Author: नेपाल राज्य
अध्यक्ष चौहानको खुल्ला च्या’लेन्ज: युवालाई स्वदेश फर्काउन पाँच अर्ब बजेट अर्घाखाँची भित्र्याउनुस्
अर्घाखाँची – एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले हालैको राजनीतिक परिस्थितिलाई लक्षित गर्दै कडा चेतावनी दिएका छन् । नेताहरु लाई “दम” भए युवालाई स्वदेश फर्काउन पाँच अर्ब बजेट अर्घाखाँची भित्र्याउनुस् भनेर खुल्ला रुपमै “च्यालेन्ज” गरेका हुन् । उनले “आफै बो’क्सी आफै धामी” बनेर जनतालाई झुक्याउने नाटक गर्ने नेताहरूमाथि कटाक्ष गर्दै अब जनता सजग, चनाखो र एकताबद्ध बन्नुपर्नेमा जोड दिएका छन् । अध्यक्ष चौहानले सामाजिक संजाल लेख्दै स्वदेश तथा विदेशमा रहेका अर्घाखाँचीबासी न्यायप्रेमी जनसमुदायलाई सम्बोधन गर्दै चौहानले पञ्चायतकालीन वनमन्त्रीले गरेको धुर्त्याईपूर्ण “नाटक” स्मरण गरे । उनका अनुसार तती मन्त्रीले जनतालाई आफैँ रुख काट्न लगाए, आफैँ उजुरी गरेर पक्राउ गर्न लगाए, पैसासहित…
पाल्पा –पाल्पा जिल्ला रम्भा गाउँपालिका–४ हुमिनस्थित लालीगुँरास बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बम्रेल ठगी आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी प्रमुख पवनकुमार भट्टराईका अनुसार, बम्रेलले करिब २ करोड ८७ लाख ५७ हजार रुपैयाँ सहकारीमार्फत फर्जी कर्जादाता देखाई अपचलन गरेको आशंकामा घरमै छापा मारेर नियन्त्रणमा लिइएको हो। २०७८ माघमा अध्यक्ष बनेका सुवी विकले रकम लगानीबारे प्रश्न उठाएपछि अनियमितता सतहमा आएको बताइएको छ। सञ्चालक समितिलाई जानकारी नदिइ रकम प्रयोग भएको उजुरीकै आधारमा प्रहरीले कारबाही अघि बढाएको हो। यो सहकारीमा रम्भा, पूर्वखोला, बगनासकाली र माथागढी गाउँपालिकाका झण्डै एक हजार सेयर सदस्य छन्। बचतकर्ताको करिब पाँच करोड र राष्ट्रिय सहकारी बैंकको झण्डै…
अर्घाखाँची – अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा अवस्थित होटेल साथी चाडपर्व लक्षित गरि नयाँ व्यवस्थापनका साथ विशेष अफरसहित आकर्षक सेवाको सुरुवात गरेको छ । आउदै गरेका चाडपर्व र सामाजिक-सांस्कृतिक अवसर लाई ध्यानमा राख्दै होटलले विशेष योजना र सेवासहित ग्राहकलाई आकर्षित गर्ने तयारी गरेको हो। होटेल साथी संचालक बाबुराम भुसालका अनुसार चाडपर्व विशेष अफर अन्तर्गत चार–पाँच जनाभन्दा बढीको समूहमा आउने ग्राहकले विशेष छुट पाउने छन्। स्थानीय उपभोक्तालाई थप सहज बनाउन सन्धिखर्क आसपासका संघ–संस्था, कार्यालय र व्यवसायिक प्रतिष्ठानलाई होम डेलिभरी सेवा, एसि सहित डिलक्स रुम समेत उपलब्ध गराउने उनले बताए। होटल साथीमा तीजको दर खाने कार्यक्रम, जन्मदिन मनाउने अवसर, हल्दी–मेहन्दी, विवाहलगायतका पारिवारिक र सामाजिक…
बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौं सारिने भएको छ। सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका उनले सुरक्षा अभाव भएको भन्दै कारागार विभागमा निवेदन दिएका थिए। त्यसपछि विभागले शुक्रबार सरुवा गर्ने निर्णय गरेको हो। लामिछानेलाई आज (शनिबार) दिउँसो ३ बजे बुद्ध एयरमार्फत काठमाडौं ल्याइने र नख्खु कारागारमा राखिने जिल्ला प्रहरी रुपन्देहीले जनाएको छ। केही दिन अघि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा असुरक्षित रहेको बताएका थिए। उनी काठमाडौं आउने खबरसँगै पत्नी निकिता विमानस्थल पुग्ने तयारीमा छिन् भने समर्थकहरू पनि स्वागतका लागि विमानस्थल…
अर्घाखाँची – अर्घाखाँची जिल्लामा रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय हालकै स्थानमा कायम रहने भएको छ। प्रतिनिधिसभा सदस्य विजुला रायमाझीका अनुसार आफू, सुशिला श्रीपाली,विष्णु मुस्कान र केशव श्रेष्ठले प्रधानमन्त्री तथा खानेपानी मन्त्रीसँग भेट गरी कार्यालय स्थानान्तरण नगरी यथास्थानमै राख्न आग्रह गरेपछि कार्यालय अघिल्लै ठाउँमा कायम रहने सहमति भएको हो। रायमाझीले यसलाई जिल्लावासीका लागि ठूलो उपलब्धि भएको बताउँदै यस कदमले अर्घाखाँचीका नागरिकलाई सहज र छिटो सेवा पाउन मद्दत गर्ने विश्वास व्यक्त गरेकी छन्।
लुम्बिनी धार्मिक तथा सांस्कृतिक पर्यटनको अपार सम्भावना बोकेको प्रदेश : मुख्यमन्त्री आचार्य
दाङ -लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई धार्मिक र सांस्कृतिक पर्यटनको महत्त्वपूर्ण गन्तव्य बनाउन सकिने स्पष्ट गर्दै प्रदेशमा अपार सम्भावना रहेको बताएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले भगवान बुद्धको जन्मभूमि लुम्बिनी मात्र नभई प्रदेशभित्रका अन्य ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाले समेत विदेशी पर्यटकलाई आकर्षित गर्ने बलियो आधार तयार गरेको बताए । उहाँले पर्यटनमैत्री पूर्वाधार, स्वच्छ वातावरण र आतिथ्यपूर्ण व्यवहारमा सबै पक्षको ध्यान आवश्यक रहेको उल्लेख गर्दै सबैको सहकार्यद्वारा प्रदेशलाई पर्यटकीय केन्द्रका रूपमा उभ्याउन सकिने धारणा राखे । शुभकामना सन्देशमार्फत मुख्यमन्त्री आचार्यले कृष्ण जन्माष्टमीजस्ता पर्वहरूले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजलाई आपसी प्रेम, सहिष्णुता र सद्भावमा बाँध्ने…
रुद्रमणि भुसाल,साउन ३०- अर्घाखाँची । पहाडी जिल्लाहरुमा बर्खायाममा पानीबाट हुने विपद न्यूनीकरणका लागि अर्घाखाँचीमा विपद् प्रतिकार्य पूर्व तयारी अभ्यास गरिएको छ । सन्धिखर्क नगरपालिका ७ दहखोलामा गुडिरहेको बसलाई पहिरोसहित आएको बाढीले बगाएपछि गरिने उद्धार सम्बन्धी नमुना अभ्यास गरिएकको हो । जिल्ला विपद् व्यवस्थापन समिति अर्घाखाँचीले प्राकृतिक विपत्तिमा परेकाहरुलाई तत्काल उद्धार, उपचार तथा राहत उपलब्ध गराउने योजनाअनुसार तयारी पारिएको उद्धारसम्बन्धी अभ्यास प्रदर्शन गरिएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानारी दिनुभयो । मनसुनको समयमा बाढी, पहिरोलगायत विभिन्न प्रकारका सम्भावित प्राकृतिक विपत्तिहरूमा परेका सर्वसाधारणलाई तत्काल उद्धार गर्ने उद्देश्यले नेपाली सेना , नेपाल प्रहरी, सशस्त्र प्रहरी ,नेपाल रेडक्रस सोसाइटी, जिल्ला अस्पतालको संयुक्त उद्धार…
