।