काठमाडौं । ब्रोकर नम्बर २२ सिप्रवी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव ठगी आरोपमा पक्राउ परेका छन्। उनीमाथि ११ करोड ५५ लाख रुपैयाँ ठगी गरेको गम्भीर आरोप लागेको हो।
शेयर कारोबारसँग सम्बन्धित यो ठगी प्रकरणमा श्रीवास्तव मात्र होइन, सिप्रवी सेक्युरिटिजका अध्यक्ष रविराज भट्टराई, प्रबन्ध निर्देशक सतिष कुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपाने पनि मुछिएका छन्।
उनीहरूमाथि प्रहरीमा ठगीको उजुरी परेपछि श्रीवास्तव स्वयं प्रहरी कार्यालयमा उपस्थित भएका थिए। अनुसन्धानको आवश्यकताका कारण प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताएको छ।

