Author: नेपाल राज्य

लक्ष्मी खनाल ,अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान -९ भगवती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले तीनदिने शैक्षिक अवलोकन भ्रमण सफलतापूर्वक सम्पन्न गरेका छन्। मंसिर २८ गतेदेखि सुरु भएको तिनदिने भ्रमणमा विद्यार्थी र शिक्षकहरूले आफ्नै पहलमा प्रतिव्यक्ति दुई हजार रुपैयाँ संकलन गरी सहभागिता जनाएका थिए। भ्रमणको पहिलो दिन टोलीले रिडी तिनमुुखे पुल, कालिगण्डकी जलविद्युत आयोजना, बागलुङको प्रसिद्ध कालिका मन्दिर र बागलुङ झोलुङ्गे पुलको अवलोकन गर्‍यो। दोस्रो दिन उनीहरू पोखराका प्रमुख धार्मिक र पर्यटकिय स्थल पुम्दिकोट, गुप्तेश्वर गुफा, मेट्लाङ, माउन्टेन संग्रहालय, अनौठो सेती खोंच, फेवाताल, तालबाराही मन्दिर र महेन्द्र गुफा पुगे। तेस्रो दिन मनकामना केबलकारको यात्रा गर्दै मनकामना मन्दिर पूजाआराधना…

Read More

अर्घाखाँची । रुपन्देही तिलोत्तमामा चलिरहेको महिला क्रिकेट ट्यालेन्ट हन्टमा अर्घाखाँचीका खेलाडीले प्रभावशाली प्रदर्शन गरेका छन्। आजको पहिलो खेलमा ममता जिसी, महिमा आचार्य र सुजता नेपालीको बलिङ चम्किएको छ । अर्घाखाँचीबाट खेल्दै ममता जिसीले ५ ओभरमा ३० रन दिँदै ५ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरिन्। महिमा आचार्यले पनि ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिएर टोलीका लागि बलियो योगदान दिइन्। त्यसैगरी, सुजता नेपालीले ४ ओभरमा ३२ रन दिएर १ विकेट हात पारिन्। आयुषा भुसालले ५ ओभरमा ३२ रन र युनिसा खनालले २ ओभरमा ७ रन दिए पनि दुवैले विकेट लिन सकेनन्। अर्घाखाँचीका खेलाडीहरूको समग्र प्रदर्शनले ट्यालेन्ट हन्टमा जिल्लाको उपस्थिति मजबुत…

Read More

रुद्रमणि भुसाल, अर्घाखाँची । सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेसँगै जिल्ला मतदान स्थाल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले पाणिनी गाउँपालिका र सितगंगा नगरपालिकामा गरी ६ वटा मतदान स्थल थप गर्नको निम्ति केन्द्रीय निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुबेदीले जानकारी दिनुभयो । वडा मतदान स्थल तथा केन्द्र सिफारिस समितिको बैठकले मतदान केन्द्र निर्धारण कार्यविधि २०८१ अनुसार सिफारिस गरिएको सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जानकारी दिनुभयो । सिफारिस समितिले सितगंगा नगरपालिकाको वडा नम्बर ११ को धर्मोदय मावि ढुङ्गेश्वरा, दुम्सी आधारभूत विद्यालय तुम्सी, तारा ज्योति आधारभूत विद्यालय दोबाटो त्यस्तै वडा…

Read More

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान–४ कल्लेरीमा एक आमाले आफ्नै छोरीको ज्यान लिएको घटना बाहिर आएको छ। बिहान तरकारी काट्ने बेलामा हँसिया प्रहारबाट ४ वर्षीया छोरीको मृत्यु भएको प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए। ३१ वर्षीया आमाले केही वर्षदेखि मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचार गर्दै आएकी थिइन्। घटना भएलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

Read More

अर्घाखाँची । सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको मंसिर २ गते हुने छैटौं अधिवेशनका लागि दुई जनाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। हालका कोषाध्यक्ष तथा युवा व्यवसायी युवराज खत्री (प्रेम) ले संस्थाको समग्र विकास र हितलाई प्राथमिकता दिने उद्देश्यसहित आफूलाई साझा उम्मेदवारका रूपमा घोषणा गरेका छन्। यता स्वतन्त्र नागरिक समाजको तर्फबाट बाबुराम भुसालले पनि अध्यक्षमा उम्मेदवारी सार्वजनिक गरेका छन्। उनी साथी होटलका सञ्चालक हुन् र लामो समयदेखि सामाजिक सेवामा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। जिल्लामा दुबै जना लोकप्रियताका हिसाबले परिचित छन्। खानेपानीजस्तो संवेदनशील विषयमा उपभोक्ताको लागी पानीको गुणस्तर, सुधारका उपाय, सहज शुल्क र सेवा प्रभावकारिता बनाउनुपर्ने आजको आवश्यकता…

