Author: नेपाल राज्य
गुणस्तरीय काम गर्ने व्यवसायीलाई सम्मान, ढिला र गुणस्तरहीन काम जनतामाथिको अन्याय: सन्धिखर्क नगरप्रमुख श्रेष्ठ
अर्घाखाँची, असार ११ । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले निर्माण व्यवसायीहरुले गुणस्तरीय काम गर्नुपर्ने स्पष्ट पारेका छन्। उनले राम्ररी काम गर्ने व्यवसायीलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिनुपर्ने बताए। नगरप्रमुख श्रेष्ठले विकास निर्माणमा ढिलासुस्ती र कमजोर कामले जनतामा निराशा बढाउने बताएका हुन् । उनले समयभन्दा अघि योजना सकाउने युवा निर्माण व्यवसायी कविराम खनालको प्रसंशा गरेर धन्यवाद समेत दिए। “५ वर्षको ठेक्का १२ वर्षसम्म अल्झाउने, गुणस्तरहीन काम गर्नेहरूकै कारण जनता मारमा परेका छन्,” उनले भने, “त्यसैले अब समयमै र गुणस्तरीय काम गर्नेहरूलाई प्रोत्साहन गर्न आवश्यक छ।” नगर प्रमुख श्रेष्ठले जनताको करबाट निर्माण हुने योजना समयमा, गुणस्तरका साथ सम्पन्न भए मात्र त्यसको प्रत्यक्ष…
काठमाडौं । भारतको सहयोगमा इरानबाट ६ नेपाली नेपाल आइपुगेका छन् । इरानबाट उद्धार गरिएका ६ जना नेपाली स्वदेश फर्किएका छन् । भारतले आफ्ना नागरिकहरुसँगै उनीहरूको उद्धार गरेर दिल्ली ल्याएको थियो । उद्धारमा परेका सबै जना बुटवलका हुन् । दिल्लीस्थित नेपाली दूतावासका अनुसार गणेशप्रसाद पोखरेल, सुमन गैरेसहित अन्य चार जना गायत्री, उत्सव, सागर र बुद्धी नेपाल फर्किएका हुन् । इरान–इजरायल युद्धमा अमेरिकी तथा कतारी पहलमा युद्धविराम भएपछि उनीहरू दिल्ली हुँदै नेपाल फर्किएका हुन् ।
अर्घाखाँची, असार ११ । समयभन्दा अघि योजना सकाउने युवा निर्माण व्यवसायी कविराम खनाल सम्मानित भएका छन् । ‘कामले नै चिनिन्छ मान्छे’ भन्ने भनाइ चरितार्थ गर्दै युवा निर्माण व्यवसायी कविराम खनालले फेरि एकपटक आफ्नो दक्षता प्रमाणित गरेका छन्। उनले तोकिएको समयभन्दा ४ महिना १० दिन अघिनै निर्माण कार्य सम्पन्न गरेर उदाहरणीय काम गरेका छन्। उनको यस सराहनीय कार्यको उच्च मुल्याङ्कन गर्दै सडक पूर्वाधार कार्यालय अर्घाखाँचीले एक विशेष कार्यक्रमका बीच खनाललाई प्रमाणपत्र प्रदान गरी सम्मान गरेको हो। सम्मान कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ, सडक पूर्वाधार कार्यालय प्रमुख गोपिराज पुन मगर लगायतको उपस्थिति रहेको थियो।…
काठमाडौं , असार ११ । सत्तारुढ नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सारिएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएअनुसार बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको थियो तर अब ३ बजेसम्मका लागि सारिएको हो । बैठकमा पार्टीको आगामी विधान महाधिवेशनको पूर्वतयारी, संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल हुने एमाले नेताहरूले बताएका छन् । एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरस्थित गोदावरीको सनराइज सम्मेलन केन्द्रमा हुँदैछ । त्यसकै तयारीका लागि आजको सचिवालय बैठक बस्न लागेको हो । महाधिवेशनलाई लक्षित गर्दै एमालेले विभिन्न तह र संगठनका बैठक तथा अभियानलाई तीव्रता दिइरहेको छ…
हिम लेकाली -सन्धिखर्क, असार १० । नेपाल औषधि व्यवसायी संघ अर्घाखाँचीले मङ्गलबार सन्धिखर्कमा एक कार्यक्रमकाे आयाेजना गरि दिवस मनाएकाे छ। संस्थाकाे आयाेजना र जिल्ला प्रहरी कार्यालयकाे सहकार्यमा याे दिवस प्रहरी कार्यालयकाे सभाकक्षमा मनाईएकाे हाे । दिवसकाे उपलक्ष्यमा संस्थाले जिल्ला प्रहरी कार्यालय मार्फत ट्राफिक प्रहरी कार्यालयलाई १०० थान लापसे (लागु पदार्थ सेवन ) चेक जाँच कीट ( Urine tast stick ) प्रदान गरेकाे छ । संस्थाका अध्यक्ष राम प्रसाद अधिकारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संस्थाका लुम्बिनी प्रदेश सदस्य अर्घाखाँची जिल्ला ईन्चार्ज डा. धर्मराज भट्टराईले दिवसकाे अवसरमा शुभकामना ब्यक्त गर्दै याे चेक जाँच प्रभावकारी भएकाेले सवारि दुर्घटना न्युनिकरण र युवाहरू दुर्व्यसन बाट…
