नेपाल राज्य संवाददाता
कपिलवस्तु– कपिलवस्तु शिवराज नगरपालिका–३ र ५ मा रहेको रहतावल सामुदायिक वन उपभोक्ता समितिले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा ४ सय ५० जनाले सेवा लिएका थिए । जसमा ६५ जना पाठेघरका विरामीको स्वास्थ्य उपचार गरिएको थियो । हाडजोर्नी, नशा सम्बन्धी, सुगर प्रेसर लगायतको स्वास्थ्य सेवा प्रदान गरिएको वनका अध्यक्ष यज्ञ बेल्वासेले बताए ।
वनले आफ्ना उपभोक्ता समक्ष रचनात्मक काम गर्दै आएकोमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर विरामीको लागि काम गरेको हो । शिविरको कार्यक्रममा लुम्बिनी प्रदेसभा सदस्य अर्जुन केसी, वैज्ञानिक वन व्यवस्थापन समिति अध्यक्ष रेनु सेन, वरिष्ठ वन अधिकृत पहलमान सेर्बुजा मगर लगायतको उपस्थिति रहेको थियो ।



