Author: नेपाल राज्य
अर्घाखाँची — सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ नगर आयोजनाको छैटौं अधिवेशनका लागि जिल्लामा सक्रिय चार राजनीतिक दलले युवा समाजसेवी युवराज खत्री “प्रेम” लाई अध्यक्षका लागि साझा उम्मेदवारका रूपमा अघि सारेका छन्। साझा प्यानलमा अध्यक्षका उम्मेदवार खत्रीसँगै बाबुराम भुसाल वरिष्ठ उपाध्यक्ष, भेष बहादुर के.सी. उपाध्यक्ष, जीवलाल पौडेल (गोपाल) सचिव, कल्पना पोखेल सह–सचिव र सुमित्रा मुखिया कोषाध्यक्षका उम्मेदवार छन्। सदस्यमा कमला अर्याल, मतिलाल खनाल र नविन सुनार छन्। लेखा समितिको संयोजकमा सुनिता बेल्वासे र सदस्यमा ज्ञान बहादुर विश्वकर्मा तथा कमल ढकाल लाई अगाडि सारेका छन् । मंसिर २ गते हुने अधिवेशनलाई लक्षित गर्दै चार दलले संयुक्त अपिल जारी गरेका छन्। अपिलमा…
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले चाँडै नै निर्वाचनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेको बताएकी छन्। उनले सोमबार नागरिक समाजका प्रतिनिधिहरूसँग छलफल गर्दै युवाहरूमा देखिएको असन्तुष्टि सम्बोधन गर्न सरकारले विशेष पहल गरिरहेको उल्लेख गरिन् । उनले भनेकी छन्, ‘उनीहरूको मन जित्न र निर्वाचनमा युवा सहभागिता बढाउनका लागि हामी निर्वाचन सम्बन्धी अध्यादेश र अन्य उपायमार्फत संरचनात्मक सुधारका कदमहरू चाल्दै छौँ। यसबाट उनीहरूको असन्तुष्टिको राजनीतिक सम्बोधन हुनेछ।’ जेनजी आन्दोलन गहिरो राजनीतिक असन्तुष्टिको अभिव्यक्ति हो भन्नेमा आफूहरू प्रस्ट रहेको पनि प्रधानमन्त्री कार्कीले बताइन् । ‘जेनजी आन्दोलनलाई हामीले केवल कानुन व्यवस्थाको विषय मात्र मानेका छैनौँ । यो व्यवस्थाप्रतिको गहिरो राजनीतिक असन्तुष्टिको अभिव्यक्ति हो, जसको कारण…
अर्घाखाँची । अर्घाखाँचीका समाजसेवी तथा नेपाली कांग्रेस नेता मणिराम पौडेलको कार दुर्घटनामा मृत्यु भएको छ। बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ५०७५ नम्बरको कार नवलपरासीमा अनियन्त्रित भई पुलबाट खोल्सामा खस्दा ८० वर्षीय पौडेलको घटनास्थलमै निधन भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी विरदत्त पन्तका अनुसार कार चालक तथा पौडेलका छोरा हरिशचन्द्र पौडेल घाइते भएका छन्। उहाँको अवस्था सामान्य रहेको र पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कारमा बाबु–छोरा मात्र सवार रहेको र दुर्घटना सुनवल नगरपालिका–१३ सूर्यबस्ती नजिकै भएको प्रहरीले जानकारी दिएको छ।
लक्ष्मी खनाल ,अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान -९ भगवती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले तीनदिने शैक्षिक अवलोकन भ्रमण सफलतापूर्वक सम्पन्न गरेका छन्। मंसिर २८ गतेदेखि सुरु भएको तिनदिने भ्रमणमा विद्यार्थी र शिक्षकहरूले आफ्नै पहलमा प्रतिव्यक्ति दुई हजार रुपैयाँ संकलन गरी सहभागिता जनाएका थिए। भ्रमणको पहिलो दिन टोलीले रिडी तिनमुुखे पुल, कालिगण्डकी जलविद्युत आयोजना, बागलुङको प्रसिद्ध कालिका मन्दिर र बागलुङ झोलुङ्गे पुलको अवलोकन गर्यो। दोस्रो दिन उनीहरू पोखराका प्रमुख धार्मिक र पर्यटकिय स्थल पुम्दिकोट, गुप्तेश्वर गुफा, मेट्लाङ, माउन्टेन संग्रहालय, अनौठो सेती खोंच, फेवाताल, तालबाराही मन्दिर र महेन्द्र गुफा पुगे। तेस्रो दिन मनकामना केबलकारको यात्रा गर्दै मनकामना मन्दिर पूजाआराधना…
अर्घाखाँची । रुपन्देही तिलोत्तमामा चलिरहेको महिला क्रिकेट ट्यालेन्ट हन्टमा अर्घाखाँचीका खेलाडीले प्रभावशाली प्रदर्शन गरेका छन्। आजको पहिलो खेलमा ममता जिसी, महिमा आचार्य र सुजता नेपालीको बलिङ चम्किएको छ । अर्घाखाँचीबाट खेल्दै ममता जिसीले ५ ओभरमा ३० रन दिँदै ५ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरिन्। महिमा आचार्यले पनि ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिएर टोलीका लागि बलियो योगदान दिइन्। त्यसैगरी, सुजता नेपालीले ४ ओभरमा ३२ रन दिएर १ विकेट हात पारिन्। आयुषा भुसालले ५ ओभरमा ३२ रन र युनिसा खनालले २ ओभरमा ७ रन दिए पनि दुवैले विकेट लिन सकेनन्। अर्घाखाँचीका खेलाडीहरूको समग्र प्रदर्शनले ट्यालेन्ट हन्टमा जिल्लाको उपस्थिति मजबुत…
