Author: नेपाल राज्य

अर्घाखाँची । अर्घाखाँची जिल्लामा हालै सम्पन्न पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम–२०८२ मा खोप अभियानलाई सफल बनाउन विभिन्न तहमा योगदान दिने व्यक्तिहरूलाई विशेष सम्मान गरिएको छ। सो कार्यक्रममा नेपाल राज्य डटकमका पत्रकार केशब पन्थीलाई खोप अभियानसम्बन्धी समाचार संकलन तथा सूचना प्रवाहमा निर्वाह गरेको सक्रिय भूमिकाको उच्च मूल्याङ्कन गर्दै विशेष सम्मान प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य क्षेत्रमा केही सुधार भए पनि अझै धेरै गर्न बाँकी रहेको उल्लेख गर्दै यस्ता अभियानले समुदायको स्वास्थ्य सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए। विशिष्ट अतिथि लुम्बिनी प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले जिल्लामा अब खोप नपाउने कोही नरहेको भन्दै…

Read More

अर्घाखाँची । अर्घाखाँचीमा स्थानीय युवाहरूले नेता रायमाझीको पक्षमा जिल्लामा  हस्ताक्षर अभियान सुरु गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री तथा सांसद टोपबहादुर रायमाझीको रिहाइको माग गर्दै अर्घाखाँचीमा स्थानीय युवाहरूले स्वतःस्फूर्त हस्ताक्षर अभियान थालेका छन्। सन्धिखर्कको बसपार्क र हाटबजारबाट सुरु भएको अभियानमा कुनै राजनीतिक दलको औपचारिक संलग्नता छैन। सहभागीहरूका अनुसार रायमाझीमाथि राजनीतिक प्रतिशोध स्वरूप जेलमा राखिएको हो। उस्तै मुद्दामा संलग्न कांग्रेस नेता बालकृष्ण खाँडसहित केही व्यक्ति धरौटीमा रिहा भइसकेका छन्। नेकपा एमाले अर्घाखाँचीले भने न्यायिक प्रक्रिया अदालतमै सीमित रहने बताएको छ। रायमाझीको मुद्दा हाल सर्वोच्चमा विचाराधीन छ।

Read More

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वनिर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध १५ करोड ८८ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरूयोजना अन्तर्गत गुणस्तरहीन स्टोरेज खरिद गरी झुटा कागजातमार्फत भुक्तानी लिएको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गरिएको छ।

Read More

काठमाडौँ, असार २२। नेपाली काँग्रेसले २०७९ सालमा सम्पन्न स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गर्ने २६ जना नेता तथा कार्यकर्तामाथि कारबाही गरेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिको असार ९ देखि १७ गतेसम्म बसेको बैठकले विभिन्न जिल्ला र प्रदेशका २६ जना नेता तथा कार्यकर्तालाई “अब उप्रान्त पार्टी हितविरुद्ध नगर्न” भन्दै सचेत गराउने निर्णय गरेको हो। समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाका अनुसार, प्राप्त उजुरीहरूको आधारमा कैलालीबाट २, डोल्पाबाट १०, सल्यानबाट ११, दैलेख, खोटाङ र धनुषाबाट एक-एक जनालाई कारबाही गरिएको छ। उनका अनुसार, अन्य जिल्लाबाट प्राप्त उजुरीहरू भने अझै छानबिनको प्रक्रियामा रहेका छन्। यसअघि पार्टीले २०७९…

Read More

अर्घाखाँची । अर्घाखाँचीकी लोकप्रीय गायिका जमुना सनमको नयाँ तीज गीत “पैसा कमा केटी” सार्वजनिक भएको छ। तीजलाई लक्षित गर्दै तयार पारिएको उक्त म्युजिक भिडियो जमुना सनम युट्युब च्यानलमार्फत बिहीबार सार्वजनिक गरिएको हो। गीतमा पैसा र त्यसको प्रभावलाई व्यङ्ग्यात्मक ढङ्गमा प्रस्तुत गरिएको छ। “पैसाले चोली फेर्ने देखि बोलि फेर्ने, घर किन्नेदेखि घर छोडी हिड्ने” “पैसा केही होइन भन्नेहरू,पैसा बिना केही गर्न सक्दैनन्। र सम्बन्ध केही हो भन्नेहरू,पैसामा तिनै सम्बन्ध बेचिदिन्छन्। घर गाडी किन्ने पैसाले,सपना त पुरा भए होला, तर घरमै बस्ने आत्मियता हरायो, पैसा कमायौं, तर आफन्त माया गुमायौं। ” जस्ता दमदार शब्दहरूले अहिलेको सामाजिक यथार्थ झल्काएका छन्। गीतमा राजु सुनामको…

