काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पटक-पटक सत्ता परिवर्तनको चलखेल बन्द भएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै सत्तामा प्वाल पार्ने काममा बन्ध्याकरण भए बताए ।
“सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवम् जनतालाई तिरस्कार गर्दै सत्ता पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ,” प्रधानमन्त्री ओलीले भने, “पटक–पटक विश्वासको मत लिने तमाशाबाट मुक्त भएका छौँ ।”