दाङ ।
बन्दको आह्वान गरेको दल नेत्र विक्रम चन्द (विप्लव) नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले टिप्परमा आफूहरुले आगजनी नगरेको जनाएको छ।
पार्टीका दाङ जिल्ला इन्चार्ज सितल वलीले टिप्परमा आफूहरुले आगजनी नगरेको बताएका हुन्।
बन्द सफल बनाउन शान्तिपूर्ण रुपमा सवारी साधन रोक्ने, अटेर गर्नेको चावि नियन्त्रणमा लिने बाह्यक तोडफोड र आगजनी गर्ने कुनै कार्यक्रम नरहेको वलीले बताए। उनले भने केही समुह ले हाम्रो पार्टी लाई बदनाम गर्न अगाडि बढेको बताए ।
नेकपासहित आज ४ राजनीतिक दलले नेपाल बन्दको आह्वान गरेका छन्।