Author: नेपाल राज्य

अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँचीका निर्वतमान अध्यक्ष तथा पत्रकार अशोक कुमार खनालका ९२ वर्षीय पिता टिकाराम खनालको निधन भएको छ। मालारानी गाउँपालिका खन निवासी खनालको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ। पार्थिव शरीरलाई रिडीमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको जनाइएको छ। स्वर्गीय टिकाराम खनालका सुपुत्र अशोक खनाल प्रेस सेन्टर नेपालका केन्द्रीय सचिवालय सदस्यसमेत हुन। खनाल लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै जिल्लाका पत्रकारका रूपमा परिचित छन् । यस दुःखद घडीमा नेपाल पत्रकार महासंघ, स्थानीय सञ्चारकर्मी तथा विभिन्न सामाजिक क्षेत्रका व्यक्तिहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका हुन् ।

Read More

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक (पब्लिक) क्याम्पसहरूको दिगो भविष्य र शैक्षिक गुणस्तर सुधारका लागि तिनको जिम्मेवारी प्रदेश सरकारलाई दिनुपर्ने बताएका छन्। दाङको देउखुरीमा आयोजित प्रदेशस्तरीय भेलामा बोल्दै उनले उच्च शिक्षामा सुधार ल्याउन कानुनी अस्पष्टता हटाउन जरुरी रहेको बताए। “अनुदान दिन प्रदेश सरकार इच्छुक छ, तर कानुनी अड्चन छन्,” उनले भने, “पब्लिक क्याम्पसहरूलाई बेवारिसे बनाउने हाम्रो उद्देश्य होइन।” मुख्यमन्त्री आचार्यले शिक्षा ऐन संशोधन गरेर कक्षा १२ सम्मको जिम्मा स्थानीय तहले र पब्लिक क्याम्पसको जिम्मा प्रदेश सरकारले लिने व्यवस्थाको पक्षमा सरकार उभिएको स्पष्ट पारे। कार्यक्रममा पब्लिक क्याम्पस प्राध्यापक संघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष युवराज रावतको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको…

Read More

बुटवल । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधवकुमार खनाल सर्वसम्मत चयन भएका छन्। बुटवलमा सम्पन्न २४औं साधारणसभा तथा १२औं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा अर्जुन थापा, पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा थम्मनबहादुर भण्डारी (क्षेत्री), द्वितीय उपाध्यक्षमा प्रेमप्रसाद भट्टराई, महासचिवमा केशवराज कँडेल, कोषाध्यक्षमा अर्जुन पोखरेल, सचिवमा बाबुराम अर्याल, सहसचिवमा डिल्लीराज अर्याल (दीपक), सहकोषाध्यक्षमा खुमराज ज्ञवाली (राजन) सर्वसम्मत चयन भएका छन् । अधिवेशनको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगरप्रमुख मेयर खेलराज पाण्डेयले गरेका थिए।

Read More

चितवन । चितवनको राप्ती नगरपालिका–४ स्थित भण्डारा नजिक पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बस र माइक्रोबस ठोक्किँदा ७ जनाको ज्यान गएको छ। शनिबार बिहान सवा १० बजे भएको दुर्घटनामा अन्य १४ जना घाइते भएका छन्। धनगढीबाट काँकडभिट्टा जाँदै गरेको बस (प्रदेश १–०१–००१ ख ३५८३) र मकवानपुरबाट नारायणगढतर्फ गइरहेको माइक्रोबस (बागमती प्रदेश ०३–००१ ज २९९) एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। चितवन प्रहरीका अनुसार घाइतेहरूको भरतपुरका चार अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) असार ७ गते तीन वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ। रास्वपा पार्टीले समर्थन र साथ दिएकोमा देश–विदेशका कार्यकर्ताप्रति आभार प्रकट गरेको छ। प्रवक्ता मनीष झाले छोटो अवधिमा पार्टीले सुसासन र भ्रष्टाचारविरुद्ध सक्रिय भूमिका खेलेको बताए। सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको दाबी गर्दै नयाँ शक्तिप्रति डर भएकै कारण निरन्तर प्रहार भइरहेको आरोप लगाएका छन् ।

Read More

काठमाडौं । सोलुखुम्बु बाट काठमाडौँ आउदै गरेको बस दुर्घटना हुँदा २ जना घाइते भएका छन् । सोलुखुम्बुबाट काठमाडौँ आउदै गरेको बागमती प्रदेश ०१–००६ ख ५५८२ नम्बरको उग्रचण्डी डिलक्स बस शुक्रबार बिहान साल्मेमा पल्टिँदा चालक र कन्डक्टर घाइते भएका छन्। बिहान ४ बजे दुर्घटनामा परेका दुईजनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ भने अन्य पाँच जना सकुशल छन्। बसको दाहिने भागमा क्षति पुगेको र सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

