अर्घाखाँची ।
संघीय सरकार अन्तर्गत शहरी विकास मन्त्रालयबाट अर्घाखाँची जिल्लामा आगामी आर्थिक वर्षका लागि विभिन्न पूर्वाधार विकास योजनाहरू स्वीकृत भएका छन्। सांसद बिजुला रायमाझीको सचिवालयले सार्वजनिक गरेको जानकारीअनुसार जिल्ला भित्रका स्थानीय तहहरूमा समेटिएका ११ शीर्षकका योजनाहरू समावेश छन्।
संचालित हुने केहि मुख्य योजनाहरू यसप्रकार छन्:
१. सन्धिखर्क नगरपालिका–२ चुत्रवेशी बजारदेखि जनता आवास हुँदै बद्रकाली करिडोर निर्माण तथा मोडालिटी अनुसार स्तरोन्नति गरिनेछ, जसले भूगोल अनुसार सन्धिखर्क र भुमिकास्थान नगरपालिकालाई समेत जोड्ने लक्ष्य राखिएको छ।
२. छत्रदेव गाउँपालिका–३ को बलकोट र पाणिनी गाउँपालिका जोड्ने पाली–बलकोट–राङबास सडक स्तरोन्नति।
३. सन्धिखर्क नगरपालिका–६ स्थित सुपादेउराली धर्मशाला परिसरमा पूर्वाधार निर्माण।
४. पाणिनी–४ सालझण्डी–ढोरपाटन सडक अन्तर्गत खुरसानेदेखि धुङ्ग्रे खोला, गन्धा हुँदै राताटारी, भर्तापुरसम्मको सडक स्तरोन्नति।
५. शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै श्री दह आधारभूत विद्यालय, सन्धिखर्क–३ मा पुस्तकालय, अपांगमैत्री र छात्रामैत्री शौचालय सहित ४ कोठे भवन निर्माण, श्री शारदा मावि, ढिकुरा भुमिकास्थान–९ मा प्याराफिट सहित खेलमैदान निर्माण, अर्घा रजस्थल मावि, सन्धिखर्क–९ मा भवन निर्माण कार्य सञ्चालन गरिनेछ। यस शीर्षकमा मात्र ३ करोड रुपैयाँ विनियोजन गरिएको छ।
६. सुपादेउरालीमा पार्किङ स्थल निर्माण गरिनेछ।
७. शितगंगा नगरपालिका–१० को हरेबर्रे–सिद्धारा–लौरी सडक तथा भाड गाउँ औद्योगिक ग्रामतर्फ जाने सडक स्तरोन्नति।
८. सन्धिखर्क नगरपालिका–१० र ११ मा पर्ने काब्रबोट–सात विसे–नयाँगाउँ–गच्छेगैरा–बारबार्ने धरमपानी–बेल्टारी सडक स्तरोन्नति।
९. छत्रदेव गाउँपालिका–६ को अर्घातोष–चिदेपानी–मिलमिले सडक स्तरोन्नति।
१०. सन्धिखर्क–१० को अधुरो सामुदायिक भवन योजना र मालारानी–८ मा रहेको श्री मूल आधारभूत विद्यालय भवन निर्माण।
११. स्वामीका रुख–बारबार्ने, माटे–गच्छेगैरा, खाँचीपाटा लगायतका अधुरा योजनाहरू पनि यस पटक समेटिएका छन्।
सांसद रायमाझीको सचिवालयका अनुसार यी योजनाहरूले जिल्लाको भौतिक पूर्वाधारमा टेवा दिने मात्र नभई शिक्षा, यातायात तथा पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।