Author: नेपाल राज्य

काठमाडौँ — रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार वैदिक परम्पराअनुसार रक्षाबन्धन र जनै ग्रहण गरेका छन्। राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेललाई पण्डित अर्जुन न्यौपानेले निर्धारित साइतमा रक्षाबन्धन बाँधी जनै परिवर्तन गरिदिएका हुन्। राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न समारोहमा राष्ट्रपतिका आफन्तजनले पनि रक्षाबन्धन ग्रहण गरेका थिए। राष्ट्रपतिको सचिवालयका अनुसार यो कार्यक्रम पूर्ण वैदिक विधिपूर्वक सम्पन्न भएको हो।

Read More

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने पर्वले पारिवारिक स्नेह, प्रेम र आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउने बताएकी छन्। शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले जनैपूर्णिमा आत्मिक शुद्धि, संयम, दान र आत्मबलको प्रतीक भएको उल्लेख गरिन्। रक्षाबन्धनले पारिवारिक आत्मीयता बढाउने र क्वाँटी खाने परम्पराले मौलिक ज्ञान, खानपान संस्कृतिको संरक्षणसहित जैविक विविधता र स्वास्थ्यप्रतिको सचेतना बढाउने उनको भनाइ छ। भण्डारीले यस्ता पर्वहरूले सामाजिक एकता, आपसी सद्भाव र राष्ट्रिय पहिचान सुदृढ पार्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीमा शान्ति, सुस्वास्थ्य, समृद्धि र दीर्घायुको कामना गरेकी छन्। उनले सामाजिक सञ्जालमा लेखिकिछन : “हाम्रो सभ्यता, संस्कृति र आस्थाको प्रतीकका रूपमा मनाइने जनै…

Read More

अर्घाखाँची । अस्पताल सन्धिखर्कमा अबदेखि महिलामैत्री स्वास्थ्य सेवामा महत्वपूर्ण थप भएको छ । अस्पतालमा शुक्रबारदेखि प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सेवा नियमित रूपमा सुरु हुने भएको हो । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सुजन शर्मा र एनेस्थेसिया सुपरभाइजर हिरा जैसीको आगमनसँगै अस्पतालले दैनिक रूपमा विशेषज्ञ सेवा सुरु गरेको अस्पताल प्रमुख डा. जगनाथ तिवारीले जानकारी दिए । शुक्रबार बिहानै आयोजित स्वागत कार्यक्रममा अस्पताल विकास समिति अध्यक्ष बलराम मिश्र, अस्पताल प्रमुख डा. तिवारीलगायत अस्पताल परिवारले दुई चिकित्सकलाई औपचारिक स्वागत गरेका थिए । अस्पतालमा यो सेवा सुरु भएसँगै अब सन्धिखर्क तथा आसपासका क्षेत्रका महिलाले जटिल स्वास्थ्य समस्या लिएर बाहिर जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको…

Read More

काठमाडौं – अर्घाखाँचीका रायमाझी परिवारले तीज कोसेलीस्वरूप सार्वजनिक गरेको गीत ‘नक्कले भिनाजु ८ – है माया’ ले युट्युबमा ७ लाखभन्दा धेरै दर्शकको मन जितेको छ । चर्चित गायक, सर्जक तथा निर्देशक बिशाल रायमाझीको निर्देशनमा तयार भएको यो म्युजिक भिडियोले तीजको रौनकलाई अझ झन चम्किलो बनाएको छ । शुक्रबार साझँसम्म ७ लाख १६ हजार ६ सय ५५ पटक हेरिएको यो गीतले छोटो समयमा नै दर्शक–श्रोताको अपार माया कमाउन सफल भएको हो । बिगत सात संस्करण जस्तै यसपटकको ‘नक्कले भिनाजु ८’ पनि टीका कमेडी, गाउँले स्वाद र सांगीतिक प्रस्तुतिको अनुपम मिश्रणका कारण लोकप्रिय बन्दै गएको छ । गीतमा बिशाल रायमाझी, हरिमाया रायमाझी…

Read More

अर्घाखाँची — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीले सन्धिखर्क नगर समितिको शनिबार नगर भेला गर्ने भएको छ। पार्टीका अर्घाखाँची सभापति हरि प्रसाद भुसालका अनुसार कार्यक्रम बिहान १० बजे पार्टी कार्यालयबाट सुरु हुने मोटरसाइकल र्यालीसँगै प्रारम्भ हुनेछ। त्यसपछि बिहान ११ बजे होटल ओल्ड एभरेष्टमा औपचारिक भेला कार्यक्रम आयोजना गरिएको छ। नगर भेला पार्टीको संगठन सुदृढीकरण तथा भावी रणनीतिमाथि केन्द्रित हुने जनाइएको छ।