Read More

गुल्मी, असार ५ – मुसीकोट नगरपालिकामा आयोजना गरिएको नीति तथा कार्यक्रम सार्वजनिकीकरणको समाचार संकलनका क्रममा पत्रकारमाथि भएको हातपात र दुव्र्यवहारप्रति प्रेस चौतारी नेपाल, गुल्मीले कडा आपत्ति जनाएको छ। प्रेस चौतारी गुल्मीका सचिव तथा पत्रकार सूर्य सुनारमाथि वडाध्यक्ष रविन्द्र केसी, आनन्द प्रसाद श्रेष्ठ र वडा सदस्य थम्मन जिसीबाट अभद्र व्यवहार गरिएको भन्दै संस्थाले गहिरो खेद व्यक्त गरेको छ। प्रेस चौतारी गुल्मीका अध्यक्ष नारायण प्रभात मरासिनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पेशागत कर्तव्य पालनाका क्रममा गरिएको अमानवीय व्यवहारले पत्रकारिता क्षेत्रको स्वतन्त्रता र सुरक्षामाथि गम्भीर प्रहार भएको छ। यस्तो कार्य लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रतामाथि आक्रमण हो, जुन कदापि स्वीकार्य छैन।” विज्ञप्तिमा यस्ता घटनाको…

Read More

अर्घाखाँची । मालारानी गाउँपालिकाको नयाँ नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मालारानी गाउँपालिका, अर्घाखाँचीले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि, पशुपालन, सामाजिक सुरक्षा, पूर्वाधार, स्वास्थ्य, शिक्षा र सूचना प्रविधिमा जोड दिइएको हो । जैविक मल र विषादी कारखाना स्थापना, शीत भण्डारण केन्द्र सञ्चालन, मसला उद्योग स्थापना, रैथाने बालीको प्रवर्द्धन, माटो परीक्षण मिनिल्याब, भूमि बैंक, बाख्रा नश्ल सुधार केन्द्र स्थापना लगायत कार्यक्रम छन्। स्वास्थ्यमा निःशुल्क एम्बुलेन्स सेवा, सामाजिक सुरक्षामा सहाराविहीनलाई सहयोग, ‘बालबालिकासँग अध्यक्ष’ कार्यक्रम, पर्यटन प्रवर्द्धनमा गाइडबुक र QR कोडमार्फत प्रचार, खानेपानीमा ८०% विद्युत् अनुदान र आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गरिनेछ। कार्यक्रम कार्यान्वयनमा सहकार्य र…

Read More

अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–५ बाँगीमा तीनदिने व्यवसायिक अचार बनाउने तालिम सम्पन्न भएको छ। श्री शान्ति बाटिका सामुदायिक सिकाइ केन्द्रको आयोजनामा र मालारानी गाउँपालिका वडा नं. ५ को समन्वयमा असार ३ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको तालिम बिहीबार एक कार्यक्रमका बीच सम्पन्न गरिएको हो। कार्यक्रममा बाँगीका वडा अध्यक्ष तुलसीराम मिश्र (तिलक) ले अचार उत्पादन क्षेत्रको अपार सम्भावनालाई औंल्याउँदै तालिममा सिकेका सीपलाई व्यवहारमा उतारी व्यवसायिक रुपमा अघि बढेमा आत्मनिर्भर बन्न सकिने धारणा राखे । यस्ता तालिमले ग्रामीण जनतालाई स्वरोजगार बन्न प्रेरणा दिने विश्वास समेत व्यक्त गरे । श्री शान्ति उच्च माध्यमिक विद्यालयका प्राचार्य मानबहादुर पाण्डे, सहायक प्राचार्य माधवप्रसाद पन्थी, शिक्षक…

Read More

अर्घाखाँची, असार ५ । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–३ मा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्वको मालारानी मन्दिरको पुनर्निर्माणका लागि प्रदेश सरकारबाट ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेटमार्फत मन्दिर पुनर्निर्माणका लागि सो रकम विनियोजन गरिएको हो। मालारानी मन्दिर धार्मिक पर्यटनको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ भने यस क्षेत्रको सांस्कृतिक पहिचानसँग समेत जोडिएको छ। स्थानीयवासीले प्रदेश सरकार, विशेषगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई यस ऐतिहासिक स्थलको संरक्षण र सम्वर्द्धनप्रति देखाएको चासोप्रति आभार व्यक्त गरेका छन्। मन्दिर पुनर्निर्माणपछि यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीयले अपेक्षा गरेका हुन् ।

Read More