बिक्रम नेपाली, अर्घाखाँची ।
राष्ट्रिय खाेप कार्यक्रम अन्तरगत अर्घाखाँची जिल्ला मा पनि जिल्ला स्तरीय दादुरा रुबेला खाेप अभियान अभिमुखिकरण तथा याेजना तर्जुमा गाेष्ठी सम्पन्न भएकाे छ ।
जिल्ला स्वास्थ्य कार्यलय अर्घाखाचीकाे आयाेजनामा सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, भुमिकास्थान नगरपालिका, मालारानी गाउपालिका,छत्रदेव गाउपालिका र पाण्डेनी गाउपालिकाका गरि ६ वटै स्थानीय तहका स्वास्थ्य कर्मीहरु विच ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई आगामी फागुन १३ देखि १७ गते सम्म जिल्लाकाे ६१ वटा वडामा संचालन हुने दादुरा रुबेला खाेप अभियान अभिमुखिकरण तथा याेजना तर्जुमा गाेष्ठि सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएकाे छ ।
बालबालिकामा लगाईने दादुरा रुबेला खाेपलाई प्रभावकारी बनाउन गाेष्ठी मै उपस्थित स्वास्थ्य कर्मीहरुद्धारा विभिन्न जिम्मेवारी बाडफाड गरि डेमाे समेत प्रतुत गरीएकाे थियो । याे गाेष्ठी अत्तनतै जटिल भयको ले सम्बेदंशीलभै यो अभियान लाई सफल पार्न उपस्थित स्वास्थ्य कर्मीहरुलाई स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव नेपालीले आग्रह गरेका छन । दादुरा रुबेला राेग लागेकाे १ जना बालबालिका बराबर १८ जना बालबालिकाहरुलाई सरी सक्रमित भई मृत्यु समेत हुने भएकाेले याे खाेप ताेकिएकाे उमेर समुहका बालबालिकाहरुलाई नछुटाई अनिवार्य रुपमा लगाउनु पर्ने स्वास्थ्य कार्यालयका सुचना अधिकारी विजय वि.क ले जानकारी दियका छ्न।