एकीकृत समाजवादी अर्घाखाँचीको बैठक सम्पन्न : किसानको पीडा, जिल्लामाथि अन्याय र सुशासन अभियानको समीक्षा
अर्घाखाँची, असार १० । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अर्घाखाँची जिल्ला पदाधिकारीको तेस्रो बैठक सन्धिखर्कमा सम्पन्न भएको छ। जिल्ला अध्यक्ष रामबहादुर चौहानको अध्यक्षता र सचिव हृदयकुमार भुसालको सञ्चालनमा बसेको बैठकले किसानको पीडा, जिल्लामाथिको अन्याय र पार्टी अभियानबारे गम्भीर छलफल गरेको छ। बैठकले हालै लुम्बिनी प्रदेश कमिटीको सचिवालय सदस्यमा चयन भएका नेताद्वय तारापति भट्टराई र दिनामणी बेल्बासेलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। साथै, देशभर सञ्चालनमा रहेको “सुशासन र रोजगारी, समाजवादको तयारी” अभियानको समीक्षासहित अर्घाखाँची जिल्लामा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। बैठकले अहिलेको मुख्य कृषि सिजनमा रासायनिक मलको चरम अभावप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। किसानहरू…
लक्ष्मी खनाल-अर्घाखाँची, असार १० । भूमिकास्थान नगरपालिका भित्र नवप्रवेशी शिक्षकहरूको लागि आयोजित दुई दिने सेवा प्रवेश तालीम सम्पन्न भएको छ । २०८१ साल चैत १२ गते प्राथमिक तह तृतीय श्रेणीमा स्थायी नियुक्ति पाएर नगरभित्रका विभिन्न विद्यालयहरूमा कार्यरत ३२ जना नवप्रवेशी शिक्षकहरूलाई लक्षित गर्दै संचालन गरिएको तालीम आज समापन गरिएको हो । असार ९ गतेदेखि सुरु भएको तालीम आज एक विशेष कार्यक्रमका साथ तालीममा कुशल प्रशिक्षकमार्फत विद्यालय प्रवेशसँगै देखिने समस्या, समाधानका उपाय, पाठ्यक्रम र निर्देशिकाको अध्ययन, वार्षिक तथा दैनिक कार्ययोजना तयारी, पाठ्यक्रम अन्तर्गत योग अभ्यासका क्रियाकलापहरूको प्रभावकारी अभ्यास र शिक्षण क्रममा देखिने समस्याहरू समाधान गर्न आवश्यक सीप सिकाइएको थियो । साथै,…
अर्घाखाँची, असार १० । मालारानी गाउँपालिकाले “कृषि, पर्यटन र सहकारीः समृद्ध मालारानी” मूल नारासहित आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु. ६२ करोड ९२ लाख ५१ हजारको बजेट सार्वजनिक गरेको छ। मालारानी गाउँपालिकाको १९ औँ गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष दीपा पोखरेलले बजेट प्रस्तुत गर्दै स्रोत सीमित भए पनि आवश्यकता र जनचाहनाअनुसार सहभागितामूलक बजेट तयार गरिएको जानकारी दिइन्। प्रस्तावित बजेटमध्ये रु. ४५ करोड ७१ लाख २९ हजार चालु खर्च र रु. १७ करोड २१ लाख २२ हजार पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ। कृषि, उद्योग र पूर्वाधारमा प्राथमिकता गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा १ करोड ७९ लाख ५० हजार छुट्याएको छ।…
सन्धिखर्क, असार ९ । सन्धिखर्क नगरपालिका-९ अर्घाका वडा अध्यक्ष पदम बहादुर भुसालले वडा भित्रका घरपरिवारलाई २० युनिट बराबरको विद्युत महसुल छुट दिने घोषणा गरेका छन्। सोमबार आयोजित वडा स्तरीय छलफल कार्यक्रममा अध्यक्ष भुसालले आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गलाई राहत दिने उद्देश्यले उक्त योजना ल्याइएको जानकारी दिए। “विद्युत् शुल्क छुटका साथै वडाभित्र विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षालाई प्राथमिकता दिने योजना बनाएका छौँ, वडा लाई नमुना बनाउछौ ” अध्यक्ष भुसालले भने। यस निर्णयसँगै सन्धिखर्क-९ अर्घाका बासिन्दाले केही हदसम्म राहत महसुस गर्ने आशा गरिएको छ।
अर्घाखाँची । नेपाली कांग्रेस निकट नेपाल दलित संघ अर्घाखाँचीको अध्यक्षमा राजेन्द्र विश्वकर्मा चयन भएका छन्। संघको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले ४१ जिल्लाका लागि जिल्ला तदर्थ समितिको अध्यक्ष मनोनयन गरेको हो। संघका अध्यक्ष लोकबहादुर विश्वकर्माका अनुसार संखुवासभामा चक्र विसुन्खे, अर्घाखाँचीमा राजेन्द्र विश्वकर्मा र गोरखामा इतराज सुनारसहित ४१ जिल्लामा नयाँ नेतृत्व चयन गरिएको हो।