Read More

शोभाखर पन्थी , अर्घाखाँची । ज्ञानप्रकाश माध्यमिक विद्यालय सन्धिखर्क-१२ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नारायण बस्याल सर्वसम्मत चयन हुनुभएको छ । नेकपा एमाले जिल्ला कमिटी सदस्य रहनु भएका बस्याल जिल्लामा स्थापित सामाजिक तथा राजनीतिक व्यक्तित्व हुनुहुन्छ । युवाहरुको बीच लोकप्रिय रहनु भएका उहाँ नेकपा एमालेको तर्फ बाट जिल्लाको युवा इन्चार्ज समेत हुनुहुन्छ । आधादर्जन बढी सामाजिक संघ संस्थाको नेतृत्व गरिसक्नु भएका उहाँ यस अघि सन्धिखर्क नगर पालिका वडा नं.१२ को वडा सदस्य हुनुहुन्थ्यो । यसैगरी समितिको सदस्यमा अजय बस्याल,अशोक खड्का,हिमकला टमटा ,तुल्शा कुवर,प्रेमकला भुसाल सर्वसम्मत चयन हुनुभएको छ । सर्वसम्मत अध्यक्ष चयन भएपछी बस्यालले विद्यालयको भौतिक संरचना निर्माण र शैक्षिक गुणस्तर…

Read More

रुद्रमणि भुसाल ,अर्घाखाँची । जेन-जी आन्दोलनका क्रममा काठमाडौंको बानेश्वरमा भदौ २३ गते प्रहरीको गोली लागि मृत्यु भएका अर्घाखाँचीका माधव सारू मगरको परिवारले आफ्नो छोरा गुमाएको दुई महिना पुग्दा पनि सरकारले शहीद घोषणा गर्नेबाहेक अरू केही गर्न नसकेकोमा दुःख व्यक्त गरेका छन् । परिवारको साहारा जेठो छोरा नै नरहेपछि अरू छोरोछोरीको भविष्यको निम्ति बुबा चन्दबहादुर फेरि वैदेशिक रोजगारीमा जाने बाध्यतामा हुनुहुन्छ । पछिल्लो ९ वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका चन्द्रबहादुर सारू छोरा माधवको जेन-जी आन्दोलनमा मृत्यु भएको खबर सुनेर स्वदेश फर्कनुभएको थियो । परिवारको भविष्यको साहारा देशका लागि शहीद भए पनि सरकारले शहीद परिवारलाई उचित रोजगारीको व्यवस्था गरिदेला कि भन्ने…

Read More

अर्घाखाँची । सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाइ नगर आयोजना उपभोक्ता मूल संस्थाका कार्यालय प्रमुख कृष्ण प्रसाद आचार्यले सामाजिक सञ्जालमा फैलिएका गलत क्रियाकलाप प्रति आफ्नो चिन्ता व्यक्त गरेका छन् । खानेपानी अस्वच्छ छ भन्ने भिडियो र टिप्पणीहरू सार्वजनिक भएपछि संस्थाले यसलाई दुर्भाग्यपूर्ण भन्दै ध्यानाकर्षण गराएको हो। आचार्यका अनुसार साधारणसभा तथा अधिवेशन नजिकिँदै गर्दा एकतर्फी र अपूरा सूचनाले भ्रम फैलाएको छ। यदि कसैले प्रश्न उठाउँछ भने पानी शुद्धिकरणको प्रक्रिया, प्रयोग हुने औषधि, फिल्टर प्रणाली, र उपभोक्तासम्म पुग्ने पानीको गुणस्तरबारे सम्पूर्ण तथ्य उपलब्ध छ। यी विषय नउठाई गलत सूचनामार्फत जनतामा भ्रम फैलाउने काम ठिक नभएको बताए । संस्थाले शुद्धिकरणका सबै चरण अनुसार…

Read More

काठमाडौं । नेकपा (एमाले)ले नेपालका सबै जिल्लामा आज सडकमै उत्रिने कार्यक्रम छ । प्रत्येक जिल्लाको सदरमुकाम वा प्रमुख सहरमा जनसभा आयोजना हुने कार्यक्रममा केन्द्रीय नेताहरू सहभागी हुने छन्। पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई प्रदेश–जिल्ला अनुसार जिम्मेवारी बाँडेर पठाइएको एमाले प्रचार विभागले जनाएको छ। पार्टी महासचिव शंकर पोखरेल नेपालगञ्ज, उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी, र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङमा हुने सभामा बोल्ने तय छ। यसैगरी, सचिव छविलाल विश्वकर्मा रुपन्देहीतिर, र सचिव पद्मा अर्याल झापाको बिर्तामोडतिर लागेका छन्। आजका प्रदर्शनमा एमालेले तीन विषयलाई मुख्य एजेन्डा बनाएको छ। पहिलो, विघटित संसद पुनःस्थापना गर्नुपर्ने। दोस्रो, जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ मा भएका घटनाको निष्पक्ष…

Read More

अर्घाखाँची – नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले जेन्जी अभियानको नाममा भइरहेको गतिविधि मूल जेन्जीको भावना नभएको बताएका छन्। नेकपा एमाले सन्धिखर्क नगर कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले शान्तिपूर्ण रूपमा सुरु भएको जेन्जीको आवाजलाई अराजक समूहले विकृत बनाइदिएको आरोप लगाए। एमाले वा अन्य कुनै पनि राजनैतिक पार्टीप्रति घृणा फैलाउने अभियानले वास्तविक जेन्जीको मुद्दा कमजोर पार्ने काम गरेको छ। “आन्दोलनको नाममा पार्टी कार्यालय जलाउने, मुख्य मन्त्रीको निवासमा आगजनी गर्नेहरू असली जेन्जी होइनन्। यो योजनाबद्ध रूपमा गरिएको अराजक गतिविधि हो।”उनले भने यसैबीच प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि एमालेका केन्द्रिय उपमहासचिव प्रदीपकुमार ज्ञवालीले पार्टीको वर्तमान परिस्थिति, संगठन विस्तार, आर्थिक पारदर्शिता र आगामी…

Read More