बुटवल – सनराइज बैंकले पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ३ स्थित कीर्तिपुरमा चौतारीे निर्माण गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कामहरु गर्दै आएको बैंकले निर्माण गरेको सो चौतारीको बिहीबार उद्घाटन गरिएको छ ।
पुमसरी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा सुनवल नगरपालिका नगर प्रमुख बिमला अर्याल, सनराइज बैंकका नायव महाप्रबन्धक अपछकुमार यादव र सुनवल वडा न ३ का वडा अध्यक्ष पविन गुरुङ्गले सामाजिक क्षेत्रमा भएको लगानीको स्वागत गरेका थिए ।
स्थानीयहरु विश्राम गर्ने, समाजका विभिन्न कार्यक्रमका लागि छलफल, भेला तथा कार्यक्रमहरु हुने उक्त चौतारीको निर्माणले समाजमा अतुलनीय योगदान पु¥याएको नगर प्रमुख अर्यालले बताइन् । देशका विभिन्न शाखाहरुमार्फत संस्थागत उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कामहरु गरी समाजलाई सहयोग गर्न पाएकोमा बैंकका नायब महाप्रबन्धक यादवले खुसी व्यक्त गरे । उनले आगामी दिनमा यस्ता रचनात्मक कार्यक्रमहरुलाई बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बैंकले हरेक वर्ष आफ्नो नाफाको १% संथागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएको र गत बर्ष मात्र पनि १ सयभन्दा बढी कार्यक्रम बैंक केन्द्रीय कार्यालयका ब्राण्ड व्यवस्थापन प्रमुख सुमन थापाले जानकारी दिए ।