रुद्रमणि भुसाल, साउन २३- अर्घाखाँची ।
नेपाली सेना वीर भद्रजङ्ग गुल्म अर्घाखाँचीले विपत तयारी पूर्व अभ्यास तथा न्युनिकरण सम्बन्धी सचेतना मुलक कार्यक्रम आज सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा रहेको सन्धिखर्क ग्रीन इङ्लिस बोडिङ स्कुलमा सम्पन्न गरेको छ ।
कार्यक्रममा वीरभद्र जंग गुल्म अर्घाखाँचीका सेनानी रिक्कि पाण्डेले भूकम्प ,आगलागी, बाढी पहिरो जस्ता घटनामा सबैभन्दा पहिला समुदाय नै पर्ने भएका कारणले त्यसबाट बच्न के कस्ता उपायहरू अपनाउन सकिन्छ , यदि विपतमा परिहाले पहिला आफू सुरक्षित रहँदै आफ्नो टोल छिमेक र समुदायलाई समेतकसरि सहयोग गर्न सकिन्छ भन्ने विषयमा ग्रीन इङ्ग्लिस बोर्डिङका विद्यार्थी अभिभावकहरूलाई आज प्रशिक्षण प्रदान गरेको जानकारी दिनुभयो ।
चुत्राबेसीमा भएको कार्यक्रममा विपतको समयमा उद्धार गर्ने क्रममा प्रयोग गरिने विभिन्न सामग्रीहरूको बारेमा विद्यार्थीहरूलाई जानकारी गराइएको थियो। विपत प्रतिकार्य योजना कार्यक्रममा वीरभद्र गुल्म अर्घाखाँचीका सेनानी रिक्कि पाण्डे , ग्रीन इङ्लिस बोर्डिङका व्यवस्थापन समितिका अध्यक्ष डिल्ली भुसाल, बोर्डिङका प्रिन्सिपल टेकबहादुर थापा, भोइस प्रिन्सिपल नारायण भुसाल, पत्रकार अभिभावक विद्यार्थी लगायतको सहभागिता रहेको थियो।