काठमाडौँ — रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार वैदिक परम्पराअनुसार रक्षाबन्धन र जनै ग्रहण गरेका छन्।
राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेललाई पण्डित अर्जुन न्यौपानेले निर्धारित साइतमा रक्षाबन्धन बाँधी जनै परिवर्तन गरिदिएका हुन्।
राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न समारोहमा राष्ट्रपतिका आफन्तजनले पनि रक्षाबन्धन ग्रहण गरेका थिए। राष्ट्रपतिको सचिवालयका अनुसार यो कार्यक्रम पूर्ण वैदिक विधिपूर्वक सम्पन्न भएको हो।

