दमाम ।
साउदी अरबको दमाममा राहदानी आवेदन सङ्कलन शिविर सञ्चालनको पहिलो दिन शुक्रबार ४०३ जनाले आवेदन दिएका छ्न ।
अल फैसलिया दमाममा तीन दिन सम्म सञ्चालन शिविरले नेपाली श्रमिकहरु लाई पासपोर्ट नविकरण गर्न सहज भएको गैरआवासीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषद मध्यपूर्व संयोजक राजेन्द्र अर्यालले जानकारी दिएका हुन ।
शुक्रबार राहदानी लिन बाँकी रहेका पूर्वी क्षेत्रका दमाम, जुबेल, अलहासा, खोबर, कतिफ लगायतको स्थानका आवेदकहरुको ७१५ वटा राहदानी वितरण समेत गरेको थियो ।
साउदिमा नेपाली श्रमिकहरूलाई राहदानी बनाउनकै लागि दूतावास धाउन अनेकौं समस्या हुने गरेको भन्दै उनीहरूलाई पायक पर्ने स्थानबाट राहदानी सम्बन्धी सेवा दिएको दूतावासले जनाएको छ ।
नेपाली दूतावास टाढा हुँदा राहदानी लगायतका कागजात सम्बन्धी समस्या भोग्दै आएका नेपालीले शिविरमार्फत सेवा पाँउदा राहतको अनुभूति गरेका हुन । दमाम बाटै राहदानी सेवा लिन पाउँदा अत्यन्तै सहज भएको विगत लामो समयदेखि बस्दै आएका काठमाडौँका सुदिप घिसिङले दूतावास र सहजीकरण गने एन आर एन ए लगाएतको टिम लाई धन्यवाद दिदै प्रतिक्रिया दिएका थिए।