काशीराम घिमिरे, अर्घाखाँची- द्वापरयुगको अन्त्यतिर, कृष्ण जन्माष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको स्मरणमा आजको दिन यो पर्व मनाइन्छ। बाल्यकालदेखि नै चञ्चल स्वभावका उनी गोबिन्द, काले कृष्ण, मुरारे, दही चोर जस्ता नामले परिचित थिए। दही उनका प्रिय भोजनमध्येको थियो, र मुरली उनको प्रिय वाद्य। कथाअनुसार, मुरलीको मधुर धुनमा मोहित हुने सोह्र सय गोपिनीहरू पनि थिए। उनी ज्ञान, कर्मयोग र भक्तियोगका प्रेरणास्रोत मानिन्छन्। श्रीकृष्णको जन्म अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिको अन्त्य गर्दै मानव जातिको रक्षा गर्नका लागि भएको मानिन्छ। धर्मशास्त्रअनुसार, उनी आमा देवकी र मामा कंशका दाजु–बहिनीको कोखबाट जन्मिएका हुन्। कंशले भविष्यवाणीअनुसार आठौं सन्तानले आफूलाई मार्ने थाहा पाएपछि देवकीका सात सन्तानहरू मारे।…
३० साउन, ललितपुर — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालभित्र सञ्चालन हुने कुनै पनि सामाजिक सञ्जाल अब कानुनबाहिर नरहने बताएका छन् । आइसिटी फाउण्डेशनको ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ उद्घाटन गर्दै उनले स्पष्ट चेतावनी दिँदै भनेका छन् सामाजिक सञ्जालहरूलाई अनिवार्य दर्ता, कर भुक्तानी र कानुनी दायित्व पुरा गर्ने व्यवस्थामा ल्याउने तयारी सरकारको शीर्ष प्राथमिकतामा रहेको बताएका हुन् । उनका अनुसार, सूचना प्रविधिसम्बन्धी कारोबार नेपाल सरकारलाई थाहा हुनु जरुरी छ, र कानुन अनुसार दायित्व पूरा गर्नेहरूलाई मात्र सञ्चालनको अनुमति मिल्नेछ । फेसबुकदेखि एआईसम्मका उदाहरण दिँदै ओलीले भने– “दुर्गम गाउँका बूढीआमाले समेत फेसबुक चलाउन सक्ने अवस्थामा हामी पुगिसक्यौं, अब यो प्रविधि सही दिशा र…
अर्घाखाँची – एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले नौमुरे आयोजना र खानेपानी कार्यालय खारेज गरेर सरकारले अर्घाखाँचीमाथि योजनाबद्ध प्रहारगरेको बताएका छन् । अर्घाखाँची जिल्लामा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवल सारिएको तातो घाउ अझ पुरै निको नहुँदै, अब नौमुरे बहुउद्देश्यीय आयोजना को अर्घाखाँचीस्थित कार्यालयसमेत खारेज गरी उर्जा मन्त्रालय, काठमाडौंमा पुर्याइएकोमा सरकारले गरेको निर्णयप्रति जिल्लाभर आक्रोश बढ्दै गएको छ । एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष चौहानले पटकपटक विरोध गरेका हुन् । यो निर्णय लाई “जिल्लाको अस्तित्व समाप्त पार्ने योजनाबद्ध प्रहार” भएको भन्दै सामाजिक सञ्जालमार्फत कडा शब्दमा विरोध जनाएका छन्। गत आर्थिक वर्ष २०८१/०८२ मा सितगङ्गा नगरपालिका–८ स्थित कार्यालयमार्फत १६ करोड ८०…