रुद्रमणि भुसाल, अर्घाखाँची । सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेसँगै जिल्ला मतदान स्थाल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले पाणिनी गाउँपालिका र सितगंगा नगरपालिकामा गरी ६ वटा मतदान स्थल थप गर्नको निम्ति केन्द्रीय निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुबेदीले जानकारी दिनुभयो । वडा मतदान स्थल तथा केन्द्र सिफारिस समितिको बैठकले मतदान केन्द्र निर्धारण कार्यविधि २०८१ अनुसार सिफारिस गरिएको सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जानकारी दिनुभयो । सिफारिस समितिले सितगंगा नगरपालिकाको वडा नम्बर ११ को धर्मोदय मावि ढुङ्गेश्वरा, दुम्सी आधारभूत विद्यालय तुम्सी, तारा ज्योति आधारभूत विद्यालय दोबाटो त्यस्तै वडा…
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान–४ कल्लेरीमा एक आमाले आफ्नै छोरीको ज्यान लिएको घटना बाहिर आएको छ। बिहान तरकारी काट्ने बेलामा हँसिया प्रहारबाट ४ वर्षीया छोरीको मृत्यु भएको प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए। ३१ वर्षीया आमाले केही वर्षदेखि मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचार गर्दै आएकी थिइन्। घटना भएलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।
अर्घाखाँची । सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको मंसिर २ गते हुने छैटौं अधिवेशनका लागि दुई जनाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। हालका कोषाध्यक्ष तथा युवा व्यवसायी युवराज खत्री (प्रेम) ले संस्थाको समग्र विकास र हितलाई प्राथमिकता दिने उद्देश्यसहित आफूलाई साझा उम्मेदवारका रूपमा घोषणा गरेका छन्। यता स्वतन्त्र नागरिक समाजको तर्फबाट बाबुराम भुसालले पनि अध्यक्षमा उम्मेदवारी सार्वजनिक गरेका छन्। उनी साथी होटलका सञ्चालक हुन् र लामो समयदेखि सामाजिक सेवामा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। जिल्लामा दुबै जना लोकप्रियताका हिसाबले परिचित छन्। खानेपानीजस्तो संवेदनशील विषयमा उपभोक्ताको लागी पानीको गुणस्तर, सुधारका उपाय, सहज शुल्क र सेवा प्रभावकारिता बनाउनुपर्ने आजको आवश्यकता…
शोभाखर पन्थी , अर्घाखाँची । ज्ञानप्रकाश माध्यमिक विद्यालय सन्धिखर्क-१२ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नारायण बस्याल सर्वसम्मत चयन हुनुभएको छ । नेकपा एमाले जिल्ला कमिटी सदस्य रहनु भएका बस्याल जिल्लामा स्थापित सामाजिक तथा राजनीतिक व्यक्तित्व हुनुहुन्छ । युवाहरुको बीच लोकप्रिय रहनु भएका उहाँ नेकपा एमालेको तर्फ बाट जिल्लाको युवा इन्चार्ज समेत हुनुहुन्छ । आधादर्जन बढी सामाजिक संघ संस्थाको नेतृत्व गरिसक्नु भएका उहाँ यस अघि सन्धिखर्क नगर पालिका वडा नं.१२ को वडा सदस्य हुनुहुन्थ्यो । यसैगरी समितिको सदस्यमा अजय बस्याल,अशोक खड्का,हिमकला टमटा ,तुल्शा कुवर,प्रेमकला भुसाल सर्वसम्मत चयन हुनुभएको छ । सर्वसम्मत अध्यक्ष चयन भएपछी बस्यालले विद्यालयको भौतिक संरचना निर्माण र शैक्षिक गुणस्तर…
रुद्रमणि भुसाल ,अर्घाखाँची । जेन-जी आन्दोलनका क्रममा काठमाडौंको बानेश्वरमा भदौ २३ गते प्रहरीको गोली लागि मृत्यु भएका अर्घाखाँचीका माधव सारू मगरको परिवारले आफ्नो छोरा गुमाएको दुई महिना पुग्दा पनि सरकारले शहीद घोषणा गर्नेबाहेक अरू केही गर्न नसकेकोमा दुःख व्यक्त गरेका छन् । परिवारको साहारा जेठो छोरा नै नरहेपछि अरू छोरोछोरीको भविष्यको निम्ति बुबा चन्दबहादुर फेरि वैदेशिक रोजगारीमा जाने बाध्यतामा हुनुहुन्छ । पछिल्लो ९ वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका चन्द्रबहादुर सारू छोरा माधवको जेन-जी आन्दोलनमा मृत्यु भएको खबर सुनेर स्वदेश फर्कनुभएको थियो । परिवारको भविष्यको साहारा देशका लागि शहीद भए पनि सरकारले शहीद परिवारलाई उचित रोजगारीको व्यवस्था गरिदेला कि भन्ने…
