अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान–४ कल्लेरीमा एक आमाले आफ्नै छोरीको ज्यान लिएको घटना बाहिर आएको छ।
बिहान तरकारी काट्ने बेलामा हँसिया प्रहारबाट ४ वर्षीया छोरीको मृत्यु भएको प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए।
३१ वर्षीया आमाले केही वर्षदेखि मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचार गर्दै आएकी थिइन्। घटना भएलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