Read More

काठमाडौं । पूर्वगृहमन्त्री वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्। गौतम नेतृत्वको ‘नेकपा एकता राष्ट्रिय अभियान’ र एकीकृत समाजवादीबीच राजनीतिक, सैद्धान्तिक र कार्यक्रमगत एकरुपता रहेको भन्दै एकता सहमति भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ। एकता घोषणा साउन २ गते राष्ट्रिय सभागृहमा गरिनेछ। एमालेले फर्कन वातावरण नबनाएपछि गौतम समाजवादीतर्फ लागेका हुन्। संयुक्त विज्ञप्ति:

Read More

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता तथा पूर्वमन्त्री बालाराम घर्ती मगरको ८८ वर्षको उमेरमा ललितपुरस्थित बीएन्डबी अस्पतालमा निधन भएको छ। रोल्पाका घर्ती मगर विभिन्न प्रधानमन्त्रीहरूको कार्यकालमा मन्त्री भएका थिए। पञ्चायतकालदेखि सक्रिय रहेका घर्ती मगर प्रधानपञ्चदेखि राजपरिषद् सदस्यसम्म भएका थिए। २०४७ सालमा सूर्यबहादुर थापासँग मिलेर राप्रपा स्थापना गरेका उनी पार्टीका वरिष्ठ नेता थिए। राप्रपाले उनको निधनले पार्टीले अभिभावक गुमाएको जनाएको छ। सात छोरीमध्ये एक छोरीबाहेक सबै विदेशमा रहेकाले अन्त्येष्टि उनीहरू फर्किएपछि गरिने पारिवारिक स्रोतले जनाएको छ।

Read More

अर्घाखाँची । अर्घाखाँचीका वनमा खेर जाने पातपतिङ्गरबाट प्रांगारिक मल उत्पादन गर्न सुरु गरिएको छ । शितगंगा नगरपालिका–१४ पावर सामुदायिक वनको जंगलमा पुगेर बुधबार लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारले पातपतिङ्गरबाट मल बनाउने कार्यको शुभारम्भ गरेका हुन् । सरकारले रासायनिक मल किन्न बर्सेनि अर्बौँ रुपैयाँ छुट्याउँछ । सरकारले कृषि बजेटको उल्लेख्य रकम मलकै लागि विनियोजन गर्छ तर पनि किसानले समयमै मल भने पाउँदैनन् । कृषि वैज्ञानिकहरूले रासायनिक मलभन्दा पनि प्रांगारिक मल उत्पादनमा जोड दिँदै आएका छन् । यहाँका पावर, बुद्ध, चारपोखरी, देउराली र वाणगंगा सामुदायिक वनका उपभोक्ताले हिउँदभर पातपतिङ्गर बटुलेर जम्मा गरेका थिए । मन्त्री कलवारले यो नौलो अभ्यास…

Read More

गुल्मी । कालीगण्डकी गाउँपालिका–६ खड्गकोट अन्तर्गत बरल्वा क्षेत्रमा खसेको भीषण पहिरोका कारण कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। गाउँपालिका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडकमाथिबाट ठूला चट्टानसहित पहिरो खसिरहेको छ र पहिरो रोकिएको छैन। स्थिति नियन्त्रणमा ल्याउने प्रयासस्वरूप प्रहरी चौकी भुर्तुङबाट टोली घटनास्थलतर्फ पठाइएको भए पनि तत्काल सडक खुलाउने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए। यसै क्रममा, जिल्ला प्रशासन कार्यालय गुल्मीले नदी तथा खोला किनारमा बसोबास गरिरहेका स्थानीय बासिन्दालाई बाढी तथा पहिरोको सम्भावित जोखिमबाट सतर्क रहन आग्रह गरेको छ।

Read More

काठमाडौं ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको आगामी ११औं महाधिवेशनमा पार्टी अध्यक्ष बन्ने चाहना व्यक्त गरेकी छन्। एउटा कार्यक्रममा उनले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव र समर्थनमा नेतृत्व लिन खोजेको स्पष्ट पार्दै, ओली तयार नभए प्रतिस्पर्धामा जान आफू तयार रहेको बताइन्। ओली दुई कार्यकाल अध्यक्ष भइसकेको र ‘एउटै कक्षामा जाँच दोहोर्‍याउँदिन’ भन्ने सोच भएकाले आफूले अवसर पाउने विश्वास व्यक्त गरिन्। भण्डारीले लोकतान्त्रिक प्रक्रियाअनुसार सहमतिको प्रयास प्राथमिकता भएको तर सम्भव नभए प्रतिस्पर्धालाई स्वाभाविक मान्ने धारणा राखिन्। उनले आफू पार्टी अध्यक्ष हुँदै पहिलो महिला प्रधानमन्त्री बन्ने अवसरका लागि पनि खुला रहेको बताइन्।

Read More