Author: नेपाल राज्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु १४ हजार ६०० ले बढेको छ भने चाँदी पनि तोलामा रु चार सय १५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९२० कायम भएको छ । हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७३ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५०५ कायम भएको थियो । गत सोमबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७५ हजार…

Read More

अर्घाखाँची । अर्घाखाँची अस्पतालले आफ्नो स्वास्थ्य सेवा प्रभावकारी व्यवस्थित र भरोसायोग्य भएको दाबी गर्दै जिल्लावासीलाई ढुक्क भएर यही उपचार गर्न आग्रह गरेको छ । अस्पतालमा हाल उपलब्ध सेवा गुणस्तरीय र परिणाममुखी रहेको अस्पतालका सम्पूर्ण कर्मचारीहरू जिम्मेवारीपूर्वक खटिरहेको स्वास्थ्य उपकरणहरू उचित प्रयोगमा रहेको र सेवामा कुनै कमी नआउने सुनिश्चित गरिएको अस्पतालका वरिष्ठ चिकित्सक (MDGP) डा. खगेन्द्र आचार्यले जानकारी दिए ।“हामीले बिरामीलाई गुणस्तरीय सेवा दिन कुनै कमी गर्न छोडेका छैनौं। सीमित स्रोत–साधनका बाबजुद पनि उपचार प्रभावकारी छ” डा. आचार्यले भने । पछिल्ला केही महिनामा अस्पतालमा उपचार गराउन आउने बिरामीहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ। बिरामी र उनका परिवारले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।…

Read More

काठमाडौँ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले चलचित्र तेलभिसाका निर्माता शिवराज कार्कीलाई पक्राउ गरेको छ। वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा पासाङ नोर्बु तामाङसहितका व्यक्तिले दिएको जाहेरीका आधारमा प्रहरीले स्वयम्भुबाट पक्राउ गरेको हो। सुन्धुलीको सुनकोशी गाउँपालिका ७ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका- ४ माकलबारी बस्ने कार्कीले २५० जनालाई अमेरिका लैजाने भनी ठगी गरेको आरोप छ। १०० जनाभन्दा पीडित प्रहरीको सम्पर्कमा पुगेका छन्। कार्कीलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्टले जानकारी दिए। चाबहिलमा पी एण्ड एम इनोभेशन सर्भिस नामको कन्सलटेन्सीका सञ्चालक समेत रहेका कार्कीविरुद्ध ६ वटा पक्राउ पुर्जी जारी भएको पाइएको छ। उनीविरुद्ध प्रहरी…

Read More

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गर्न विज्ञ समिति बनाउने भएको छ । उपसभापति पुष्पा भुसालको नेतृत्वमा समिति बनाउन लागिएको कांग्रेसका एक नेताले जानकारी दिए । मंगलबार जारी केन्द्रीय समिति बैठकबाट समिति गठनको निर्णय गरिने ती नेताले बताए । यदि अब बन्ने सरकारले संविधान संशोधनको पक्रिया अगाडि बढाए कुन कुन विषयमा के के संशोधन गर्न सकिन्छ भनेर पार्टीका तर्फबाट अध्ययन गर्न समिति बनाउन लागिएको उनले बताए । २०७२ सालमा जारी भएको नेपालको संविधानका केही विषय संशोधन हुनुपर्ने भनेर लामो समयदेखि चर्चा भइरहेको छ ।

Read More

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ। प्रतिवेदन गोप्य राखिएको भन्दै चौतर्फी दबाब बढेपछि प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ मन्त्रीहरूसँग आन्तरिक छलफल सुरु गरेकी छिन् र सम्भवतः आज-भोलिभित्रै यो दस्ताबेज बाहिर आउने देखिएको छ। फागुन २४ गते बुझाइएको उक्त प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वप्रहरी प्रमुख चन्द्रकुवेर खापुङसहित उच्च अधिकारीहरूलाई फौजदारी कसुरमा अनुसन्धान गरी १० वर्षसम्मको कैद सजाय गर्न सिफारिस गरिएको स्रोतको दाबी छ। यसैगरी सशस्त्र प्रहरीका आईजी राजु अर्याल, तत्कालीन गृहसचिव र प्रमुख जिल्ला अधिकारीलाई पनि कारबाहीको दायरामा ल्याउन सुझाइएको…

