अर्घाखाँची — मालारानी गाउँपालिका–८ कमेरपानीकी २२ वर्षीया सिर्जना अधिकारी र सन्धिखर्क नगरपालिका–६ नरपानीका ३३ वर्षीय केशव लम्सालले २०७९ असार ३० गते विवाह गरेर कात्तिक २२ गते नै अर्घाखाँची अदालतबाट सम्बन्ध बिच्छेद गरे ।
पाणिनिकी निर्मला घिमिरे र ठाडाका रामु अधिकारीबीच पनि सम्बन्ध जोडिएको आठ वर्षपछि टुंगियो । ‘म जागिरमा थिएँ, श्रीमती कहिले बुटवल र माइत बस्थिन्,’ उनले भने, ‘डिभोर्स चाहियो भनेर अदालतमा मुद्दा दर्ता भएछ । म गएर सम्बन्ध विच्देछ गरें, उनले म बस्न चाँहन्न भनेपछि मैले मात्रै इच्छा राखेर भएन ।’ आठ वर्षसम्म कुनै झगडा, बेमेल केही नभएको उनले बताए ।
पछिल्लो समय छोटो अवधिमा विवाह भएर छोटो अवधिमै टुंगिनेमा ३० वर्षभित्रका धेरै छन् । स्कुल पढ्दै गर्दा प्रेम गरेर हतारमा विवाह गर्ने र पछि भनेजस्तो नहुँदा सामान्य विषयमा सम्बन्ध बिच्छेद गर्ने बढेका छन् । तर समस्यालाई आपसी छलफलबाट समाधान गर्नेभन्दा पनि सम्बन्ध विच्छेदतर्फ जान सहज मान्ने गरेको कतिपय घटनाका प्रकृतिले देखाउँछन् ।
त्यसमध्ये १ सय ४९ वटा मुद्दा फैसला भएका छन् । आर्थिक वर्षमा सबै मुद्दा गरी ५ सय ११ वटा मुद्दा दर्ता भए । त्यसमा ५१ दशमलव ४६ प्रतिशत सम्बन्ध बिच्छेदका मुद्दा रहेका छन् ।
यसरी सम्बन्ध बिच्छेद गर्नेमा ३० वर्ष उमेरभित्रका ७० प्रतिशत, ३० देखि ३५ वर्ष उमेरका २५ प्रतिशत र ३५ देखि माथिका ५ प्रतिशत रहेको गैरेले बताए ।
‘स्कुल पढ्दै लभ गर्ने र छिटो विवाह गर्ने, परिपक्क नहुँदा विच्छेदको समस्या आउने देखिएको छ,’ श्रेष्तेदार महेश खनालले भने, ‘विवाहपछि आपसमा आनीबानी मन नपर्ने, आर्थिक अभाव, आपसमा शंका उपशंका सहित सामान्य कुरा नमिल्दा सम्बन्ध विच्छेद गरौं भन्ने र मुद्दा दर्ता गर्ने प्रवृत्ति देखिएको छ ।’
वैदेशिक रोजगारी पनि सम्बन्ध विच्छेदका लागि एक कारक मानिएको अघिल्ला वर्षहरूको सम्बन्ध विच्छेदका घटनाको प्रकृतिले देखाउने बताउँछन् खनाल ।
‘श्रीमानले विदेशमा कमाएको सम्पत्ति नराखेर अर्कैसित सम्बन्ध जोडेर धन सम्पत्ति केही छैन भनेर गुनासो पोख्छन्,’ उनले भने, ‘यसरी श्रीमान पनि श्रीमतिबाटै पीडित भएका घटना बाहिर आउन थालेका छन् ।’ अर्काेतर्फ श्रीमानले मदिरा खाने, जुवातास खेल्ने र घरेलु हिंसाकै कारण सम्बन्ध बिच्छेदमा मुद्दा आउने खनालको भनाइ छ । कतिपय महिला श्रीमानबाट मुक्ति पाऊँ भनेर अदालत आउने गरेको उनी बताउँछन् ।
तर यस्ता मुद्दा धेरैजसो मिलापत्रमै टुंगिने गरेको पनि उनले बताए । ‘अदालतले फैसला गर्न एक वर्ष लाग्नसक्छ । मिलापत्र एकै दिनमा हुन्छ,’ खनालले भने । सम्बन्ध नटिक्नुको अर्काे कारण गरिबी र बेरोजगार पनि देखिएको तथ्यांक छ । मन मिलेर विवाह गरे पनि आर्थिक अभावले गर्दा छुटिने गरेका घटना पनि बढ्दो मात्रामा रहेको बताइन्छ ।
इकान्तिपुरबाट