Read More

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वरिष्ठ नेता झलनाथ खनालप्रति कटाक्ष गर्दै विद्रोहको औचित्य नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालले खनालले मिडियामार्फत पार्टीको बद्ख्वाइँ गरेको भन्दै असन्तुष्टि जनाए। उनले भने, “यदि विद्रोहको औचित्य थिएन भने एमालेमै बसेर ओलीको सेवा गर्नु उपयुक्त हुन्थ्यो।” नेपालले नेतृत्व पुस्तान्तरणको पक्षमा आफू रहेको बताउँदै ५४ वर्षमुनिका युवा नेतृत्वलाई अघि ल्याउनुपर्ने धारणा राखे। मोहन गौतम र आलोकजस्ता नेताहरूको उदाहरण दिँदै उनले पार्टी सुदृढिकरणमा सबै एकजुट हुनुपर्ने बताए। एमाले विभाजनबारे बोल्दै नेपालले ओलीको संविधानविरोधी कदमका कारण बाध्यतावश विद्रोह गरेको दाबी गरेको बताएका छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनालले केही दिन पहिला नेकपा एमाले…

Read More

रुद्रमणि भुसाल, साउन २३- अर्घाखाँची । नेपाली सेना वीर भद्रजङ्ग गुल्म अर्घाखाँचीले विपत तयारी पूर्व अभ्यास तथा न्युनिकरण सम्बन्धी सचेतना मुलक कार्यक्रम आज सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा रहेको सन्धिखर्क ग्रीन इङ्लिस बोडिङ स्कुलमा सम्पन्न गरेको छ । कार्यक्रममा वीरभद्र जंग गुल्म अर्घाखाँचीका सेनानी रिक्कि पाण्डेले भूकम्प ,आगलागी, बाढी पहिरो जस्ता घटनामा सबैभन्दा पहिला समुदाय नै पर्ने भएका कारणले त्यसबाट बच्न के कस्ता उपायहरू अपनाउन सकिन्छ , यदि विपतमा परिहाले पहिला आफू सुरक्षित रहँदै आफ्नो टोल छिमेक र समुदायलाई समेतकसरि सहयोग गर्न सकिन्छ भन्ने विषयमा ग्रीन इङ्ग्लिस बोर्डिङका विद्यार्थी अभिभावकहरूलाई आज प्रशिक्षण प्रदान गरेको जानकारी दिनुभयो । चुत्राबेसीमा भएको…

Read More

काठमाडौं । ब्रोकर नम्बर २२ सिप्रवी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव ठगी आरोपमा पक्राउ परेका छन्। उनीमाथि ११ करोड ५५ लाख रुपैयाँ ठगी गरेको गम्भीर आरोप लागेको हो। शेयर कारोबारसँग सम्बन्धित यो ठगी प्रकरणमा श्रीवास्तव मात्र होइन, सिप्रवी सेक्युरिटिजका अध्यक्ष रविराज भट्टराई, प्रबन्ध निर्देशक सतिष कुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपाने पनि मुछिएका छन्। उनीहरूमाथि प्रहरीमा ठगीको उजुरी परेपछि श्रीवास्तव स्वयं प्रहरी कार्यालयमा उपस्थित भएका थिए। अनुसन्धानको आवश्यकताका कारण प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताएको छ।

Read More

म्याग्दी – म्याग्दीमा भूकम्प महसुस गरिएको छ । म्याग्दीको गुर्जाखानी आसपास भएर ४.५ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । मंगलबार दिउँसो १ बजेर २ मिनेटमा गुर्जाखानी केन्द्रविन्दु भएर भूकम्प गएको केन्द्रले जानकारी दिएको हो ।

Read More

तनहुँ — पोखराबाट नारायणगढतर्फ जाँदै गरेको इभी माइक्रो आइतबार दिउँसो व्यास–१२ स्थित छिर्कनमा दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्। बागमती प्रदेश–०६–००१ ज ०४५० नम्बरको माइक्रो दिउँसो साढे २ बजे अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर सडकमै पल्टिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ। १२ जना सवारमध्ये ९ घाइतेलाई तत्काल उद्धार गरी दमौलीस्थित प्रदेश अस्पताल लगिएको छ। उनीहरूमध्ये ७ जनाको अवस्था सामान्य, २ जनाको अवस्था मध्यम रहेको छ। २१ वर्षीय चालक महेश धोबी (मर्चवार–४, रुपन्देही)लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More