Read More

काठमाडौं । धरहरा सञ्चालनमा आएको १५ महिनामा ११ करोड ७ लाख रुपैयाँ राजस्व संकलन भएको छ। अहिलेसम्म ६ लाखभन्दा बढीले अवलोकन गरिसकेका छन्। २०७२ को भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा पूर्ण रूपमा नसकिँदै सर्वसाधारणका लागि खुला गरिएको हो। हाल करिब ८५% काम सकिएको छ भने बाँकी निर्माण चालु आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य छ। दैनिक १,२००–१,४०० र बिदामा करिब २,००० सम्मले अवलोकन गर्ने गरेका छन्। टिकट शुल्क नेपालीका लागि २०० रुपैयाँ रहेको छ भने विद्यार्थी ज्येष्ठलाई छुट तोकिएको छ।

Read More

काठमाडौँ। निर्वाचन सम्पन्न भएर ताजा जनादेशबाट नयाँ सरकार बन्ने क्रममा कामचलाउ सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले अर्को विवादित निर्णय गरेकी छन्। महान्यायाधीवक्ता भण्डारीले इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडविरुद्ध उठाइएको साढे सात अर्ब रुपैयाँ करछलीसम्बन्धी मुद्दा नचलाउने निर्णय गरेपछि उनी पुन: विवादमा मुछिएकी छन्। राजस्व अनुसन्धान निकायले करिब एक वर्ष लामो छानबिनपछि वर्ल्डलिंकले दूरसञ्चार सेवा दस्तुर (टिएससी) छल्दै करिब ७ अर्ब ३६ करोड रुपैयाँ बराबरको राजस्व चुहावट गरेको निष्कर्षसहित मुद्दा अघि बढाउन सिफारिस गरेको थियो। तर, महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो। आर्थिक ऐनअनुसार फिक्स्ड ब्रोडब्यान्ड सेवामा लिइने शुल्कमध्ये ५० प्रतिशतसम्मलाई मर्मत–सम्भार शीर्षकमा राख्दा त्यसमा टिएससी नलाग्ने व्यवस्था छ। तर,…

Read More

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू सञ्जीव गौतम, राजन पोख्रेल र प्रदीप अधिकारीसमेत प्रतिवादी रहेका छन्। उनीहरूविरुद्ध ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो दाबी गरिएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा परामर्श सेवा खरिद प्रक्रियामा अनियमितता भएको अख्तियारको दाबी छ । मुद्दामा प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्र सिंह रावल, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक बाबुराम पौडेल, उपनिर्देशक प्रवीण न्यौपाने, प्रबन्धक चाँदमाला श्रेष्ठ, आयोजना प्रमुख विनेश मुनकर्मी, लेखा अधिकृत नरेन्द्रराज सैंजु, प्रमोद नेपाल, सविन फुयाल, उप…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली का पिता स्वर्गीय मोहनप्रसाद ओलीको निधनपछि देशभर शोकको वातावरण बनेको छ । श्रद्धाञ्जली अर्पण गर्न विभिन्न तहका नेता तथा कार्यकर्ताहरू भक्तपुर पुगिरहेका छन् । यसै क्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले पनि ओली निवास पुगेर अध्यक्ष ओलीलाई भेट गर्दै दिवंगत पिताप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो । यसैगरी नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसाल भक्तपुर पुगेर दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले शोकाकुल परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दै यस कठिन घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभएको जिल्ला…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरिप्रसाद भुसालले आफ्नो निर्वाचन जितको आधार जनताको साथ, त्याग र विश्वास रहेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचन परिणाम सहज रूपमा नआएको उल्लेख गर्दै नागरिकको सक्रिय सहभागिताले मात्र सम्भव भएको स्पष्ट पारे। भुसालले भने “काठमाडाैं जुरुक्क नउठेको भए, पेशा, व्यवसाय र पढाइलाई थाती राखेर घरघर नपुग्नुभएको भए, कतिपय अवस्थामा उम्मेदवार नै नचिने पनि घण्टिको पक्षमा कम्मर नकस्नुभएको भए सायद यो परिणाम आउन सक्ने थिएन।” उनले जनताको यही समर्पण र मेहनतले आफूलाई संसदसम्म पुर्‍याएको उल्लेख गर्दै सबैप्रति आभार प्रकट गरे। उनले निर्वाचनको समयमा देखिएको जनलहरलाई लोकतन्त्रको सशक्त उदाहरणका रूपमा व्याख्या…

Read More